न्यायको लागि यौन तथा प्रजनन् अधिकार (SERIJ)

परिचय

व्यक्तिको स्वतन्त्र निर्णय, पहिचान र सम्मानको सुनिश्चितता स्वस्थ जीवनको अनिवार्य सर्त हो। यौन तथा प्रजनन् अधिकार व्यक्तिको मानव अधिकार हो। नेपालको संविधानमा यौन तथा प्रजनन् स्वास्थ्य अधिकारलाई मौलिक हकको रुपमा राखिएको छ । त्यसैगरी अन्तर्राष्ट्रिय कानुनको साथै नेपालको राष्ट्रिय कानुन र नीतिले पनि यी अन्तर्गतका अधिकारहरुलाई मानव अधिकारको रुपमा मान्यता दिएको छ । कुनैपनि व्यक्तिले पूर्ण यौन तथा प्रजनन् स्वास्थ्य अधिकार प्राप्तिका लागि जीवनमा सबै प्रकारको विभेदबाट मुक्त भई आफ्नो शरीरका सम्बन्धमा स्वः निर्णय गर्न सक्ने अवस्था हुन पर्दछ । तर हाम्रो समाजमा त्यस्तो छैन । महिलाहरु विभेदीत छन्। समाजमा रहेका विभेदपूर्ण मूल्य मान्यताहरुले महिलालाई दोस्रो दर्जाको नागरिकको रुपमा राख्ने एवं निरन्तरता दिने काम गरिरहेका छन्। सामाजिक लैङ्गिक विभेदको आधारमा महिलाहरू शारीरिक, मानसिक, सामाजिक, यौनिक तथा आर्थिक रूपले विभिन्न किसिमका हिंसा, लाञ्छना र पीडा सहन बाध्य छन्। यसले उनीहरुको यौनिकता, यौन व्यवहारमा प्रभाब पारेको छ । यौन र यौनिकता सम्बन्धी लिइने निर्णयहरु प्रभावित भएका छन्, उनीहरुमाथि विभिन्न खालका यौन हिंसाहरु भएका छन् र स्वास्थ्यमा बहुपक्षीय असर परेको छ ।

ard155

ard155.pdf 341.1 KB
Download
Back to Top