Publications

कोभिड १९ महामारीका कारण भएको बन्दाबन्दीको समयमा लैगिंक विभेदमा आधारित हिंसाको जोखिम र रोकथामको अवस्था सर्वेक्षण

कोभिड १९ महामारीका कारण भएको बन्दाबन्दीको समयमा लैगिंक विभेदमा आधारित हिंसाको जोखिम र रोकथामको अवस्था सर्वेक्षण

  • धेरैजसो उत्तरदाताले (५६प्रशित) ले बन्दाबन्दीको समयमा लैगिंक विभेदमा आधारित हिंसा हुने सम्भावना उच्च हुने बताएका छन् ।
  • बन्दाबन्दीको समयमा महिला तथा बालिकामाथि विभिन्न प्रकारका हिंसा ः ७५ प्रतिशतले घरेलु हिंसा जस्तो शारिरीक हिंसा, गालिगलौज, ४६ प्रतिशतले बलात्कार, ३६ प्रतिशतले यौन दुव्र्यवहार, ३३ प्रतिशतले बलात्कारको प्रयास, ४९ प्रतिशतले आत्महत्या हुन सक्ने बताएका छन् ।
  • सर्वेक्षणले प्रभावितहरुका लागि बन्दाबन्दीको समयमा उजुरी गर्न असहज हुने बताएका छन् । ६४.२ प्रतिशतले घरबाट निस्कन सक्ने अवस्था नभएका कारण, ४२.२ प्रतिशतले घरबाट उजुरी गर्न असहज हुने, बताएका छन् । एक तिहाई उत्तरदातालाई घरबाटै कसरी उजुरी गर्न सकिन्छ भन्ने जानकारीको अभाव रहेको छ ।
  • केवल ३ प्रशित प्रभावितहरु सरकारले लैगिंक विभेदमा आधारित हिंसा विरुद्ध गरेका प्रयासहरुप्रति एकदमै सन्तुष्ट भएको पाईयो ।
  • महिला मानव अधिकार रक्षक, सुरक्षित आवास व्यवस्थापन समितिका सदस्य, सामुदायीक संघसंस्थाका व्यक्तिहरु सरकारले लैगिंक विभेदमा आधारित हिंसा विरुद्ध गरेको प्रयासहरुप्रति एकदमै सन्तुष्ट नभएको पाईयो ।
  • १२ प्रतिशतले लैगिंक विभेदमा आधारित हिंसा प्रभावितका लागि रहेका सेवाहरु उपलब्ध भएको बताएका छन् भने ३७ प्रतिशतले सेवाहरु प्रदान गरिएको छ तर उक्त सेवाहरु नियमित नभएको बताएका छन् ।
  • ५७.५ प्रतिशतले कुनै पनि पुर्व तयारीको कमीका कारण र  ५७.२ प्रतिशतले व्यक्तिगत सुरक्षा सामाग्रीहरुको उपलब्ध नभएका कारण सेवाहरु अवरुद्ध रहेको बताएका छन् । त्यस्तैगरि ४८.५ प्रतिशतले यस्तो अवस्थामा कसरी काम गर्ने भन्ने प्राविधिक सिप र ज्ञानको कमीका कारण सेवा अवरुद्ध भएको हुन सक्ने बताएका छन् ।

Related Posts

The Budget That Flatters the Middle and Forgets the Margins

Nationalism, the Rise of the Middle Class, and What Nepal’s

Towards Climate Justice Rooted in Gender Equality and Community Leadership

The climate crisis calls us to reimagine our relationships with