Newsroom

महिला स्वास्थ्य मेला

महिला स्वास्थ्य मेला

कानेपोखरी गाउँपालिका र महिला पुनस्र्थापना केन्द्र (ओरेक नेपाल) को सहकार्य तथा बिराट मेडिकल कलेज एण्ड टिचिङ्ग अस्पतालको प्राविधिक सहयोगमा आयोजित निशुल्क एकिकृत महिला स्वास्थ्य र स्व ःहेरचाह मेला तथा स्वास्थ्य जाँच शिविर कानेपोखरी गाउँपालिका वडा न २ केरौन वडा कार्यलयमा मिति २०७६ साल जेष्ठ ३१ र ३२ संचालन गरिएको थियो । विशेष गरि (१) यौन तथा प्रजनन र मानसिक स्वास्थ्यसँग सम्बन्धित अधिकार नीति र कानुन सम्बन्धि सुचना प्रवाह गर्ने   (२) यौन तथा प्रजनन स्वास्थ्य समस्या (पाठेघर खसेको, यौन अंग चिलाउने, सेतो पानि बग्ने, पिसाब चुहिने आदि) को स्क्रिनिङ्ग, व्यवस्थापन तथा उपचार गर्ने  मुख्य उद्धेश्य सहित आयोजना गरिएको निशुल्क एकिकृत महिला स्वास्थ्य र स्व ःहेरचाह मेला तथा स्वास्थ्य जाँच शिविरमा निम्न कार्यक्रमहरु संचालन गरिएको थियो  ।
महिला पुनस्र्थापना केन्द्र(ओरेक नेपाल) बाट प्रकाशित प्रकाशन तथा वृत्तचित्रको प्रर्दशनी 

निशुल्क एकिकृत महिला स्वास्थ्य र स्वः हेरचाह मेला तथा स्वास्थ्य जाँच शिविरमा समुदायका मानिसहरुलाई सचेतना गराउनको लागि महिला पुनस्र्थापना केन्द्र (ओरेक नेपाल)बाट प्रकाशित प्रकाशन वितरण समेत गरिएको थियो । 
महिला हिंसा, स्वास्थ्य र जडिबुटिको उपयोगिताबारे अभिमुखिकरण ः
एकिकृत स्वास्थ्य मेलाको दुई दिनसम्म मेलाका सहभागिहरुलाई लिङ्ग, लैङ्गिकता, महिला र पुरुषको बिचमा भएको प्राकृतिक तथा सामाजिक भिन्नता, लिङ्गको आधारमा गरिएको कार्यविभाजन, जसले सृजना गरेको लैङ्गिक विभेद र महिला हिंसाको अवस्था र यसबाट सृजना भएको महिलाको स्वास्थ्य समस्याको बारेमा अभिमुखिकरण दिईएको थियो । यसको सँगसगै स्थानिय स्तरमा उपलब्ध हुने जडिबुटिको प्रयोगबाट पनि घरमा नै कसरी सामान्य खालको स्वास्थ्य समस्यालाई सामाधान गर्न सकिन्छ भन्ने विषयमा अभिमुखिकरण दिईएको थियो। उपस्थित महिलाहरुले जडिबुटिको उपयोगितको बारे जिज्ञासु भएर जानकारी लिनुभएको थियो र आगामी दिनमा जडिबुटिको प्रयोग गर्ने समेत ब्यक्त गर्नुभएको थियो । 
 स्वास्थ्य जाँच तथा औषधी वितरण
स्वास्थ्य तथा स्वहेरचाह मेलामा मोरङ्ग जिल्लाका कानेपोखरी गाउँपालिका ,वडा न २,१,४,५,६  कुल १५७  जनाले स्वास्थ्य जाँच गराउनुभएको थियो ।  पाठेघरको मुखको जाँच पनि १६ जनाले गर्नु भएको थियो । यसै अवसरमा विराट मेडिकल कलेजले भिडियो एक्सरेको सेवा समेत दिएको थियो । 

Related Posts

The Digital Frontline: Online Gender-Based Violence as a Barrier to Women’s Political Participation and Democracy in Nepal

By – Manisha Neupane & Apeksha Dahal Digital harassment is

The Budget That Flatters the Middle and Forgets the Margins

Nationalism, the Rise of the Middle Class, and What Nepal’s