Newsroom

कैलालीमा बढ्दो बलात्कारका घटनाः बालिकासम्म असुरक्षित

कैलालीमा बढ्दो बलात्कारका घटनाः बालिकासम्म असुरक्षित

कैलालीमा बढ्दो बलात्कारका घटनाः बालिकासम्म असुरक्षित

धनगढी, सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा यौन हिंसा, विशेषतः बलात्कारका घटनाहरू दिनानुदिन बढ्दै गएका छन्।
महिला पुनःस्थापना केन्द्र (ओरेक) ले हालै सार्वजनिक गरेको त्रैमासिक तथ्याङ्क अनुसार अप्रिलदेखि जुन २०२५ सम्मको अवधिमा मात्रै कैलालीमा लैङ्गिक हिंसासम्बन्धी २२ वटा घटना अभिलेख गरिएका छन्। ओरेकका अनुसार तीमध्ये ३६ प्रतिशत घटना यौन हिंसासम्बन्धी छन्। यौन हिंसाभित्र पनि ६३ प्रतिशत बलात्कार, २५ प्रतिशत यौन दुव्र्यवहार तथा १२ प्रतिशत वैवाहिक बलात्कारका घटना रहेका छन्।
‎महिला तथा किशोरीहरूमाथि भइरहेका हिंसाका घटना पीडितका आफन्त, सार्वजनिक स्थान तथा विद्यालयजस्ता सुरक्षित ठानिने स्थानमै घट्न थालेको ओरेकको निष्कर्ष छ। यस्ता घटनाहरू प्रायः गाउँमै मिलापत्र गरिने, पीडितलाई दबाब दिइने र विभिन्न राजनीतिक वा आर्थिक चलखेलको कारण निष्पक्ष न्यायबाट वञ्चित गरिने अवस्था देखिएको ओरेक सुदूरपश्चिम संयोजक सपना थापाले जानकारी दिनुभयो।

विद्यालयमै प्रशिक्षकबाट बलात्कार

‎धनगढीस्थित एक विद्यालयमा अध्ययनरत १३ वर्षीया छात्रामाथि त्यही विद्यालयका तेक्वान्दो प्रशिक्षकले पटकपटक बलात्कार गरेको उजुरी ओरेकमा दर्ता भएको छ। ती प्रशिक्षकले बालिकालाई ललाईफकाई, धम्क्याई होटेल तथा खेलकुद कार्यलयमा लैजाँदै शारीरिक शोषण गरेका थिए। घटनापछि प्रमाण नष्ट गर्न बाध्य बनाउने र नुहाउनसमेत लगाउनेजस्ता क्रियाकलाप भएको ओरेकको प्रतिवेदनमा उल्लेख गरिएको छ।

बाख्रा चराउन गएकी बालिकामाथि बलात्कार

‎कैलालीकै एक गाउँमा बाख्रा चराउन गएकी १३ वर्षीया बालिकामाथि असार ७ गते दिउँसो बलात्कार भएको अर्को घटना पनि सार्वजनिक भएको छ। जंगलमा एक्लै भेटिएकी बालिकामाथि छिमेककै २३ वर्षीय युवकले मुख थुनी बलात्कार गरेर फरार भएकाे कुरा बालिकाका आफन्तहरुले असार ११ गते जानकारी पाएपछि गाउँका बुद्धिजीवी, भल्मान्साको  सयोगमा इलाका प्रहरी कार्यालय गई उजुरी दिए,  साेहि दिन इलाका प्रहरी कार्यालयले पीडकलाई समातेर जिल्ला प्रहरी कार्यालय पुर्याए पछि ओरेक र ओसिएमसिकाे सहयाेगम ०८२ असार १२ गते मुद्दा दर्ता भएकाे  ओरेक सुदूरपश्चिम संयाेजक सपना थापाले  बताउनुभयो। मुद्दा दर्ता पश्चात् अहिले घटनाबारे अनुसन्धान भईरहेकाे उहाँले बताउनु भयाे ।

‎बढ्दो घटनामा चिन्ता
‎यौन हिंसाबाट प्रभावित बालिका तथा किशोरीहरूको सुरक्षाका लागि समुदाय, अभिभावक,विद्यालय, नागरिक समाज, न्यायिक निकाय तथा राज्य सबै पक्षले आफ्नो जिम्मेवारी बोध गर्दै यस्ता घटनाहरूको समयमै उजागर गरि उचित अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई आग्रह समेत गरेको छ ।‎

कैलालीमा बढ्दो बलात्कारका घटनाः बालिकासम्म असुरक्षित

Related Posts

The Budget That Flatters the Middle and Forgets the Margins

Nationalism, the Rise of the Middle Class, and What Nepal’s

Looking at IMRF from the ground

Sunita Mainali Women’s Rehabilitation Centre (WOREC), Nepal From 5–8 May