Newsroom

मानव अधिकारको विश्वव्यापी आवधिक समिक्षा (यु.पी.आर.) प्रदेश स्तरिय कार्यशाला धनगढीमा सम्पन्न

मानव अधिकारको विश्वव्यापी आवधिक समिक्षा (यु.पी.आर.) प्रदेश स्तरिय कार्यशाला धनगढीमा सम्पन्न

२०७४ फागुन १५ गते प्रदेश नं ७ मा कैलालीको धनगढीमा सम्पन्न यु.पी.आर कार्यशालामा सहभागीहरुले जातीय विभेद, समान काममा महिलाहरुलाई ज्यालामा गरिने विभेद, पुर्व बधुँवा मजदुरहरुको उर्वरा भुमिमा पहुँच नभएको र प्रदान गरिएको भुमिहरु पनि खोलानालाको किनारा र अनुत्पादक भूमि प्रदान गरिएको, भूमिहिनलाई १ पटक भूमि प्रदान गर्ने व्यवस्था राज्यले गरेता पनि अहिलेसम्म कार्यान्वयन नभएको अवस्थाले व्यवहारिक रुपमा भएकै नीति नियमहरुको प्रभावकारी कार्यान्वयन हुन नसकेको जनाएका थिए । हानिकारक परम्परागत अभ्यासका कारण महिला र बालिकामाथि बढ्दो हिंसाका लागि विशेष व्यवस्था गर्न,  बढ्दो दण्डहिनता र हिंसाका घटनामा हुने राजनीतिकरणको अन्त्य गरि हिंसा प्रभावित महिलाको न्यायमा पहुँच बृद्धि गर्न,  जातीय छुवाछुत अन्त्यका लागि कानुनको पुर्ण कार्यान्वयन गर्न, स्थानीय तहका हरेक संरचनाहरुलाई लैङ्गिकमैत्री, बालमैत्री र अपाङ्गतामैत्री बनाउनु पर्ने सुझावहरु राखेका थिए । 

Related Posts

The Budget That Flatters the Middle and Forgets the Margins

Nationalism, the Rise of the Middle Class, and What Nepal’s

Looking at IMRF from the ground

Sunita Mainali Women’s Rehabilitation Centre (WOREC), Nepal From 5–8 May