Newsroom

मधेशमा ७७ प्रतिशत साक्षर महिला माथि हिँसा ः ओरेक नेपाल

मधेशमा ७७ प्रतिशत साक्षर महिला माथि हिँसा ः ओरेक नेपाल

मधेशमा ७७ प्रतिशत साक्षर महिला माथि हिँसा ः ओरेक नेपाल

महिला पुर्नस्थापना केन्द्र(ओरेक) नेपालले मधेश प्रदेशमा ७७ प्रतिशत साक्षर महिलाहरु माथि हिँसा भईरहेको प्रेस विज्ञप्ती मार्फत जनाएको छ । ओरेकको महिला हिँसा सम्बन्धी त्रैमासिक प्रेस विज्ञप्तीमा जनाइएका अनुसार घर भित्र पनि महिलाहरु माथि हिँसा अहिले पनि भईनै रहेको जनाइएको छ । हिंसा रहित जीवन यापनका लागि तथ्यगत पैरवी गर्दै आएको ओरेकले विभिन्न सामुदायिक संस्था, महिला समुह, युवा तथा किशोरी समुहसँगको समन्वयमा महिला तथा किशोरीमाथि हुने हिंसाका घटनाहरू सङ्कलन, व्यवस्थापन तथा अभिलेखन गरी विश्लेषणात्मक प्रतिवेदन प्रकाशनलाई निरन्तरता दिदै आइरहेको विज्ञप्तीमा उल्लेख छ । जस अन्तर्गत मधेश प्रदेशका धनुषा र सर्लाही जिल्लाबाट जनवरीदेखि मार्च २०२५ सम्म अभिलेखिकरण गरिएका तथ्याङ्कलाई त्रैमासिक प्रतिवेदनको रुपमा प्रकाशन गरेको छ ।
यस समयावधिमा मधेश प्रदेशको धनुषा र सर्लाहीमा महिला हिंसा सम्बन्धी कुल ६१ वटा लैङ्गिक विभेदमा आधारित हिंसाको तथ्याङ्क अभिलेखिकरण गरिएको छ । उक्त घटनाहरुलाई विश्लेषण गर्दा सबै भन्दा बढी ५४ प्रतिशत (३३ जना) महिला घरेलु हिंसाबाट प्रभावित भएको देखिन्छ, जसमा ७७ प्रतिशत महिलाहरु साक्षर रहेका छन् । घरेलु हिंसा गर्ने आरोपितमा सबैभन्दा बढी ४९ प्रतिशत श्रीमानहरु रहेका छन् भने ७५ प्रतिशत घरेलु हिंसाका घटना मधेशी समुदायका परिवारमा भएको तथ्याङ्कले बताउँछ । महिलामाथि हुने हिंसाका घटनामा यौन हिंसा २३ प्रतिशत भएको पाइएको छ, जसमा ४४ प्रतिशत बलात्कारका घटना रहेका छन् । नेपाल प्रहरीको यस आर्थिक वर्ष सार्वजनिक वार्षिक तथ्याङ्क अनुसार पनि देशभर वार्षिक रूपमा १६ हजारभन्दा बढी महिला घरेलु हिंसाबाट प्रभावित हुने गरेका छन् । अध्ययनरत वा काम गर्ने महिलामाथि बढ्दो हिंसाले समाजमा विद्यमान पितृसत्तात्मक सोच र मानसिकतालाई उजागर गर्दछ । जसले महिलाको महिलाको स्वतन्त्रता र स्वनिर्णयलाई स्वीकार गर्न नसकेको विभेदकारी सोच प्रष्ट देखिन्छ । महिला जब आफ्नो हक र सम्मानको लागि आवाज उठाउँछन् तब उनीहरूलाई अझ बढी हिंसा, सामाजिक बहिष्कार, र चरित्रहत्या जस्ता थप दमनात्मक व्यवहारको सामना गर्नुपरेको छ।
घरेलु हिंसा, वैवाहिक बलात्कार, र सार्वजनिक रूपमा चरित्र हत्या जस्ता घटनाहरूलाई केवल व्यक्तिगत समस्याका रूपमा व्याख्या गर्नु मात्र सतही दृष्टिकोण हो; यी हिंसाहरू संरचनागत विभेद, राज्यको जबाफदेहितामा कमि, र महिलामाथिको ऐतिहासिक विभेद र नियन्त्रणको गहिरो परिणाम हो । तसर्थ जबसम्म राज्यले पीडित तथा प्रभावित मैत्री न्याय प्रणाली सुनिश्चित गर्दैन, सामाजिक सोचमा परिवर्तन हुँदैन, र महिला स्वतन्त्रताको सम्मान गरिँदैन, तबसम्म महिलाहरु असुरक्षित नै रहन्छन् । त्यसैले, हिंसामुक्त समाज निर्माणका लागि संरचना, नीति, र मानसिकता, तीनै तहमा आमूल परिवर्तन अपरिहार्य रहेको ओरेकका मधेश प्रदेश संयोजक विणा कुमारी सिँहले जारी गर्नुभएको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

मधेशमा ७७ प्रतिशत साक्षर महिला माथि हिँसा ः ओरेक नेपाल

https://smrititimes.com/post.php?post_id=1650

Related Posts

The Digital Frontline: Online Gender-Based Violence as a Barrier to Women’s Political Participation and Democracy in Nepal

By – Manisha Neupane & Apeksha Dahal Digital harassment is

The Budget That Flatters the Middle and Forgets the Margins

Nationalism, the Rise of the Middle Class, and What Nepal’s