Publications

34th Anniversary ( WOREC DAY)

34th Anniversary ( WOREC DAY)

असमानता विरुद्धको संघर्ष एक दृढ यात्रा हो । मानव अधिकार र सामाजिक न्याय सुनिश्चितताको यस सघंर्षमा महिला पुनर्स्थापना केन्द्र (ओरेक) विगत ३४ बर्षदेखि लगातार उडान भरिरहेको छ । कहिले घामको किरण छुदै त कहिले सागरको गहिराईमा डुब्दै । ओरेक डगमगाएको छैन, बिचलित पनि भएको छैन । समयकालसँगै मुद्दाका आयामहरु फेरिदैछन् । तर ओरेकले हरेक मुद्दाहरुलाई एकिकृत अवधारणा मार्फत विविधतालाई समेट्दै समानता प्राप्तीका लागि महिलावादी मूल्यमान्यतालाई आत्मसात् गरी काम गरिरहेको छ ।  आज ओरेकले ३४ बर्ष पुरा गरेको छ तर यो यात्रा ओरेकको एकल यात्रा होइन । ओरेक संस्था मात्र पनि होइन, यो एक अभियान हो, एक   संयुक्त आन्दोलन हो । समुदाय तहदेखि राष्ट्रिय, क्षेत्रिय तथा अन्तराष्ट्रिय स्तरबाट प्राप्त ऐक्यवद्धता, साथ, सहयोग बिना यो आन्दोलनको मूर्तरुप सम्भव थिएन । 

चैत्र १९, २०८१ मा ३४ औं बर्षको यात्रा पार गरेको ओरेकले बैशाख ०५, २०८२, शुक्रबार काठमाडौंको रसियन हाउसमा “कला मार्फत प्रतिरोध” भन्ने नाराका साथ आफ्नो बार्षिक उत्सव मनाएको छ । हाल ओरेकले ३४ औं बर्ष पार गरेको भएता पनि महिला अधिकार सस्थांगत गर्न र हरेक महिलाले आफ्नो श्रम, शरीर र पहिचान माथिको स्वतन्त्रता स्थापित गर्न अझै पनि धेरै खुड्किलाहरु पार गर्नु पर्नेछ । जबसम्म महिलाले आफ्नो गतिशिलता, यौनिकता र विचार माथिको स्व–निर्यण प्राप्त गर्न सक्दैनन् तब सम्म महिला अधिकारको अनुभूति नभएर एक दस्तावेज मात्र बन्ने छ । ओरेकले सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक रुपान्तरणद्वारा महिलावादी आकांक्षा प्राप्त भएको समाजको परिकल्पना गरेको छ । यो सपना साकार गर्नका लागि सबै प्रकारको संरचनात्मक विभेदको अन्त्य तथा मानव अधिकार र सामाजिक न्याय स्थापना हुन आवश्यक छ । महिलावादी मान्यता, साथ, माया, एकता, सहकार्य, र सह–नेतृत्व बिना यो यात्रा सम्भव छैन । हामी विश्वस्त छौं कि संगठित यात्राको कहिल्यै हार हुँदैन । 

Related Posts

The Budget That Flatters the Middle and Forgets the Margins

Nationalism, the Rise of the Middle Class, and What Nepal’s

Towards Climate Justice Rooted in Gender Equality and Community Leadership

The climate crisis calls us to reimagine our relationships with