Newsroom

लैङ्गिक समानता नीति तयारीका लागि कार्यशाला सम्पन्न

लैङ्गिक समानता नीति तयारीका लागि कार्यशाला सम्पन्न

ओरेकले पालिकाहरुको समन्वयमा धनुषाको मिथिला नगरपालिका, सुनसरीको दुहवी र मोरङ्गको कानेपोखरीमा लैङ्गिक समानता नीति तयारीका लागि कार्याशालाको आयोजना गरेको थियो । लैङ्गिक विभेदको अन्त्य गर्दै सबैका लागि सामाजिक न्याय सुनिश्चित गर्ने कार्यशालाको प्रमुख उद्देश्य रहेको थियो ।
कार्याशालामा लैङ्गिक समानता, सामाजिक न्याय, मानव अधिकारका विषयहरुमा छलफल गर्दै, संविधानतः सुनिश्चित भएका व्यक्तिको मौलिक हकहरु विशेषगरी संविधानले सुनिश्चित गरेको समानताका हक (धारा १८) र सामाजिक न्यायको हक (धारा ४२) को स्थानीय तहमा कार्यान्वयका लागि के कस्ता रणनीति तथा कार्यक्रमहरु हुनु जरुरी छ भन्ने विषयमा छलफल गरिएको थियो । 
कार्यक्रममा दुहवी नगरपालिका उपप्रमुख सुनिता दाहालसाहले “ लैङ्गिक विभेदमा आधारित हिंसा अन्त्यका लागि सचेतना अभियान सञ्चालन गर्ने, ३ वर्षमा पालिकालाई लैङ्गिक हिंसा मुक्त पालिका घोषणा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । बालविवाह तथा लैङ्गिक विभेदमा आधारित हिंसाको अन्त्यका लागि युवा तथा धार्मिक अगुवाहरुसँग सहकार्य गरि कार्य गर्ने, हिंसा प्रभावितहरुका लागि पालिकामा छुट्टै परामर्श केन्द्रको स्थापनागरी मनोपरामर्श सेवा प्रदान गर्ने, लैङ्गिक हिंसा निवारण कोष स्थापना गर्ने, समाजमा विभेद, शोषण सिर्जना गर्ने सामाजिक मूल्य मान्यता परिवर्तन गर्ने किसिमका अभियानहरु, महिलाहरुको आर्थिक सशक्तिकरण प्रवद्र्धन गर्ने योजनाहरु तयार गरिएको जानकारी दिनुभएको थियो ।”
लैङ्गिक विभेदमा आधारित हिंसा अन्त्यका लागि मिथिला नगरापालिकामा प्रचलनमा रहेको हानिकारक परम्परागत अभ्यासहरु विरुद्ध सचेतना अभियान सञ्चालन गर्ने, अबको ३ वर्षमा पालिकालाई लैङ्गिक हिंसा मुक्त पालिकाको रुपमा घोषणा गर्ने गरि कार्य गर्ने, बालविवाह, तथा लैङ्गिक विभेदमा आधारित हिंसाको अन्त्यका लागि युवा, आमा समुह तथा समुदायमा रहेका सामुदायिक संघसंस्थाहरुसँग सहकार्य गरि कार्य गर्ने, हिंसा प्रभावितहरुका लागि सहयोगी संयन्त्रहरु ः मनोपरामर्श केन्द्रको स्थापना, सुरक्षित आवासको स्थापना लगायत अन्य आवश्यक सहयोगहरु गर्ने, महिलाहरुको आर्थिक सशक्तिकरण प्रवद्र्धन गर्ने कार्यक्रमहरु निर्माण गर्ने योजनाहरु तयार गरेको छ । पालिकाले तयार गरेका यी योजनाहरुलाई लैङ्गिक समानता नीतिमा समावेश गरी कार्यान्वयनका लागि बजेट बिनियोजन गर्ने प्रतिबद्धता कार्याशालामा उपस्थित वडाअध्यक्षहरु तथा उपप्रमुखले गर्नुभएको थियो । 
कार्यशालामा मिथिला नगरपालिकाका उपप्रमुख, कार्यपालिका सदस्य, वडाअध्यक्ष तथा वडा सदस्यहरु, पालिकाका महिला विकास, योजना, स्वास्थ्य तथा शिक्षा शाखाका प्रमुख तथा प्रतिनिधीहरु, लगायत महिला अधिकारकर्मीहरु गरी ११० जनाको सहभागीता रहेको थियो । 
यसैगरी कैलालीको धनगढीमा ओरेकको आयोजना तथा गौरीगंगा र घोडाघोडी नगरपालिकाको समन्वय तथा सिन्धुली जिल्लामा कमलामाई नगरपालिका  र दुधौलि नगरपालिकाको आयोजनामा न्यायिक समिति तथा स्थानीय जनप्रतिनिधिका लागि लैङ्गिक समानता र सामाजिक न्याय विषयक तीन दिने तालिम प्रदान गरिएको थियो । तालिममा न्यायिक समितिका संयोजक, कार्यपालिकाका सदस्य, वडा अध्क्षय, वडा सदस्य र सामाजिक विकास शाखाका कर्मचारी गरी ६० जनाको सहभागिता रहेको थियो । 

Related Posts

The Digital Frontline: Online Gender-Based Violence as a Barrier to Women’s Political Participation and Democracy in Nepal

By – Manisha Neupane & Apeksha Dahal Digital harassment is

The Budget That Flatters the Middle and Forgets the Margins

Nationalism, the Rise of the Middle Class, and What Nepal’s