Newsroom

सामाजिक उत्तरदायित्व तालिम

सामाजिक उत्तरदायित्व तालिम

सामाजिक उत्तरदायित्व तालिम

दैलेख – नारायण नगरपालिकाले ‘सशक्त महिला समृद्ध नेपाल’ परियोजना क्रियाकलापलाई सघाउन अधिकारकर्मीलाई लैंगिक उत्तरदायी र समावेशी शासन प्रवर्द्धन सवालमा २ दिने सामाजिक उत्तरदायित्व तालिम सञ्चालन गरेको छ । परियोजनाको साझेदार महिला पुनर्स्थापना केन्द्र (ओरेक)को प्राविधिक सहयोगमा सञ्चालित तालिममा २१ जनाको सहभागिता रहेको छ ।

सामाजिक उत्तरदायित्वसंग जोडिएका पारदर्शिता, अर्थपूर्ण सहभागिता, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति र समावेशीकरण, स्थानीय तहको योजना निर्माण प्रक्रिया र उत्तरदायित्व, सार्वजनिक सेवामा महिला तथा आमनागरिकको पहुँच अभिबृद्धिका लागि नागरिक समाजको पैरबी सवालमा सहभागीहरुलाई अभिमुखीकरण गरिने जनाइएको छ ।

‘सशक्त महिला समृद्ध नेपाल’ परियोजना र सामाजिक उत्तरदायित्व सवालमा अधिकारकर्मी रमा भण्डारीले सहजीकरण गरिरहनुभएको छ । महिला पुनर्स्थापना केन्द्र (ओरेक) काठमाण्डौंका कार्यक्रम संयोजक कमला पोखरेल, कर्णाली प्रदेश संयोजक डिलकुमारी बुढामगर र आयोजक नारायण नगरपालिकाका सामाजिक शाखा प्रमुख खमबहादुर थापाले तालिम संयोजन गर्नुभएको हो ।

आर्थिक, सामाजिक तथा राजनीतिक अधिकार प्रवद्र्धन सहित महिला सशक्तिकरणलाई टेवा दिने ‘सशक्त महिला समृद्ध नेपाल’ परियोजना यूरोपियन यूनियनको सहयोगमा संयुक्त राष्ट्र संघका ४ वटा निकायहरु यूनिसेफ, यूएनएफपीए, यूएनउमन र आईएलओसंगको सहकार्यमा स्थानीय गैससहरुसंग साझेदारीमा विभिन्न प्रदेश र पालिकाहरुमा सञ्चालित छ ।

सामाजिक उत्तरदायित्व तालिम

Related Posts

The Budget That Flatters the Middle and Forgets the Margins

Nationalism, the Rise of the Middle Class, and What Nepal’s

Looking at IMRF from the ground

Sunita Mainali Women’s Rehabilitation Centre (WOREC), Nepal From 5–8 May