Newsroom

बाल विबाह तथा दहेज विरुद्ध पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम

बाल विबाह तथा दहेज विरुद्ध पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम

लहान १२ मंसिर ।
ओरेक नेपाल सिरहाको आयोजनामा सामाजिक मुल्यमान्यतामा आधारित हानिकारक परम्परागत अभ्यास अन्तरगत बाल विबाह तथा दहेज विरुद्ध पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
समानताको पुस्ता, बलात्कार विरुद्धको एक्यबद्धता नाराका साथ २८ अन्तराष्ट्रिय १६ दिने महिला हिंसा विरुद्धको अभियान २०१९ को अवसरमा उक्त कार्यक्रम गरेको हो । परियोजना कार्यालय सिरहाकी कार्यक्रम संयोजक ज्याति तिवारीको अध्यक्षमा आयोजना भएको कार्यक्रममा प्रमुख अतिति विष्णुपुर गाउँपालिकाकी उपाध्यक्ष अरहुला देवी सिंहले रहेकी थिइन् । ५ वटै वडाका वडा अध्यक्ष, सदस्यहरुको उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा महिला निगरानी संजाल, स्थानिय लगायत ५१ जनाको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि सिंहले “बाल विबाह, दहेज, बहुबिवाह, बोक्सीको आरोपका घटनाहरुले महिलाहरुलाई निकै समस्यामा पारेको छ । त्यसको लागि न्यायिक समितिबाट न्याय दिने काम गरिरहेको छ । यसका लागि ओरेक नेपालले गठन गरेको ५ वटै वडामा महिला हिंसा निगरानी संजाल मार्फत सचेतना मूलक अभियान संचालनका लागि अगामी आ.व. का लागि २ लाख ५० हजार वजेट छुट्याई सँगै अभियानमा हुने प्रतिवद्धता जनाएकी छिन् ।”
त्यस्तै बालबिबाह तथा दहेजलाई न्युनिकरण गर्नका लागि शिक्षामा जोड दिनुका साथै आफ्नो मानसिकता परिवर्तन गरी आ आफ्नै घरबाट अभियानको थालनी गर्नु पर्ने विष्णुपुर गाउँपालिकाका वडा नं. १ को वडा अध्यक्ष गोविन्द यादवले बताए । उक्त अन्तरक्रिया कार्यक्रम ओरेक नेपाल सिरहाकी कार्यक्रम अधिकृत देवकुमारी महराले संचालन गरेकी थिइन् ।

Related Posts

The Budget That Flatters the Middle and Forgets the Margins

Nationalism, the Rise of the Middle Class, and What Nepal’s

Looking at IMRF from the ground

Sunita Mainali Women’s Rehabilitation Centre (WOREC), Nepal From 5–8 May