महिला माथी भएका हिंसाको प्रतिवेदन (प्mाागुन, २०७९)
अपाङ्गता भएका महिलाहरु थप हिंसाको जोखिममा
महिला विरुद्धको हिंसा संरचनात्मक विभेदको परिणाम हो । त्यस भित्र पनि अपाङ्गता भएका महिलाहरु दोहोरो हिंसाबाट प्रभावित हुने गरेको तथ्य विभिन्न अध्ययन अनुसन्धान र ओरेकले विभिन्न समयमा सार्वजनिक गर्दै आएको तथ्यांकले समेत पुष्टी गरेको छ । नेपालको संविधानले अपाङ्गता भएका व्यक्तिलाई मानसिक वा शारीरिक रूपमा सामान्य जीवन बिताउन असमर्थ भनेर परिभाषित गरेको छ ।१ महिला माथि हुने कुनै पनि किसिमको हिंसालाई अपराध मानि कानुन बमोजिम दण्ड सजायको व्यवस्था हुनेछ भनी नेपालको संविधानले नै व्यवस्था गरेको छ भने अर्को देवानी र फौजदारी संंहितामा पनि हिंसा सम्बन्धि कानुनी प्रावधान उल्लेख गरेको छ । बिशेष अवस्थामा रहेका अपाङ्गता भएका महिला माथि हिंसा भयो भने अरुलाई सजाय हुनेमा थप सजाय हुन्छ भन्ने कानुनी प्रावधान रहेको छ । यसै गरी हिंसा संवोधनका लागि संयुक्त राष्ट्र संघ महिला विरुद्ध सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि (ऋभ्म्ब्ध्), बेइजिङ घोषणा, अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि लगायतका अन्तराष्ट्रिय सन्धि सम्झौताहरुमा नेपाल सरकारले हस्ताक्षर समेत गरेको छ । यद्यपि हिंसाका घटनाहरुमा कमि आउन सकेको छैन ।
अपाङ्गता भएका किशोरी र महिलाहरूले अपाङ्गता नभएका महिला र किशोरीहरूको तुलनामा १० गुणा बढी हिंसाको सामना गर्छन् ।२ पीडकहरू प्रायः परिवारका सदस्यहरू, साथीहरू, वा चिनजान भएका व्यक्तिहरू हुने गर्दछन् । भाग्यवादको आडमा अपाङ्गताहुनुलाई पुर्वजन्मको पाप भनेर उनीहरु माथी विभिन्न किसिमका विभेदहरु हँुदै आएको घटनाहरु प्रशस्त छन् । ३ अपाङ्गतालाई कमजोरीको रुपमा लिने सोचका कारण अपाङ्गता भएका महिलााहरु माथि हुने यौन हिंसाका घटना दिनप्रतीदिन बढ्दो छ । ४ यस्ता घटना सके सम्म त बाहिर नै आउँदैनन् । बाहिर सार्वजनिक भएका कतिपय घटनाहरु पनि घर परिवारले नै मिलाइदिने, अपाङ्ग त हो भनी गम्भिर रुपमा नलिने भएकोले उनीहरु बारम्बार हिंसामा पर्र्दै आएका छन् । अझ घरपरिवारले नागरिककता लगायत अन्य आवस्यक कागजपत्रहरु नबनाइदिने भएकोले कानुनीे उपचारमा समेत उनीहरुले चुनौतिको सामना गर्नु परेको छ । ओरेकले महिला अधिकारको अभियानको शुरुवात देखि महिला भित्रको बिभिदतालाई प्राथमिकतामा राखेको छ । त्यसमा पनी अपाङ्गता भएका महिलाहरुको मुद्धालाई गम्भिरताका साथ उठान गर्दै आएको छ । संस्थाले संकलन गर्ने तथ्यांकमा पनि अपाङ्गता सम्बन्धी जानकारीलाई विशेष रुपमा संकलन गरिन्छ र अपाङ्गता भएका महिलाहरुको भोगाई अभिलेखीकरण गरि तथ्यमा आधारित पैरवि गर्दछ ।
