Newsroom

महिला हिंसाको न्यूनिकरणकालागि न्यायिक समितिको भूमिका विषयक संवाद कार्यक्रम

महिला हिंसाको न्यूनिकरणकालागि न्यायिक समितिको भूमिका विषयक संवाद कार्यक्रम

ओरेक नेपाल र रंगेली न.पा वडा न ः २ को सहकार्यमा वडा अध्यक्ष , वडा सदस्य र वडाको अगुवा महिलाहरुको उपस्थितीमा महिला हिंसाको न्यूनिकरणकालागि न्यायिक समितिको भूमिका विषयक संवाद कार्यक्रम सम्पन्न भएको छ । कुनै पनि महिलाले हिंसा भोग्नु परेको अवस्थामा सामाजिक लोकलाज, पीडकको डर धम्की, असुरक्षा, आर्थिक अभावका कारण हिंसा सहेर वस्नु पर्ने अवस्थालाई वर्तमान कानूनी संरचनाले केही हद सम्म स्थानीय तहमा न्यायिक समिति र मेलमिलाप केन्द्र स्थापना गरेर अन्त्य गर्ने सरहनीय कार्य गरेको छ । यसै सन्दर्भमा नयाँ कानून आएको अवस्था, न्यायिक समिति सदस्यहरु आफैलाई न्यायिक समितिको भूमिकाको वारेमा प्रष्ट हुन जरुरी भएकाले साथै महिलाका मुद्धालाई छिटो छरितो तरिकाले न्यायको वास्तविक अनुभूति गराउन सहज भएको छ । सामान्यतया नेपालको न्यायिक प्रक्रियागत हिसावले लामो र झन्झिटिलो भएका कारण हिंसा प्रभावित महिलाहरुले चाहेर पनि न्यायिक प्रक्रियामा जान नसकिरेको सन्दर्भमा स्थानीय तहमा जनप्रतिनिधिहरुको निर्वाचन भई सकेपछि, मेलमिलाप केन्द्र मार्फत सामाजिक न्याय र मिलापका साथै र न्यायिक समितिका कारण धेरै हद सम्म छिटो र प्रभावकारी न्याय पाउने क्रम वढेको छ । संगसगै व्यवहारिक हिसावले महिलाको पक्षमा सजिलो भएता पनि मेलमिलाप तथा न्यायिक समितिमा रहेका सदस्यहरुको पछिल्लो पटक परिवर्तन भएको देवानी तथा फौजदारी संहिता २०७४ र अन्य विभिन्न कानूनी नीति निर्देशन समय सापेक्षरुपले जानकारी हासिल नहँुदा हुन सक्ने कानूनी जोखिम, विभिन्न हदम्याद आदिका कारण न्यायका आशा राखेर आउने प्रभावितहरुको पक्षमा संभावित अप्ठ्याराहरुलाई मध्ये नजर राखेर कार्य क्षेत्रका विभिन्न पालिकाहरुका मेलमिलाप केन्द तथा न्यायिक समितिका सदस्यहरुलाई महिला हिंसाका घटनालाई सामन्य ढंगले लिई रहेको सन्दर्भमा यसलाई बेवास्ता गरेको कारणले ठुलो दुर्घटना ÷ अपराध निम्त्याउन सक्ने रहेछ भन्ने बिषयमा छलफल भएको थियो । यस संवाद कार्यक्रमका कारण जनप्रतिनिधिहरु खास गरि न्यायिक समितका सदस्यहरु र अन्य सरोकारवाला महिलाहरुको सक्रिय सहभागिता रहेको  थियो । 

Related Posts

The Digital Frontline: Online Gender-Based Violence as a Barrier to Women’s Political Participation and Democracy in Nepal

By – Manisha Neupane & Apeksha Dahal Digital harassment is

The Budget That Flatters the Middle and Forgets the Margins

Nationalism, the Rise of the Middle Class, and What Nepal’s