विपद्को समयमा महिला तथा किशोरी माथि पर्ने प्रभाव र प्रभावित मैत्री प्रतिकार्य प्रणालि

विपद् भन्नाले के बुझिन्छ ?
विपद् भन्नाले कुनै स्थानमा आपत्कालिन अवस्था सिर्जना भई जन वा धनको क्षतिको साथै जीवनयापन र वातावरणमा प्रतिकूल असर पर्ने प्राकृतिक वा मानव निर्मित संकट सम्झनु पर्छ । उक्त घटनाहरुले ठुलो संख्यामा व्यक्तिको स्वास्थ्य, सुरक्षा, सम्मान र जीवनमा असर पु¥याउँदछ । नेपाल विभिन्न किसिमका विपद्हरु जस्तै भूकम्प, बाढी, पहिरो, आगलागी, खडेरीको उच्च जोखिम भएको देश हो। यसैगरी नेपाल विश्वको जलवायू परिवर्तनको जोखिमको हिसाबले चौथो स्थानमा, भूकम्पमा ११ औं, र बाढीमा ३० औं स्थानमा पर्दछ । नेपालको सन्दर्भमा महिला, बालबालिका तथा सिमान्तकृत समुदायले लिङ्ग, वर्ग, भाषा, धर्म, भौगोलिक विविधता, समुदाय, यौनिक अभिमुखिकरण आदिको आधारमा बहु– आयामिक विभेद भोगिरहेका छन्। विपद्को समयमा यस्ता संरचानात्मक विभेदहरु झनै फराकिलो बन्दै जान्छ र महिला, बालबालिका तथा सिमान्तकृत समुदायका व्यक्तिहरु अझ जोखिममा पर्दछन्।

Disaster Brief_IEC_WOREC_oct_opt_2_new_logo.pdf

Back to Top