Newsroom

युवा पैरवी तालिम

युवा पैरवी तालिम

महिला अधिकारको सुनिश्चितताका लागि नेतृत्व विकास गर्दै पैरवी सम्बन्धी अवधारणागत स्पष्टता, पैरवी सीप तथा दक्षता अभिबृद्धि गर्ने उद्देश्यले नोभेम्बर २७ देखि डिसेम्बर १ सम्म काठमाडौंमा ५ दिने युवा महिला तथा किशोरीहरुको लागि युवा पैरवी तालिम आयोजना गरिएको थियो । समाजमा भएका हानिकारक परम्परागत अभ्यासहरुलाई न्यूनीकरणका लागि युवा तथा किशोरीहरुबाट नै पहल गरी उनीहरुकै नेतृत्वमा समाजमा रहेका विभेदपूर्ण व्यवहारहरु अन्त्य गर्ने लक्ष्य सो तालिमको रहेको थियो । तालिममा सिन्धुली, सुनसरी, बर्दिया र कैलाली जिल्लाहरुका २४ जना युवा तथा किशोरी महिलाहरुको उपस्थिती रहेको थियो ।  
तालिममा लैंगिक विभेदमा आधारित हिंसाको अवधारणागत स्पष्टता गराउनुका साथै लैंगिक विभेदमा आधारित हिंसाका जरो कारक तत्व पत्ता लगाई अबका दिनहरुमा पैरवी गर्नुपर्ने विशेष मुद्धाहरुको पहिचान गर्नमा युवा तथा किशोरीहरुलाई सहजीकरण गरिएको थियो । यस्तै, वर्तमान अवस्थामा बनेका कानूनी व्यवस्थाहरुको बारेमा सूसुचित गराई युवा तथा किशोरीहरुको पैरवीमूलक कार्ययोजना निर्माणका लागि यस ताािलमले विशेष सघाउ पु¥याएको थियो । तालिममा युवा तथा किशोरी महिलाहरुले आ आफ्नो जिल्लाका मुद्धाहरुलाई पहिचान गरी पैरवीको मस्यौदा कार्ययोजना तयार गरेका थिए ।

लैङ्गिक विभेदमा आधारित हिंसा र मानव अधिकार विषयक ५ दिने तालिम सम्पन्न
नेपाल प्रहरी भित्रका कर्मचारीहरुको लैङ्गिक विभेदमा आधारित हिंसाका सम्बन्धमा अवधारणागत स्पष्टता गराई लैङ्गिक संवेदनशील प्रहरी अनुसन्धान तथा प्रभावितहरुको न्यायका लागि सहज वातावरण निर्माण गर्ने उद्देश्यले उदयपुर, ओखलढुङ्गा र सिन्धुली जिल्लामा गएको ६ महिनामा ६ वटा तालिममा जम्मा १४४ जना प्रहरीहरुलाई लैङ्गिक विभेदमा आधारित हिंसा र मानवअधिकार विषयक तालिम प्रदान गरिएको थियो । तालिम नेपाल प्रहरीहरु विशेष गरी महिला तथा वालवालिका सेवा केन्द्र हेर्ने महिला प्रहरी, अनुसन्धान शाखामा कार्यरत, मुद्धा फाँट, एकद्वार संकट व्यवस्थापन केन्द्र तथा विशेषगरी लैंगिक हिंसा सम्बोधनमा प्रत्यक्ष रुपमा सहभागी हुने प्रहरी कर्मचारीहरुलाई लक्षित गरी आयोजना गरिएको थियो । तालिममा नेपाल प्रहरी भित्र भएका लैङ्गिक नीति तथा लैङ्गिक हिंसा सम्बोधनमा प्रहरीको भूमिका तथा जिम्मेवारी, लैङ्गिक संवेदनशील प्रहरी अनुसन्धान जस्ता विषयमा प्रहरी कर्मचारीहरुद्वारा नै प्रशिक्षण गरिएको थियो । तालिममा विशेषगरी लैङ्गिक हिंसाको अवधारणागत स्पष्टता, लैङ्गिक हिंसा संबोधनका लागि भएका राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिवद्धताहरु, सन्धि र महासन्धिहरु, लैङ्गिक हिंसा विरुद्ध भएका कानूनी व्यवस्थाका बारेमा जानकारी दिनुका साथै लैङ्गिक विभेदमा आधारित हिंसा न्यूनीकरणका उपायहरु, लैङ्गिक विभेदमा आधारित हिंसाका घटनाहरुलाई मानव अधिकारबादी दृष्टिकोणबाट व्याख्या विश्लेषण गर्न तथा हिंसाका घटनाहरुमा प्रभावित मैत्री वातावरण तयार गर्न प्रहरीहरुलाई ज्ञान, सीप समेत प्रदान गरेको थियो ।

Related Posts

The Digital Frontline: Online Gender-Based Violence as a Barrier to Women’s Political Participation and Democracy in Nepal

By – Manisha Neupane & Apeksha Dahal Digital harassment is

The Budget That Flatters the Middle and Forgets the Margins

Nationalism, the Rise of the Middle Class, and What Nepal’s