Newsroom

बाल विबाह तथा दहेज विरुद्ध पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम

बाल विबाह तथा दहेज विरुद्ध पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम

ओरेक नेपाल सिरहाको आयोजनामा सामाजिक मुल्य मान्यतामा आधारित हानिकारक परम्परागत अभ्यास अन्तरगत बाल विबाह तथा दहेज विरुद्ध पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम १२ मंसिरमा सम्पन्न भएको छ ।

समानताको पुस्ता, बलात्कार विरुद्धको एक्यबद्धता नाराका साथ २८ अन्तर्राष्ट्रिय १६ दिने महिला हिंसा विरुद्धको अभियानको अवसरमा उक्त कार्यक्रम गरेको हो । परियोजना कार्यालय सिरहाकी कार्यक्रम संयोजक ज्याति तिवारीको अध्यक्षमा आयोजना भएको कार्यक्रममा प्रमुख अतिथि विष्णुपुर गाउँपालिकाकी उपाध्यक्ष अरहुला देवी सिंहले गर्नुभएको थियो । ५ वटै वडाका वडा अध्यक्ष, सदस्यहरुको उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा महिला निगरानी संजाल, स्थानिय लगायत ५१ जनाको उपस्थिति रहेको थियो .

प्रमुख अतिथि सिंहले भन्नुभयो, “बाल विबाह, दहेज, बहुबिवाह, बोक्सीको आरोपका घटनाहुले महिलाहरुलाई निकै समस्यामा पारेको छ । त्यसको लागि न्यायिक समितिबाट न्याय दिने काम गरिरहेको छ । यसका लागि ओरेक नेपालले गठन गरेको ५ वटै वडामा महिला हिंसा निगरानी संजाल मार्फत सचेतनामुलक अभियान संचालनका लागि अगामी आ.व. का लागि २ लाख ५० हजार बजेट छुट्याई सँगै अभियानमा हुने प्रतिवद्धता जनाउँछु।”

त्यस्तै बालबिबाह तथा दहेजलाई न्यूनिकरण गर्नका लागि शिक्षामा जोड दिनुका साथै आफ्नो मानसिकता परिवर्तन गरी आ आफ्नै घरबाट अभियानको थालनी गर्नु पर्ने विष्णुपुर गाउँपालिकाका वडा नं.  १ को वडा अध्यक्ष गोविन्द यादवले बताउनुभयो ।  उक्त अन्तरक्रिया कार्यक्रम ओरेक नेपाल सिरहाकी कार्यक्रम अधिकृत देवकुमारी महराले संचालन गर्नुभएको थियो ।

Related Posts

The Digital Frontline: Online Gender-Based Violence as a Barrier to Women’s Political Participation and Democracy in Nepal

By – Manisha Neupane & Apeksha Dahal Digital harassment is

The Budget That Flatters the Middle and Forgets the Margins

Nationalism, the Rise of the Middle Class, and What Nepal’s