Newsroom

महिला माथि भएका हिंसाको मासिक प्रतिवेदन भाद्र २०७९

महिला माथि भएका हिंसाको मासिक प्रतिवेदन भाद्र २०७९

महिला माथि भएका हंिसाको मासकि प्रतिवेदन भाद्र,२०७९

महिला पुर्नस्थापना केन्द्र, ओरेकले महिला हिंसारहित जीवनयापनका लागि पैरवी गर्ने तथ्यगत माध्यम घटना अभिलेखन र प्रकाशनलाई प्राथमिकतामा राखी कार्यरत सम्पूर्ण जिल्लाहरुमा तथ्याङ्क संकलन तथा व्यवस्थापन गर्दै आइरहेको छ । संकलन गरिएका तथ्याङ्कहरुको आधारमा हरेक महिना झैं भाद्रमहिनामा घटेका महिला हिंसाका घटनाहरुको विश्लेषण गर्दा समग्र तथ्याङ्कको ६२ प्रतिशत १३२ जनामा सबै भन्दा बढी घरेलु हिंसा भएको तथ्याङ्कले देखाएको छ । महिलालाई हेर्ने विभेदकारी दृष्टिकोणका कारण महिलाहरु महिला भएकै कारणले विभिन्न हिंसा खेप्न वाध्य भएका छन् । परिवार, समाज र राज्यमा स्थापति पितृसत्तात्मक सोच र सोही अनुरुप निर्मित विभेदकारी मूल्य मान्यताका कारण हुने हिंसा महिलाले भोग्नै पर्ने नियती जस्तै बनेको छ । यो तथ्याङ्कबाट घर परिवार जहाँ महिलाले धेरै सुरक्षा पाउनु पर्ने हो त्यस ठाँउमा नै बढी असुरक्षित भएको देखाउँछ । भाद्र महिनामा मात्र ओरेकले आफ्‌नो कार्यालयमा अभिलेखिकरण गरेका (१८०)तथा विभिन्न राष्ट्रिय पत्रपत्रिकाहरुबाट प्राप्त (३४) घटनाका आधारमा २१४ वटा लैङ्गिक विभेदमा आधारित हिंसाको तथ्याङ्क अभिलेखीकरण गरेको छ ।

क) हिंसाको प्रकार

ओरेकले अभिलेखीकरण गरेको तथ्याङ्कलाई विश्लेषण गर्दा भाद्र महिनामा १३२ वटा (६२ प्रतिशत) घरेलु हिंसाको तथ्याङ्क संकलन भएको छ । यसैगरी २७ वटा (१३ प्रतिशत­­­) बलात्कारको तथ्याङ्क संकलन भएको छ । त्यसैगरी १९ वटा (९ प्रतिशत) सामाजिक हिंसाको घटना, ६—६ वटा (३,३ प्रतिशत) हत्याको घटना र यौन दुर्व्यवहार संकलन भएका छन् । एक जना महिलालाई बोक्सी को आरोप लगाइ हत्या गरेको पाइएको छ । ३ जना महिलाले आफ्नै श्रीमानबाट बैवाहिक बलात्कारको सहनु परेको छ । त्यसैगरी यसै अवधिमा ५ वटा (२ प्रतिशत) बलात्कारको प्रयासका घटना संकलन भएको छ भने, २ वटा (१ प्रतिशत) हत्या प्रयास, ४ वटा (२ प्रतिशत) आत्महत्या, २ वटा (१ प्रतिशत) आत्महत्याको प्रयासको घटना जस्तो जघन्य अपराधको तथ्याँक संकलन भएको छ ।

ख) प्रभावितको उमेरको आधारमा वर्गीकरण

Is






उमेरको आधारमा विश्लेषण गर्दा भाद्र महिनामा मात्रै सबैभन्दा धेरै ६२ जना (२९ प्रतिशत) २६ देखि ३५ वर्र्ष उमेर समुहका युवा महिलाहरु माथि हिंसा भएको पाईएको छ । त्यसैगरी ५२ जना (२४ प्रतिशत) १८ देखि २५ वर्र्ष उमेर समूहका महिलाहरु हिंसामा परेको पाइएको छ । त्यस्तै ३४ जना (१६ प्रतिशत) १८ वर्षभन्दा कम उमेरका बालिका तथा किशोरीहरु, ३७ जना (१७ प्रतिशत) ३६ देखि ४५ वर्ष उमेर समुहका महिलाहरु, त्यस्तै १६ जना (७ प्रतिशत) ४६ देखि ५५ वर्ष उमेर समुहका महिलाहरु रहेका छन् भने ७ जना (३ प्रतिशत) ५६ वर्ष भन्दा माथि उमेर समुहका महिलाहरु हिंसाको जोखिममा रहेका छन् ।

