Newsroom

निषेधाज्ञाको १ महिनाको समयावधिमा २०० जना महिला तथा बालिकामाथि हिंसाको घटना अभिलेखिकरण, ४५ प्रतिशत हिंसा घरभित्रै

निषेधाज्ञाको १ महिनाको समयावधिमा २०० जना महिला तथा बालिकामाथि हिंसाको घटना अभिलेखिकरण, ४५ प्रतिशत हिंसा घरभित्रै

Click here for the English version of the Press Release

पृष्ठभुमि

नेपाल सरकारले पटक–पटक निषेधाज्ञाको समय अवधि थप गरि नागरिकलाई कोरोना महामारी बाट सुरक्षित राख्ने प्रयास गरेको छ । यद्यपि महिला तथा बालिकामाथि हिंसा हुनका लागि यस विपदको अवस्थाले पनि  वातावरण सिर्जना गरेको छ । जसका कारण महिला तथा बालिकाहर्रु हिंसापूर्ण वातावरणमा बाँच्न बाध्य भएको अवस्था विभिन्न तथ्याङ्कहरुले पुष्टी गर्दछ ।

निषेधाज्ञा शुरुवात भएदेखि ओरेकले १ महिनाको अवधिमा  २०० जना महिला तथा बालिकामाथि विभिन्न प्रकारका हिंसाका घटना भएको तथ्य अभिलेखिकरण गरेको छ । ओरेकद्वारा सञ्चालन गरिएका २ वटा हटलाईन, २३ जना मनोविमर्शकर्ता, महिला मानव अधिकार रक्षक, साझेदार महिला सामुदायीक संघसंसस्थाबाट यी घटनाहरु अभिलेखिकरण गरिएका हुन् । यी मध्ये ४४ वटा घटनाहरु सञ्चार माध्यमबाट संकलन गरिएका हुन् । गत पन्ध्र दिन जेष्ठ १ देखि १५ सम्ममा १०३ जना महिला तथा बालिकामाथि विभिन्न किसिमको हिंसा भएको पाईएको छ ।

निषेधाज्ञाको समयमा संकलित घटनाहरु मध्ये सबैभन्दा बढी ४५ प्रतिशत अर्थात ९० जना महिलाहरु आफ्नै श्रीमान् र परिवारका सदस्यहरुबाट हिंसाभोग्न बाध्य भएको तथ्याँकले देखाउँछ । अभिलेखीकरण भएका घरेलु हिंसाका घटनालाई हेर्दा महिलाहरुलाई दाइजो नल्याएको वा कम ल्याएको निहुँमा, छोरी छोरी जन्माएको निहुँमा, विवाह भएको लामो समयसम्म बच्चा नजन्मिएकोमा सबै दोष महिलालाई नै लगाईे, चारित्रिक आरोप लगाई, गालीगलौज तथा अपशब्द प्रयोग गरी ३९ जनालाई शारीरिक तथा २६ जनालाई मानसिक यातना दिएको पाइएको छ भने । यसैगरी २५ जना महिला तथा बालिकाहरुलाई खान लाउन नदिई घरनिकाला गरि वेवास्ता गरिएको, बच्चाको जन्मदर्ता, विवाह दर्ता, नागरिकता नबनाइदिएको र स्वास्थ्य सुविधा जस्ता आवश्यक स्रोत सुविधावाट बञ्चित गरी हिंसा गरिएको पाइएको छ । घरेलु हिंसाका घटनामा ७६ प्रतिशत (६८ जना) श्रीमान र २४ प्रतिशत (२२ जना) परिवारका सदस्य संलग्न रहेको देख्न सकिन्छ । यसले प्रत्येक व्यक्तिका लागि घर सुरक्षित  हुनुपर्नेमा घरभित्रै महिला र बालिका अझ बढी असुरक्षित र हिंसाको जोखिममा रहेको देखाउँछ ।

यस अवधिमा ओरेकमा संकलन भएका हिंसाका घटनालाई हेर्दा महिला तथा बालिकामाथि यस्ता प्रकृतिका घटनाहरु भएका र घटनाको सम्बोधनका लागि निर्माण भएका संयन्त्रबाट सहयोगको अवस्था तपसिल बमोजिम रहेका छन्ः

वर्षअगाडीप्रेमविवाहगरेकी२६बर्षीयरुपा (परिवर्तितनाम) लाईदाइजोकोनिहुँमाश्रीमानतथापरिवारकासदस्यलेयहीजेष्ठ१०गतेकुटपीटतथामानसिकयातनादिएपछिसहननसकेरदिदीकोघरमाबस्दैआएकीछन्, यसैगरीनैजेष्ठमहिनामानैमोरङ्गकी२१बर्षीयसपना (परिवर्तितनाम) लाईदाइजोकैनिहुँमाश्रीमानलेनीलडामहुनेगरीलछारपछारगर्दैकुटपीटगरेसहननसकेपछिभागेरओरेककोसम्पर्कमाआईन्त्यसपश्चातओरेककोसमन्वयमाप्रहरीमाउजुरीदर्ताकालागिगइन्तरबन्दावन्दीकोकारणलेघटनामाछलफलसमेतहुनसकेकोछैनउनीमाइतीमाबस्दैआएकीछन्, यस्तैदाङ्गजिल्लाकी४५बर्षीयरमा (परिवर्तितनाम) उनकोश्रीमानयहीनिषेधाज्ञाकोसमयमाबैदेशिकरोजगारीबाटफर्केरआएविदेशमाबस्दादेखिनैशंकागरीचारित्रिकआरोपलगाएरमानसिकयातनादिँदैआएकाउनलेयहीबैशाख११गतेरातीबजेचारित्रिकआरोपलगाएरकुटपीटगरीघाँटीअँठ्याएरमार्नेप्रयासगर्दाप्रभावितलेबल्लतल्लभागेरज्यानबचाउनसफलभइन्त्योरातसडकमानैविताइन्रातीकोसमयत्यसमाथिनिषेधाज्ञाभएकोलेउनलेकसैलाईभनिनन्भोलिपल्टविहानबैशाख१२गतेमात्रआफैओरेककोसम्पर्कमाआइन्ओरेककोसमन्वयमाप्रहरीमाज्यानमार्नेउद्योगमाघटनादर्तागराईन्तरबन्दावन्दीकोकारणलेघटनाकोप्रक्रियाअगाडीबढ्नसकेकोछैनयसरीसार्वजनिकभएकायीकेहीप्रतिनिधिमूलकघटनामात्रहुन्

