Newsroom

ओरेकमा बन्दाबन्दीकोे समयमा १०९ वटा बलात्कारका घटना अभिलेखिकरण, ४७ प्रतिशत घटना छिमेकीबाट

ओरेकमा बन्दाबन्दीकोे समयमा १०९ वटा बलात्कारका घटना अभिलेखिकरण, ४७ प्रतिशत घटना छिमेकीबाट

ओरेकमा यस बन्दाबन्दीको समयमा १०९ वटा बलात्कारका घटना अभिलेखिकरण भएका छन् ।  जसमा ८ वटा सामुहिक बलात्कार र ९ वटा वैवाहिक बलात्कार सम्बन्धी घटनाहरु रहेका छन् । बलात्कार जस्तो जघन्य अपराधमा संलग्न व्यक्तिहरुमध्ये सबैभन्दा बढी ४७ प्रतिशत (६४ जना) छिमेकी रहेका छन् । यस्तैगरि १२ प्रतिशत (१७ जना) आफ्नै परिवारका सदस्यहरु,  बुवा (७), दाजु (३), ससुरा (२), परिवारका अन्य सदस्य (५) घटनामा संलग्न रहेको पाईएको छ । । ९ वटा प्रमि ठानिएको व्यक्ति, ३ वटा घटना सेवा प्रदायक, ३ वटा शिक्षक, र ३१ वटा घटना अन्जान व्यक्तिबाट भएको पाईएको छ । 

बलात्कारका घटनामा सबैभन्दा बढी २९ प्रतिशत (४० जना) १७ देखि २५ उमेर समुहका युवाहरु रहेको पाईएको  छ  । यसैगरि २६ देखि ३५ बर्ष उमेर समूहका २७ जना, ३६ देखि ४५ बर्ष उमेर समूहका १८ जना, ४६ बर्ष भन्दा माथिका उमेर समूहका १४ जना र उमेर समूह थाहा नभएका ३५ र १६ बर्षभन्दा कम उमेर समूहका २ जना संलग्न भएको पाईएको छ । 

समाजमा महिलाप्रति रहेको असमान दृष्टिकोण र व्यवहारको कारण महिलाको शरीर जसले, जसरी र जुन बेला पनि प्रयोग गर्न सक्छ भन्ने सोचको विकास गरेको छ । देशमा लोकतन्त्र आएता पनि महिलालाई घर देखि राष्ट्रसम्म दोस्रो दर्जाको व्यवहार गरिन्छ । महिलाको हैसियत अझ समान हुन सकेको छैन । यहि स्थिती र महिलाप्रति रहेको असमान सोचले छोरी, श्रीमती, बहिनी, बुहारी प्रेमीकामाथि समेत बलात्कार गर्न पुरुषलाई मनोबल प्रदान गरेको छ । बलात्कार जस्तो निकृष्ट मानव अधिकार हनन्का घटनामा पनि पीडित परिवारले घटना दर्ता गर्न संघर्ष गर्नुपर्ने स्थिती छ । प्रभावितलाई समाजमा हेर्ने दृष्टिकोण र गरिने व्यवहार अमानविय र  निन्दनीय छ । बलात्कारमा संलग्न व्यक्तिलाई नै दोष र विभिन्न लाल्छना लगाउने प्रवृत्ति हावी छ । जसका कारण पीडितले आफुमाथि भएको अन्याय विरुद्ध बोल्न र न्यायका लागि लड्न 
ठुलै शाहस, प्रतिबद्धता र हिम्मत जुटाउँनु पर्ने हुन्छ । यो अवस्थाले बलात्कार गर्ने व्यक्तिको मनोबललाई उच्च बनाउन र प्रभावितलाई यस्ता घटना विरुद्ध बोल्न र न्यायका लागि लड्न निरुत्साहित गरेको छ ।  

यस अवधीमा ओरेकले ५७ वटा जिल्लाहरुबाट ७३० जना महिला तथा बालिकामाथि भएका विभिन्न प्रकारका हिंसाको घटना अभिलेखिकरण गरेको छ ।  जसमध्ये ४२४ वटा घरेलु हिंसा, १०९ वटा बलात्कार, ७४ सामाजिक हिंसा, ३१ आत्महत्या, २७ यौन दुव्र्यवहार, २५ बलात्कारको प्रयास, १६ हत्या, ११ साईबर अपराध,  ४ हत्या वा आत्महत्या पुष्टि हुन बाँकि, ४ हत्याको प्रयास, ३ मानव बेचबिखन, २ आत्महत्याको प्रयाससँग सम्बन्धीत घटनाहरु रहेका छन् । महिला पुनस्र्थापना केन्द्र (ओरेक) द्वारा सञ्चालन गरिएको ३ वटा हटलाईन, मनोविमर्शकर्ता, महिला मानव अधिकार रक्षक, साझेदार महिला सामुदायीक संघसंसस्थाहरुबाट, यी घटनाहरु अभिलेखिकरण गरिएको हुन् । यी मध्ये ८७ वटा घटनाहरु सञ्चार माध्यमबाट संकलन गरिएका हुन् । गत दुइ हप्ता (जेष्ठ २५ असार ५ गते सम्म) मा १०६ जना महिला तथा बालिकामाथि विभिन्न किसिमको हिंसा भएको तथ्याँक प्राप्त भएको छ । 

Related Posts

घरभित्रै असुरक्षित महिला : ६६.६७ प्रतिशत हिंसा घर भित्रै

लैंङ्गिक हिंसा सम्बन्धी सुनसरी जिल्लाको प्रेस विज्ञप्ती २०८३, बैशाख महिला

मुख्य विषयवस्तुः “स्वास्थ्य, यौन तथा प्रजनन् स्वास्थ्य अधिकार र न्याय सुनिश्चित गर्न बहुआयामिक संकटका बेला स्वास्थ्य प्रणाली सुदृढीकरणः विकल्प होइन, अपरिहार्यता” (“Essential, Not Optional: Strengthening Health Systems to Uphold Health Rights and SRHRJ in Times of Polycrisis.”)

अन्तर्राष्ट्रिय महिला स्वास्थ्य अधिकार दिवस २०२६प्रेश विज्ञप्ती यौन तथा प्रजनन्