Newsroom

महिला फेडेरेशनका सदस्यहरुको नेतृत्व विकास तथा प्रतिवेदन लेखन, प्रस्तावनापत्र लेखन तालिम

महिला फेडेरेशनका सदस्यहरुको नेतृत्व विकास तथा प्रतिवेदन लेखन, प्रस्तावनापत्र लेखन तालिम

मोरङ्ग जिल्लामा क्रियाशील महिला फेडेरेशनका सदस्यहरुलाई परियोजना प्रस्तावना तथा प्रतिवेदन लेखन सम्वन्धि ५ दिने तालिम आयोजना गरियो । २०७६ बैशाख २६ देखी ३० गते सम्म विराटनगरमा आयोजना गरियो । जिल्ला समन्वय समितिका अधिकृत सरोज गौतम, सामाजिक विकास मन्त्रालय, प्रदेश नंं १ महिला बालबालिका महाशाखाका दुर्गा बराल, मदन भण्डारी स्मृति प्रतिष्ठानका रुद्र तामाङ्ग र ओरेक मोरङ्ग परियोजना कार्यालयका जिल्ला संयोजक लालबहादुर बि.क. दीपक, कार्यक्रम अधिकृत सरस्वती दनुवार र लेखा अधिकृत मधुमाया कटुवाल मन्जूले सहभागिहरुलाई स्थानीय निकायमा वजेट विनियोजनका चरण र प्रक्रिया, महिला अधिकार र वर्तमान कानूनी व्यवस्था, स्थानीय तहमा महिलाको मुद्धा कसरि पत्ता लगाउने , परियोजना प्रस्तावना तथा प्रतिवेदन लेखन, मानव अधिकार र वजेट निर्माणका वारेमा जानकारी गराउनु भएको थियो । यस क्रममा सहभागिहरुले प्रस्तावना लेखनको अभ्यास समेत गरेको थिए । तालिम पश्चात घर फर्किएर आफु आवद्ध महिला फेडेरेशनकालागि आगामी आ.व. २०७६÷७७ कालागि स्थानीय तहमा कार्यक्रम मागका लागि प्रस्तावना पत्र लेखेर पेश गरेका थिए । महिला फेडेरेशनका सदस्यहरु तथा प्रतिनिधि गरि यस कार्यक्रममा दलित पुरुष १, महिला ५, जनजाति पुरुष १ महिला ७, व्राम्हण, क्षेत्री पुरुष १ महिला १३, सहित पुरुष ३ र महिला २५ गरि कूल जम्मा २५ जना प्रत्यक्ष रुपमा सहभागि भएका थिए ।

Related Posts

The Digital Frontline: Online Gender-Based Violence as a Barrier to Women’s Political Participation and Democracy in Nepal

By – Manisha Neupane & Apeksha Dahal Digital harassment is

The Budget That Flatters the Middle and Forgets the Margins

Nationalism, the Rise of the Middle Class, and What Nepal’s