Newsroom

बन्दाबन्दीको२ महिनाको समयावधिमा ४६५ जना महिला तथा बालिकामाथि हिंसा

बन्दाबन्दीको२ महिनाको समयावधिमा ४६५ जना महिला तथा बालिकामाथि हिंसा

बन्दाबन्दीको २ महिनाको समयावधिमा ३७ वटा जिल्लाहरुमा ४६५ जना महिला तथा बालिकामाथि विभिन्न प्रकारको हिंसा भएको पाईएको छ । यस हप्तामा मात्र ६६ जना महिला तथा बालिकामाथि भएको हिंसाका घटना अभिलेखिकरण भएका छन्।
यस बन्दावन्दीेको समयमा अभिलेखीकरण भएका घटनाहरु मध्ये सबै भन्दा बढी २९३ जना महिलाहरुमाथि घरेलु हिंसा भएको पाइएको छ भने, संकलन भएका घटनाहरु मध्ये ३९ वटा सामाजिक हिसाका घटनाहरु रहेका छन् । यसैगरी ६२ वटा बलात्कार, १५ वटा बलात्कारको प्रयास, १६ वटा यौन दुव्र्यवहार, ६ वटा हत्या, २ वटा हत्या वा आत्महत्या
अनुसन्धानको क्रममा रहेको, १६ वटा आत्महत्या, २ वटा आत्महत्याको प्रयास, २ वटा हत्याको प्रयासका घटना, २ वटा मानव बेचविखन र १० वटा साइवर अपराधसँग सम्बन्धीत रहेका छन्।

घटनामा संलग्न पीडकहरुमा २२३ जना श्रीमान्, ८९ जना परिवारका सदस्यहरु, ९२ जना छिमेकी, २० जना प्रेमी ठानिएका व्यक्ति, ९ जना साथी, ४ जना घरमालिक, २
जना शिक्षक रहेका छन्भने ४३ जना पीडकको पहिचान खुल्न बाँकि रहेको छ ।
यस अवधिमा संकलन भएका ६८ वटा बलात्कारका घटनाहरु मध्ये ४ वटा सामुहिक बलात्कार र ४ वटा बैवाहिक बलात्कारको घटना रहेको छ ।

Related Posts

बुढानिलकण्ठस्थित भक्ति वेदान्त गुरुकुल (ISKCON) मा भएको बाल यौन दूव्र्यवहार तथा हिंसाको घटनाप्रति गम्भीर ध्यानाकर्षण

बुढानिलकण्ठस्थित भक्ति वेदान्त गुरुकुल (ISKCON_) मा बालबालिकामाथि भएको शारीरिक, मानसिक

घरभित्रै असुरक्षित महिला : ६६.६७ प्रतिशत हिंसा घर भित्रै

लैंङ्गिक हिंसा सम्बन्धी सुनसरी जिल्लाको प्रेस विज्ञप्ती २०८३, बैशाख महिला