Newsroom

प्रदेश स्तरीय महिला सुरक्षा आवास निर्माण, मनोविमर्श केन्द्र सञ्चालनमा स्थानीय र प्रदेश सरकारको जवाफदेहिता विषयक अन्तरक्रिया कार्यक्रम

प्रदेश स्तरीय महिला सुरक्षा आवास निर्माण, मनोविमर्श केन्द्र सञ्चालनमा स्थानीय र प्रदेश सरकारको जवाफदेहिता विषयक अन्तरक्रिया कार्यक्रम

महिला हिंसाबाट प्रभावित तथा जोखिममा रहेका महिलाहरुलाई आधारभुत सेवा सहितको सुरक्षित आवास सञ्चालन गर्न तथा मनोविमर्श केन्द्रको आवश्यक्ताको बारेमा सरकार तथा सरोकारवालाहरुलाई ध्यानाकर्षण गराउने उद्देश्यले प्रदेश स्तरीय महिला सुरक्षा आवास निर्माण, मनोविमर्श केन्द्र सञ्चालनमा स्थानीय र प्रदेश सरकारको जवाफदेहिता विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा महिलामाथि हुने हिंसालाई बाहिर ल्याउँदा महिलाहरुले थप जोखिम तथा चुनौतीको सामना गर्नुपर्दछ  । यो समयमा महिलालाई मनोसामाजिक परामर्श मार्फत मानसिक समस्याको निराकरण गर्नुका साथै सशक्त बनाउने सहयोगी वातावरणका निर्माण गर्न ओरेक धनुषाले लामो समयदेखि सुरक्षा आवास केन्द्र सञ्चालन गर्दै आएका छ । अब नयाँ संरचना अनुसार तीन तहको सरकार रहेको बेला तथा प्रदेश नं २ को अस्थायी राजधानी जनकपुर भएको समयमा प्रदेश सरकारले हिंसा प्रभावित महिलाको लागि प्रदेश स्तरिय सुरक्षित आवास स्थापना गर्नुपर्ने आवश्यक्ता रहेको विषयमा छलफल गरिएको थियो । 
कार्यक्रममा बोल्दै स्थानीय विकास मन्त्री नवल किशोर शाहले “ओरेक नेपालले उपयुक्त समयमा कार्यक्रम संचालन गरेकोमा धन्यवाद दिँदै यसलाई योजना लैजाने र प्रदेश स्तरीय सुरक्षा आवास सञ्चालनको लागि पहल गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।”
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग, लैंगिक हिंसा नियन्त्रण जिल्ला सञ्जाल, सपोर्ट नेपाल, महिला मानव रक्षक सञ्जाल, महिला समुह ,युवा समुह, तथा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरु सहित ५५ जनाको उपस्थिती रहेको थियो । 

Related Posts

The Digital Frontline: Online Gender-Based Violence as a Barrier to Women’s Political Participation and Democracy in Nepal

By – Manisha Neupane & Apeksha Dahal Digital harassment is

The Budget That Flatters the Middle and Forgets the Margins

Nationalism, the Rise of the Middle Class, and What Nepal’s