ग) गर्भवती/सुत्केरी अवस्था र हिंसाको प्रकार

भाद्र महिनामा कुल महिला माथि भएको हिंसा मध्ये २८ जना गर्भवती/सुत्केरी अवस्थामा भएका महिला माथि हिंसाको घटना भएको छ । जसमध्ये २३ जना (८२ प्रतिशत) माथि घरेलु हिंसा, ३ जना (११ प्रतिशत) माथि बलात्कार, १—१ जना (४,४ प्रतिशत) माथि सामुहिक बलात्कार र बलात्कारको प्रयास जस्तो जघन्य हिंसा भएको तथ्याङ्कले देखाउँछ । प्रभावित र आरोपितको सम्बन्धलाई बिश्लेषण गर्दा धेरै जस्तो श्रीमान (१८ जना) र त्यसैगरी परिवारका सदस्य (५ जना), समुदायका सदस्य (१ जना) र अपरिचित व्यक्ति (३ जना) रहेका छन् ।

घ) प्रभावतिको आरोपतिसँगको सम्बन्ध

प्रभावित र आरोपितको सम्बन्धलाई विश्लेषण गर्दा भाद्र महिनामा सबैभन्दा बढी ११७ वटा (५५ प्रतिशत) हिंसा श्रीमान्‌बाट भएको छ भने ३० वटा (१४ प्रतिशत) हिंसाको घटना परिवारका सदस्यबाट भएको छ । १५ वटा (७ प्रतिशत) छिमेकीबाट भएको छ । त्यस्तै ९ वटा (४ प्रतिशत) हिंसा प्रेमिबाट, २० वटा (९ प्रतिशत) हिंसाको घटना अपरिचित व्यक्तिबाट, ६ वटा (३ प्रतिशत) हिंसा साथिबाट, २ वटा (१ प्रतिशत) हिंसा समुदाय सदस्यबाट, र ३—३ वटा (१,१ प्रतिशत) हिंसा अविवाहित तर सँगै बसेका व्यक्ति र सेवा प्रदायकबाट भएको पाईएको छ । अन्यमा सामान्य चिनजान भएको व्यक्तिबाट हिंसा भएको पाइएको छ ।

ङ) आरोपित र उमेर

यस्तै, हिंसामा संलग्न पुरुषहरुको उमेरको विश्लेषण गर्दा भाद्र महिनामा सबैभन्दा धेरै २६ देखि ३५ वर्ष उमेर समुहका ८३ जना (३३ प्रतिशत) युवाहरु रहेका छन् । यसैगरी ४९ जना (१९ प्रतिशत) ३६ देखि ४५ वर्र्ष उमेर समुहका युवाहरु रहेका छन, ४० जना (१६ प्रतिशत) १८ देखि २५ वर्ष उमेर समुहका पुरुषहरु छन्। त्यस्तै ३५ जना (१४ प्रतिशत) ४६ देखि ५५ वर्ष उमेर समुहका युवा तथा पुरुषहरु, ७ जना (३ प्रतिशत) ५५ वर्ष भन्दा माथि उमेर समुहका पुरुषहरु छन् र ५ जना (२ प्रतिशत) १८ वर्ष मुनिका किशोरहरु हिंसामा संलग्न भएको तथ्याङ्क छ ।

निश्कर्षः

तथ्याङ्कको आधारमा विश्लेषण गर्दा महिला हिंसा सबैभन्दा बढी संख्यामा आफ्‌नो घरमा नै भएको र महिला तथा किशोरीहरु घरभित्रै बढी जोखिममा रहेको पाईएको छ । जहाँ घरपरिवारका सदस्य, आफ्‌नो श्रीमान्, आफन्त र आफु बस्ने समाजबाट हुने हिंसाले महिलाहरु जहाँ छन् त्यहीँ नै असुरक्षित छन् भन्ने कुराको पुष्टी गर्दछ । अर्थात महिलाहरुको लागि सुरक्षित स्थान छैन । जहाँ हिंसा खेप्न नपरोस् । यो आफैमा चुनौतीपूर्ण विषय हो । त्यसकारण घरेलु हिंसा तथा महिलामाथि हुने सबैखाले हिंसा अन्त्यका लागि व्यक्तिगत सोच र व्यवहारमा परिवर्तन गर्नुपर्ने र यसका लागि स्थानीय तहदेखि नै हरेक घर सुरक्षित बनाउने अभियान सञ्चालन गर्नुका साथै मानव अधिकारको सम्मान गर्न दिगो विकास र समृद्ध नेपाल सुखी नेपालीको सपनालाई सकार पार्न महिला माथि हुने सबै प्रकारको हिंसा र विभेदको अन्त्य गर्नु अत्यन्त आवश्यक छ ।

Related Posts

आग्रणी राष्ट्रिय सम्मेलन २०८२- घोषण पत्र

“रूपान्तरण सम्भव छ, हामी गर्छौँ” भन्ने मूल सन्देशका साथ २०८२

Quarterly press release (Jan to March ) 2025