संस्थाले प्mाागुन महिनामा संकलन गरेको तथ्यांकमा ७ जना अपाङ्गता भएका महिला तथा किशोरीहरू माथि हिंसा भएको खुलेको छ । तथ्यांलाई हेर्दा अपाङ्गता भएका महिला माथि घरेलु हिंसा, यौन दुर्व्यवहार, बलात्कारबाट प्रभावित भएका छन् भने कतिपयनागरिकताविहिनभएका छन् । जसले गर्दा सरकारबाट प्रदान गरिने आवश्यक सेवा सुबिधाबाट बञ्चित हुनुपरेको अवस्था छ । समाजमा अपाङ्गता भएका महिलाहरूलाई कमजोर, आश्रित र आफ्नो रक्षा गर्न नसक्ने ठानिन्छ । जसको कारण पीडकहरुले अपाङ्गता भएका महिला तथा बालिकाहरूले दुर्व्यवहारको प्रतिरोध वा रिपोर्ट गर्दैनन् भन्ने विश्वास गर्छन् र उनीहरूलाई लक्षित गर्ने गर्दछन्। यसै पनि हिंसाका घटनाहरू कम सावजनिक हने गर्दछन् र सावजनिक भएका घटनाहरुलाई हेदा पनि पनि प्रभावितहरूले लामो समयसम्म हिंसा सहने र मुद्दा गम्भीर भएमा मात्र बाहिर आउने गरेको देखिन्छ । यसले समाजको दुखद परिदृश्यलाई देखाउँछ ।


तथ्यांक हेर्दा २ जना (२९ प्रतिशत ) माथि घरेलु हिंसा , ३ जना (४३ प्रतिशत ) माथि बलात्कार , १ जना (१४ प्रतिशत ) माथि यौन दूर्व्यवहार र एक जना (१४ प्रतिशत ) माथि सामाजिक हिंसा भएको देखिन्छ ।


तथ्यांकलाई विश्लेषण गर्दा २ जना महिला (२९ प्रतिशत ) १८ बर्ष भन्दा कम , ३ जना (४३ प्रतिशत ) १८ देखि २५ बर्ष सम्म , १ –१ जना (१४–१४ प्रतिशत ) २६ वर्ष कदेखि ३५ बर्ष र ३६ बर्ष भन्दा माथि रहेको देखिन्छ । अधिकतम २५ बर्ष भन्दा कम उमेरका अपाङ्गता भएका महिला तथा बालिकाहरु बढि हिंसाको जोखिममा रहेको देखिएको छ ।


त्यसैगरि भएका अपाङ्गता महिला र पीडक संग को सम्बन्ध हेर्दा महिलाहरु आफ्नै घर र समाजमा असुरक्षित रहेको देखिन्छ । पीडकहरु श्रीमान (१ जना) , परिवारका सदस्य (१ जना), छिमेकि (१ जना), सेवा प्रदायक (१ जना), समुदायका सदस्य (१ जना) , सामान्य चिनजान (१ जना) र अपरिचित व्यक्ति (१ जना) रहेको देखिन्छ ।
केही प्रतिनिधिमुलक घटना यस प्रकार छन् ।
क) २२ वर्षकी कल्पना (परिवर्तित नाम)को बुवा प्राय बिमार भइरहने भएकोले घरको सबै जिम्मेवारी आमाको काँधमा छ । कल्पनामा सानै देखि बहुअपाङ्गता थियो । गत मंसिरमा उनको बुवालाई उपचारको लागि काठमाण्डौ लैजाँदा कल्पना घरमा एक्लै थिइन । उनी घरमा एक्लै भएको मौका छोपी गाँउकै ६१ बर्षिय चन्द्रजितले घरमै आएर जबरजस्ती करणी गरे । घटनाबारे कसैलाइ भने ज्यान मारिदिने भनेर धम्क्याएकोले उनले कसैलाई भन्न सकिनन् । तर केही समय पछि उनीमा शारिरीक परिवर्तन देखिन थाले पछि उनकी आमाले चेकजाँच गराउँदा ७ महिनाको गर्भवती भइसकेकी थिइन । उनलाई ओसिएमसीले रिफर गरेपछि उनी ओरेकको सुरक्षा आवासमा बस्दै आएकी छिन् । चिकित्सकको सल्लाह र कल्पनाको आफ्नै निर्णय अनुसार फागुन २८ गते उनको सुरक्षित गर्भपतन गराइएको छ । हाल उनी ओरेकको सुरक्षाबासमा बस्दै विभिन्न परामर्श सेवा लिइरहेकी छिन् ।
