Newsroom

बैदेशिक रोजगारमा गएका परिवारिक समस्या विषयक सरोकारवालाहरुबीच जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न

बैदेशिक रोजगारमा गएका परिवारिक समस्या विषयक सरोकारवालाहरुबीच जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न

ओरेक नेपाल र मुक्ति नेपाल गोलबजारको संयुक्त आयोजनामा बैदेशिक रोजगारमा गएका परिवारिक समस्या विषयक सरोकारवालाहरुबीच जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रम पुष २ मा अतिथि सदन गोलवजारमा सम्पन्न भएको छ ।
“सीप र रोजगार ः आर्थिक समृद्धिको आधार” नाराका साथ अन्तराष्ट्रिय अप्रवासी कामदार दिवस २०१९ को अवसरमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा ओरेक नेपाल परियोजना कार्यालय सिरहाकी परियोजना संयोजक ज्योती तिवारीले गर्नुभएको थियो भने जिल्ला समन्वय समिति सिरहाको सभापति राम चन्द्र ठाकुरको प्रमुख आतिथि रहनु भएको थियो । कार्यक्रममा धनगडीमाई नपाको प्रमुख हरिनारायण चौधरी, गोलबजार नपाकी उपप्रमुख रेसम थापा, कर्जन्हा नपाकी उपप्रमुख ज्ञानु श्रेष्ठ, नरहा गापा वडा नं.१ वडा अध्यक्ष गोपी सिंह, महिला मानव अधिकारकर्मी, बैदेशिक रोजगारमा रहेको श्रीमानको श्रीमती, आमाहरु लगायत १ सय १४ जनाको उपस्थिति रहेको थियो । ओरेक नेपालकी कार्यक्रम अधिकृत देवकुमारी महराले संचालन गर्नुभएको कार्यक्रममा मुक्ति नेपालको जिल्ला संयोजक अशोक कामतीले बैदेशिक रोजगारीमा गएकाहरुको अवस्थालाई चित्रण गर्दै आधार पत्र प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिले भन्नुभयो नारी सहनशिल हुन्छ तर सिमा नाघ्यो भने दुर्गा पनि बन्छिन् । श्रीमान बैदेशिक रोजगारीमा गएका सबै महिला खराब हुँदैन् तर सबै सही नै हो भन्न सकिदैन् । उहाँले जोड्दै भन्नु भयो ८० प्रतिशत भन्दा बढी रकम दुरुपयोग भइरहेको छ । त्यसैले ६० डिग्रीमा काम गर्ने श्रीमानको परिश्रमलाई सम्मान गर्ने काम श्रीमती बाहेक अरु कसैले गर्न सक्दैन् ।
यस अघि सिरहा नपा १६ को माडर र विष्णुपुर गाउँपालिकामा कार्यक्रम सम्पन्न भइसकेको छ ।

Related Posts

The Digital Frontline: Online Gender-Based Violence as a Barrier to Women’s Political Participation and Democracy in Nepal

By – Manisha Neupane & Apeksha Dahal Digital harassment is

The Budget That Flatters the Middle and Forgets the Margins

Nationalism, the Rise of the Middle Class, and What Nepal’s