Newsroom

‘संविधानमा सुनिश्चित अधिकार महिलाले पाएनन्’

‘संविधानमा सुनिश्चित अधिकार महिलाले पाएनन्’

‘संविधानमा सुनिश्चित अधिकार महिलाले पाएनन्’

'Women did not get guaranteed rights in the constitution'

काठमाडौँ — संविधानमा महिलाका अधिकार सुनिश्चित भएपनि व्यवहारमा तिनको कार्यान्वयन हुन नसकेको सरोकारवालाहरूले बताएका छन्। मुलुकमा ५० प्रतिशतभन्दा बढी महिला भएपनि संविधानले महिलालाई ३३ प्रतिशत मात्रै अधिकार दिएको, तर त्यही व्यवस्था पनि व्यवहारमा कार्यान्वयन हुन नसकेकोप्रति चिन्ता व्यक्त गरे।

महिला पुनर्स्थापना केन्द्र (ओरेक)ले शुक्रबार काठमाडौँमा गरेको ३४औँ वार्षिकोत्सव विशेष समारोहमा वक्ताहरूले संविधानको पूर्ण कार्यान्वयनसँगै महिलाहरूलाई समान अधिकार दिलाउनका लागि संघर्ष गर्नुपर्ने अवस्था रहेको बताए।

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले संविधानमा सुनिश्चित भएका अधिकार महिलाले प्राप्त गर्न नसकेकोप्रति सरकार सचेत रहेको बताए। उनले जनसङ्ख्याको ५१ प्रतिशत महिलाले ओगटेपनि अझै पनि हक र अधिकारबाट बञ्चित रहेको बताए। ‘संविधानमा लेखिएका हक अधिकारहरु महिलाले पाएका छैनन् । २०७२ को संविधान बन्नुअघि र पछि महिलाको जागरुकता र पहुँचमा धेरै अन्तर आइसकेको छ । महिला सचेत र जागरुक भइसकेका छन् । महिला आफैँ आफ्ना हकका लागि लड्नुपर्छ,’ उनले भने।

उनले अहिले पनि महिलाले केही पनि पाएका छैनन् भन्ने भनाइ भने गलत रहेको बताए। ‘जता हेर्‍यो, त्यतै महिलाको सहभागिता वृद्धि भएको छ। प्रतिनिधित्व बढेको छ। क्षमतामा पनि विकास भएको छ,’ उनले भने, ‘अब हिजोको अवस्था रहेन । त्यसकारण नयाँ ढंगबाट सोचेर आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउनुपर्छ । अब ५० प्रतिशतभन्दा बढी जनसंख्या भएका महिलाले ३३ प्रतिशत अधिकार माग्ने होइन, खोसेर लिने हो।’

राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले महिलाहरूभित्र पनि बहुआयमिक अवस्था रहेको भन्दै विभिन्न क्षेत्र, वर्ग र समुदायका महिलाहरूको अवस्थालाई मध्यनजर गरेर नीति, कानुन र कार्यक्रमहरू बनाउनुपर्ने सुझाव राखे। उनले ओरेकले तीन दशक लामो यात्रामा महिला अधिकारको क्षेत्रमा उल्लेख्य कार्य गरेको भन्दै आगामी दिनमा थप उन्नतिका लागि कामना समेत गरे।

ओरेककी संस्थापक अध्यक्ष रेणु अधिकारीले समाजमा गाडिएको विभेदको जरो अन्त्य नहुन्जेल ओरेकले घच्घच्याउने काम गरिराख्ने बताइन् । उनले भनिन्, “समाजमा विभेदको जरो नराम्ररी गाडिएको छ । समाजका विभिन्न पाटोसँग ओरेकले काम गरेको छ । हामी सङ्घसंस्थाहरु प्रतिस्पर्धी होइनौँ सरकारका सहयोगी हौँ ।’

‘संरचनात्मक विभेद विरुद्धको प्रतिरोधका लागि कला’ भन्ने नारासहित वार्षिकोत्सव मनाएको ओरेकले हालसम्मका कार्यहरूलाई समेटेर र्‍यापमा प्रदर्शन गरेको थियो भने मञ्चमा कवि नवराज पराजुली र अन्य दर्जनौँ कलाकारहरूले सचेतनामूलक प्रस्तुती दिएका थिए ।

Related Posts

The Budget That Flatters the Middle and Forgets the Margins

Nationalism, the Rise of the Middle Class, and What Nepal’s

Looking at IMRF from the ground

Sunita Mainali Women’s Rehabilitation Centre (WOREC), Nepal From 5–8 May