ख) अन्दाजी १४ वर्षकी कान्ती (परिवर्तित नाम) कंचनपुरको बाल अनाथालयमा बस्दै आएकी थिइन् । बाल अनाथालयमा कान्ती जस्तै ४ जना अरु बालिका र २० जना बालकहरु पनि बस्थे । कान्ती मानसिक रुपमा केही अस्वस्थ भएकाले विद्यालय पनि जान्थिनन् । महिनावारी शुरु भइसकेकी कान्तीलाई अरु समय भन्दा फरक किसिमले माघ महिनामा रक्तश्राव भएपछि उनका साथीहरुले सोधी खोजी गर्दा, गर्भपतन गरिएको भ्रुण समेत अनाथलयको फोहर फाल्ने ठाँउमा फेला पारे । कान्तीलाई समेत उनीहरुले सोधे पछि अनाथलयका प्रमुखलेपटकपटक यौन शोषण गर्दै आएको र गर्भवती भएपछि आफै औषधी ल्याएर गर्भपतन गराएको खुल्न आयो । अनाथलयका प्रमुखको व्यवहार हार बारे अरु केटीहरु पनि जानकार थिए । उनीहरुलाइ पनि चन्दले पटकपटक दुर्ब्यबहार गरेको उनीहरुले एकअर्कालाइ बताएर । सबैको सल्लाहमा प्रहरीलाई खबर गरेका थिए । प्रभावितलाई ओसिएमसी संगको समन्व्यमा स्वास्थ्य उपचार गरी सरकारी सुरक्षावासमा राखिएको छ । पीडकलाई कानुनी प्रकृया अनुसार पुर्पक्षको लागि जेल चलान गरिएको छ । यस्तै सोही बाल अनाथालयका अन्य ४ जना बालिकाहरुले पनि आफुहरुमाथि भएको दूर्व्यवहारको प्रहरीमा उजुरी दिएका छन् । उनीहरुलाई पनि परामर्श तथा प्रारम्भिक उपचार गरी सामान्य अवस्था भएपछि अहिले स्कुल जान थालेका छन् ।
ग) मनकुमारी (परिवर्तित) सानै छँदा उनकी आमा भारतमा बितेकी थिइन् । साना छोराछोरी हुर्काउन गाहे भएर ४ वर्षको छोरी र १ महिनाकी मनकुमारीलाई लिएर उनका बुवा उदयपुर आएका थिए । दुवै बच्चालाई आफन्तको घरमा छोडेर उनीहरु काम गर्न जान्थे। उनको बुवा बस पार्क नजिकै काम गर्ने भएपनि छोराछोरी हुर्काउन ध्यान दिदैनथे । त्यसैले १० वर्षकै उमेरमा उनको दाइ घर छोडेर बेपत्ता भए । मनकुमारीको पनि सानोमा स्याहार नपुगेकोले उनी कुपोषित थिइन र ठुली हुदै गर्दा उनी शारिरीक र मानसिक रुपमा केही अस्वस्थ भइन् । मनकुमारी १५ वर्षकी हुदाँ उनको बुवाले जबरजस्ती करणी गर्ने गरेको छिमेकीहरुले थाहा पाएपछि प्रहरीमा जाहेरी गरेका थिए । मनकुमारीको स्वास्थ्य परिक्षण गर्दा उनी ४ महिनाको गर्भवती भइसकेको थाहा भयो । छलफलपछि उनको गर्भपतन गरि उनलाइ कसरी पुनर्स्थापना गरी व्यावस्थापन गर्ने भन्ने विषयमा पनि छलफल भएको थियो । तर त्यो प्रक्रिया अगाडी वढाउदै गरेको समयमा पुनः २०७९ बैशाख १८ गते गते साँझ ६ वजेको समयमा मनकुमारीलाई ललाइफकाई गरी बसपार्क नजिकको खोला छेउमा लगेर स्थानीय अटोचालकले अटो भित्र बलात्कार गरिरहेको देखेर स्थानीयले प्रहरीलाई खवर गरेर पीडकलाई पक्राउ गरि थुनामा राखिएको छ । त्यसपछि स्वास्थ्य परिक्षण गरी प्रहरीले मनकुमारीलाई जिल्लाका सरोकारवालासंग समन्वय गरि मनकुमारीलाइ मानव आश्रम पठाईएको छ र मनकुमारीको अपाङ्गता परिचय पत्र बनाउन समेत पहल गरिऐको छ ।
