Publications

अन्वेषीः महिलामाथि हुने हिंसाको यथार्थ २०८०

अन्वेषीः महिलामाथि हुने हिंसाको यथार्थ २०८०

अन्वेषीः महिलामाथि हुने हिंसाको यथार्थ

मानव अधिकार तथा सामाजिक न्यायका लागि तीन दशकदेखि निरन्तर क्रियाशील महिला पुनस्र्थापना केन्द्र (ओरेक) ले सन् २००८ देखि महिलामाथि भएका हिंसाका घटनाहरूलाई बहुपक्षीय रूपबाट विश्लेषण गरी निरन्तर रूपमा अन्वेषी प्रकाशन गर्दै आएको छ । अन्वेषी महिलामाथि हुने हिंसाको यथार्थ झल्काउने तथ्यमा आधारित पुस्तक हो । संस्थाले महिला हिंसाका घटनाको अभिलेखीकरण तथा विश्लेषण गरी यथार्थ स्थितिको पहिचान गर्दै महिलामाथि हुने हिंसाविरूद्ध आवश्यक काम गर्न राज्यलाई जिम्मेवार र उत्तरदायी बनाई आवश्यक संयन्त्रको स्थापना, विकास र विस्तार गर्न दबाब दिने र हिंसा प्रभावित महिलाहरूको आवश्यकता पहिचान गरी आवश्यक सहयोगी संयन्त्र निर्माणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पैरवी गर्ने उद्देश्यले तथ्य, तथ्याङ्क सहित प्रमाणमा आधारित दस्तावेजीकरणका लागि अन्वेषी लेखनको सुरूवात गरेको हो ।


महिलामाथि हुने हिंसाका घटनाहरूको एकीकृत तथ्याङ्क नभएको तात्कालिन अवस्थामा सबै क्षेत्रबाट हिंसाका घटनाहरू सङ्कलन गरी विश्लेषण गर्ने क्रममा महिला विरूद्धका हिंसाको सम्बन्धमा धेरै अनुसन्धान गरिनु पर्ने आवश्यकता थियो र त्यत्तिकै चुनौती पनि । त्यसैले अनुसन्धानको अभाव पूर्ति गर्न, समस्त घरपरिवार, समाज र राज्यलाई तथ्यका आधारमा घचघच्याउने काम प्रतिवेदनको स्वरूपमा अन्वेषी प्रकाशनले गरेको थियो । यसलाई निरन्तरता दिँदै हाल अन्वेषी लेखनको सोह्रौ वर्ष पुगिसकेको छ । महिलामाथि हुने हिंसाका घटनालाई व्यवस्थित गरी अभिलेखीकरण गर्ने राज्य र नागरिक समाजका तर्फबाट कुनैपनि पहल र संयन्त्रहरू निर्माण भइनसकेको त्यस बेलाको परिस्थितिमा महिलामाथि हुने हिंसाको घटनालाई अभिलेखीकरण तथा विश्लेषण गरी महिला हिंसाको यथार्थ अवस्था प्रस्तुत गर्न अन्वेषी कोशेढुङ्गाको रूपमा रहेको थियो र हाल पनि छ । 

Related Posts

The Digital Frontline: Online Gender-Based Violence as a Barrier to Women’s Political Participation and Democracy in Nepal

By – Manisha Neupane & Apeksha Dahal Digital harassment is

The Budget That Flatters the Middle and Forgets the Margins

Nationalism, the Rise of the Middle Class, and What Nepal’s