Newsroom

महिला हिंसा विरुद्धको बर्ष पुस्तक “अन्वेषी” लोकार्पण

महिला हिंसा विरुद्धको बर्ष पुस्तक “अन्वेषी” लोकार्पण

महिला हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा नोभेम्बर २५, २०१८ मा महिला हिंसा विरुद्धको वर्ष पुस्तक “अन्वेषी” २०७५ को लोकार्पण राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा, नेपाल प्रहरीका एआइजी ठूले राई, संस्थाका कार्यकारी सदस्य दुर्गा कार्कीद्वारा गरिएको थियो । ओरेक नेपालले सन २००८ देखि नै देशभरबाट महिला माथि हुने हिंसाका घटनाहरुको अभिलेखिकरण गरि महिला हिंसा विरुद्धका वर्ष पुस्तक “अन्वेषी” महिला हिंसा विरुद्धको दिवस २५ नोभेम्बर को दिन हरेक वर्ष प्रकाशन गर्दै आएको छ । अन्वेषीमा जुलाई २०१७ देखि जुन २०१८ सम्म ओरेक नेपालमा अभिलेखीकरण  गरिएका १७४१ महिला हिंसाका तथ्याँकहरुलाई विस्तृत रुपमा विश्लेषण गरिएको छ । 
कार्यक्रममा ओरेकका वरिष्ठ कार्यक्रम संयोजक सबिता पोखरेलले महिला हिंसाको वर्तमान अवस्थालाई अन्वेषीले उजागर गरेको बताउँदै कञ्चरपुरको निर्मला हत्याकण्ड र गोदााचौरको सामूहिक घटनाले कानून कार्यान्वयन र महिलाको न्याय पहुँचमा रहेको चुनौति प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा बोल्दै मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले स्थानीय निर्वाचनसँगै स्थानीय स्तरमा नै महिला जनप्रतिनीधिको संख्या उल्लेख्य रहेको र जनप्रतिनीधीले समुदायस्तरदेखि महिलाको मानव अधिकार सुनिश्चितताका लागि कार्य गरेमा देश हिंसा मुक्त हुने वातावरण तयार हुने र महिलाको न्यायमा पहुँच सुनिश्चितताका लागि राष्ट्रिय मानव अधिकार आयोग, प्रहरी र ओरेकजस्तो संघसंस्थाको संयुक्त सञ्जाल बनाएर हिंसाका घटनाहरुको सत्य तथ्य अनुगमन र न्यायका लागि कार्य गर्न सुझाव दिनुभएको थियो । कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार तथा मानव अधिकारका सवालमा क्रियाशिल महिला मानव अधिकार रक्षकहरु÷अधिकारकर्मी गरी ८० भन्दा बढीको सहभागिता रहेको थियो ।

Related Posts

The Digital Frontline: Online Gender-Based Violence as a Barrier to Women’s Political Participation and Democracy in Nepal

By – Manisha Neupane & Apeksha Dahal Digital harassment is

The Budget That Flatters the Middle and Forgets the Margins

Nationalism, the Rise of the Middle Class, and What Nepal’s