क) महिला तथा बालिकामाथि भएको हिंसाको प्रकार


यसैगरी प्mाागुन महिनामा ओरेकले अभिलेखीकरण गरेको तथ्याङ्कलाई विश्लेषण गर्दा ८८ जना (४३ प्रतिशत) महिला तथा बालिकामाथि घरेलु हिंसा भएको छ । ४० जना (१९ प्रतिशत) महिला तथा बालबालिका माथि बलात्कार भएको घटना तथ्याङ्ककले देखाउँछ । त्यस्तै ९ वटा (४ प्रतिशत) यौन दुर्व्यवहारको घटना भएको छ । ३२ जना महिलामाथीसामाजिक हिंसा भएको छ । ११ वटा (५ प्रतिशत) हत्याको घटना, ५ वटा (२ प्रतिशत) हत्या को प्रयास, २ वटा आत्महत्या, १ वटा आत्महत्याको प्रयास, ५ वटा (२ प्रतिशत) मानव वेचविखन र ३ वटा (१ प्रतिशत) साइबर अपराध जस्तो जधन्य अपराधको घटना संकलन भएको छ ।
निश्कर्ष :
महिलामाथि हुने हिंसा एक विश्वव्यापि समस्या हो । हिंसा प्रभावित महिलाहरुले कानुनी प्रक्रियामा जाँदै धेरै चुनौतीहरुको सामाना गर्नुपरेको छ । यसमा पनि अझ अपाङ्गता भएका महिलाका हिंसा सम्बन्धी सवाललाई कानुनी प्रक्रियमा जादाँ फास्ट ट्रयाकमा नलानु, हिंसा प्रभावितलाई छोटो समयका लागि राखिने सुरक्षावासहरु महिला मैत्री नहुुनु, लैगिक हिंसा राष्ट्रिय नीति तथा कार्ययोजनामा हिंसामा परेका अपाङ्गता भएका महिलाहरूको विकास तथा आर्थिक सशक्तिकरणका लगायतका कार्यक्रमहरु नहुनु, महिला तथा महिला भित्र पनि अपाङ्गता भएका महिलाका सवाललाई अधिकारमूखि अवधारणावाट नहेरिएको कारणले गर्दा हिंसा प्रभावितहरुले थप हिंसा र जोखिमको सामना गर्नुपरेको अवस्था छ । साथै अपाङ्गता भएका महिलालाई आत्मनिर्णयको अधिकार नदिनु, निर्णय प्रक्रिया अर्थपूर्ण सहभागि नबनाइनु, आदिका कारण आज पनि अपाङ्गता भएका महिलाहरू हरेक दिन जसो कुनै न कुनै प्रकारको हिंसा गुज्रिरहनु परेको छ । तसर्थ राष्ट्रिय तथा अन्तराष्ट्रिय ऐन, नीति नियम र प्रतिवद्धताहरुमा अपाङ्गता भएका महिलालाई बिशेष सम्बोधन गर्दै त्यसको प्रभावकारी कार्यान्वयन हुनु आवश्यक छ । साथै महिलाका पक्षमा बन्ने जुनसुकै योजनाहरुमा अपाङ्गता भएका महिलाहरुको विशेष व्यवस्थाका लागि राज्य, सरकार, सरोकारवाला निकायहरु र नागरिक समाज उत्तिकै जिम्मेवार हुनु आवश्यक छ ।
सन्दर्भहरू
! Constitution-of-Nepal_2072_Eng_www.moljpa.gov_.npDate-72_11_16.pdf (ag.gov.np)
@ Five facts to know about violence against women and girls with disabilities (worldbank.org)
# Disability Stigma and Discrimination in Nepal: A Study of Pokhara Metropolitan City
$ Women with disabilities in Nepal (leave-no-one-behind.ch)
लुभराज न्यौपाने
कार्यकारी निर्देशक
.png)
