Newsroom

आप्रवासी श्रमिकका समस्या, सरोकारवालाको भूमिका र समाधानका उपाय विषयक अन्तरक्रिया कार्यक्रम

आप्रवासी श्रमिकका समस्या, सरोकारवालाको भूमिका र समाधानका उपाय विषयक अन्तरक्रिया कार्यक्रम

आप्रवासी महिला श्रमिकको वर्तमान अवस्थाको वारेमा सुसुचित गर्नु र वैदेशिक रोजगारीलाई सुरक्षित तथा मर्यादित बनाउन स्थानीय सरकार तथा सरोकारवालाको भूमिका लाई जिम्मेवार वनाउने उद्देश्यले चैत्र ६, २०७४ का दिन ओरेक नेपाल र गैर सरकारी संस्था महासंघ नेपालको संयुक्त आयोजनामा मोरङ्गको विराटनगरमा अन्तरक्रिया कार्यक्रम गरिएको थियोे । उक्त कार्यक्रममा गैर सरकारी संस्था महासंघ नेपाल,  प्रदेश नं १ का कार्यसमिति सहस्यहरुका साथै स्थानीय संघ संस्था, ट्रेड यूनियन लगायत तेह्थुम, इलाम, झापा र मोरङ्ग जिल्लाका २३ जना सरोकारकावा निकायका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपस्थित प्रतिनिधिहरुले आ–आफ्नो जिल्लाको वैदेशिक रोजगारको अवस्था, समस्या र न्यूनीकरण लागि वैकल्पिक उपायको बारेमा विचारहरु राखेका थिए । यसै क्रममा एमनेस्टी इन्टरनेशनलका पूर्व महासचिव श्री डिक घिमिरेले वैदेशिक रोजगारीका लागि सीपयुक्त जनशक्ति तयार गरी पठाउनुपर्ने र वैदेशिक रोजगारीमा भएका अनियमिततालाई व्यवस्थित गर्न ठोस कदन चाल्नु पर्ने भन्दै  कामदारले श्रम स्वीकृति वापत तिरेको रकम श्रमिककै हितमा लाउनुपर्ने कुरामा समेत जोड दिनुभएको थियो । यसैगरी ट्रेड यूनियनका प्रतिनिधि द्वय श्री निलम ढुङ्गेग र रमेश आचार्यले महिलाले विदेश या स्वदेश मा स्वतन्त्रपूर्वक काम गर्न पाउनुपर्ने कुरामा जोड दिँदै नेपाल सरकार र अन्य संस्थाले वैदेशिक रोजगारमा जाने संख्या धेरै भएको क्षेत्रलाइ केन्द्रमा राखेर कार्यक्रमहरु बनाउनुपर्नेमा जोड दिनुभएको थियो । यसरी नै उपस्थित सम्पूर्ण सहभागीहरुल्ो श्रमिकको हक हितको लागि काम गरिरहेका ट्रेड यूनियन र नेपाल सरकारको बिचमा आप्रवासी कामदारको हितको लागि स्पष्ट खाका र कार्यक्रम बनाउनुपर्ने, विदेशमा रहेका दुतावास र श्रम सहचारी को कामको प्रभावकारीतामा नेपाल सरकारले जोड दिनुपर्ने, स्थानीय सरकारले वैदेशिक रोजगारलाई मर्यादित र सुरक्षित बनाउनका लागि विशेष प्राथमिकताका कार्यक्रम ल्याएर श्रमिकको हितको लागि काम गर्नुपर्ने साथै स्थानीय तहमै रोजगारका अवसरहरु सृजना गर्न निर्वाचित जनप्रतिनिधिहरु संवेदनशील हुनुपर्ने कुरामा पनि जोड दिएका थिए ।  

Related Posts

The Budget That Flatters the Middle and Forgets the Margins

Nationalism, the Rise of the Middle Class, and What Nepal’s

Looking at IMRF from the ground

Sunita Mainali Women’s Rehabilitation Centre (WOREC), Nepal From 5–8 May