यद्यपी धेरै हिंसाका घटनाहरु सार्वजनिक हुन सकेका छैनन् भने घरपरिवारका व्यक्तिहरुबाट भएका घटनाको उजुरी दिन प्रभािवतहरुले नसकेको कतिपय घटनाबाट प्रभावित व्यक्तिहरु रिमोट काउन्सेलिंगमा पनि आउन नसकेको, केहि प्रभावित व्यक्तिहरुले मेरो परिवारका व्यक्ति आए भनी विचमै फोन काट्ने गरेको, र तत्काल हिंसा प्रभावितका लागि सेवा प्रदान गर्ने सहयोगी संयन्त्रहरु पनि प्रभावित हुँदा न्याय पाउने विश्वास नै नभएका कारण पनि घटनाहरु बाहिर नआएको अवस्था छ ।

यसैगरी घरेलु हिंसाका घटना बाहेक यस अवधिमा ४५ वटा बलात्कार, १५ वटा सामाजिक हिंसा, १४ वटा हत्या, ५ वटा हत्या प्रयास, ६ वटा यौनदूव्र्यवहार, ४ वटा आत्महत्या, २ वटा मानव बेचविखन, २ वटा बलात्कारको प्रयास र १७ वटा अन्य प्रकृतिका हिंसाका घटना संकलन भएका छन् । अन्य प्रकिृतिका घटना मध्ये पारिवारिक स्रोतका अनुसार लैंगिक हिंसाको कारणले २ जनाले आत्महत्या प्रयास गरेका र १५ जनालाई अलपत्र पारिएका घटना रहेको छ ।

हिंसा प्रभावितहरुको उमेर समूहलाई हेर्दा सबैभन्दा बढी ६४ जना १७ देखि २५ वर्ष  उमेर समूहका महिलाहरु हिंसाबाट प्रभावित भएको पाईएको छ । यस्तैगरी २६ देखि ३५ बर्ष उमेर समूहका ५२ जना, ३६ देखि ४५ बर्ष उमेर समूहका २२ जना, ४६ बर्षभन्दा माथिका उमेर समूहका १४ जना महिलाहरु विभिन्न प्रकारका हिंसाबाट प्रभावित रहेका छन् । १६ बर्षभन्दा कम उमेरका ४६ जना बालिकाहरु हिंसाबाट प्रभावित भएको पाइएको छ र २ २ जना उमेर समूह थाहा नभएका महिला हिंसाबाट प्रभावित भएका छन् ।

कोभिड १९ को महामारीका कारण जारी गरिएको निषेधाज्ञाको अवधी बैशाख १६ गतेबाट १ महिना पूरा भइसकेको छ । यस महामारीको जोखिमबाट नागरिकलाई सुरक्षित राख्नका लागि तीनै तहका सरकारद्वारा जिम्मेबारी पूर्ण कार्यको शुरुवात पनि भइरहेको छ । तथापी कोरोनाको संक्रमण संगै, यस बन्दावन्दीको समयमा महिला तथा बालिका माथि हुन सक्ने लैङ्गिक हिंसाको जोखिमलाई रोकथाम तथा सम्बोधनका लागि सरकारले थप गम्भीरता र संवेदनशीलताका साथ कार्यहरु गर्नु आवश्यक रहेको छ ।

आफ्ना नागरिकहरुलाई हरेक किसिमको जोखिमबाट सुरक्षा गर्ने, हिंसा, अन्याय हुनवाट संरक्षण गर्ने र हिंसामा परेकाहरुलाई सहयोग गर्ने प्रमुख जिम्मेबारी राज्यको हो । धेरै तथ्यहरुले परिवारका सदस्य र आफ्नै समुदायका व्यक्तिहरुबाट महिलामाथि हिंसा हुने गरेको सत्य बाहिर ल्याई सकेको छ ।

यस परिस्थितिमा महिला र बालिकाहरु हिंसाको उच्च जोखिममा रहेको तथ्यलाई स्वीकार गर्दै, हिंसा प्रभावितका लागि जस्तोसुकै परिस्थितीमा पनि सरकार हिंसा र विभेद बिरुद्ध राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा गरेका प्रतिबद्धता पूरा गर्न सदैव तत्पर छ भन्ने सन्देश समुदाय स्तरसम्म पुर्‍याउन आवश्यक छ ।

धन्यवाद

लुभराज न्यौपाने

कार्यकारी निर्देशक

Related Posts

बढ्दो विद्युतीय अपराध सम्बन्धी प्रादेशिक प्रेस विज्ञप्ती (सुदूरपश्चिम प्रदेश)

ओरेकले महिला तथा किशोरीहरुको अधिकार संरक्षण र प्रवद्र्धनका लागि निरन्तर

“घरभित्रै असुरक्षितः महिलामाथि बढ्दो हिंसा र महिला हत्याका घटना”

लैैङ्गिक हिंसा सम्बन्धी त्रैमासिक प्रेस विज्ञप्ति, २०८२ माघ पृष्ठभूमि महिलामाथि