Newsroom

१०९ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित कार्यक्रम

१०९ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित कार्यक्रम

लैङ्गिक समानताका लागि समान सोच र व्यवहार ः समृद्धिको आधार भन्ने राष्ट्रिय नारा सहित यस वर्ष मार्च ८ का दिन १०९ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसमा ओरेकले कार्यरत जिल्लाहरुमा विविध कार्यक्रमहरुको आयोजना गरी सम्पन्न गरेको छ । संघसंस्थाहरुसँगको समन्वयमा “समृद्धिको आधार ः महिलाको पहिचान, मूल्य सहितको काम र सम्मान” भन्ने नाराका साथ ¥याली कार्यक्रममा सहभागिता समेत जनाएको थियो ।

श्रम  ऐन २०७४ मा श्रमिक सम्बन्धी भएका व्यवस्था र त्यसको कार्यन्वयनमा सरोकारवालाहरुको भूमिका विषयक अन्र्तक्रिया
दाङ्ग, सिरहा र उदयपुर जिल्लामा श्रम  ऐन २०७४ मा श्रमिक सम्बन्धी भएका व्यवस्था र त्यसको कार्यन्वयनमा सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु सहितको उपस्थिती रहेको थियो । श्रम ऐनमा समान कामको समान ज्यालाको व्यवस्था भएपनि ज्यालामा विभेद रहेकोले स्थानीय सरकारले अनुगमन गरी समान कामको समान ज्यालाको अभियान नै सञ्चालन गर्नुपर्ने सुझाव सहभागीहरुले राखेका थिए । महिलाहरु संलग्न भएका श्रम विशेषगरी  कृषि लगायतका अन्य सेवामूलक मानिएका श्रमका क्षेत्रहरुलाई औपचारिक श्रमको दायरामा ल्याउन स्थानीय सरकारले आफ्ना नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने उनीहरुले बताएका थिए । यसैगरी घोराही उपमहानगरपालिकामा ११ जना र उदयपुरमा ५ जना श्रमिक महिलाहरुलाई सम्मान समेत गरिएको थियो । यसै दिवसको अवसरमा सिन्धुली जिल्लाको कमलामाई नगरपालिकामा कोपिला युवा समूहको समन्वयमा समान कामको समान ज्याला विषयमा स्थानीय जनप्रतिनिधहरु, महिला मज्दुरहरु र अधिकारकर्मीहरुसहितको सहभागितामा छलफल कार्यक्रमको आयोजना गरिएको थियो । सिन्धुली जिल्लामा नै भवन निर्माणका काममा महिला र पुरुषले समान काम गर्दा ज्यालामा विभेद रहेको भनाई छलफलमा आएको थियो । जनप्रतिनिधिहरुले यसको अनुगमन गरी विभेद गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए । 

आत्मरक्षा तालिम 
महिलाहरुको आत्मबल बढाउने तथा महिलामाथि हुन सक्ने विभिन्न हिंसा र दूव्र्यवारबाट बच्न र बचाउन लागि सीप विकास गर्न सूर्य विनायक नगरपालिकाको सहयोग, ओरेक, गै.स.स महासंघ भक्तपुर, राष्ट्रिय निर्माण मञ्च नेपालको संयुक्त आयोजनामा एक दिने आत्मरक्षा तालिमको आयोजना गरिएको थियो । तालिममा ७० भन्दा बढी किशोरी तथा महिलाहरुले सहभागी थिए । आधारभूत ज्ञान तथा सीप सिकेर आफ्नो आत्मविश्वास बढेको र शारीरिक तथा मानसिक रुपमा हुन सक्ने हिंसाको प्रतिवाद गर्ने आत्वबल बढ्को उनीहरुले बताएका थिए । 

शैक्षिक मनोरञ्जनात्मक मेला 
दुधौली नगरपालिकको आयोजना तथा ओरेकको समन्वयमा शैक्षिक मनोरञ्जनात्मक मेलाको आयोजना सिन्धुलीमा गरिएको थियो । मेलामा समाजमा विद्यमान रहेका विभेद, असमानता र हानिकारक परम्परागत अभ्यासहरुलाई चित्रण गरिएका सन्देशमूलक वक्तृत्वकला, खुल्ला हाजिरी जवाफ तथा नृत्य प्रतियोगिताहरु पनि सञ्चालन भएको थियो । स्थानीय स्तरमा महिला उद्यमीहरुले उत्पादन गरेका वस्तुहरुको प्रदर्शनी गरिएको थियो भने उपस्थित ५०० जना सहभागिहरुलाई  सूचनामूलक सामग्रीहरु समेत वितरण गरिएको थियो । 

सडक नाटक
बालविवाहले शारीरिक तथा मानसिक स्वास्थ्यमा पार्ने असर तथा जोखिमका बारेमा सिन्धुलीको कमलामाई र दुधौली नगरपालिकाका ३ वटा वडाहरुमा किशोरी समूर र परिवर्तन जागरणका कलाकारहरुले सडक नाटक प्रस्तुत गरेका थिए । बालविवाहका कारण आइपर्ने शारीरिक तथा मानसिक स्वास्थ्य समस्या तथा जोखिमको अवस्थालाई नाटक मार्फत चित्रण गरिएको थियो । ३ वटै वडाहरुमा गरी नाटकमा करिव १५०० जना दर्शकहरुको उपस्थिती रहेको थियो ।

Related Posts

The Budget That Flatters the Middle and Forgets the Margins

Nationalism, the Rise of the Middle Class, and What Nepal’s

Looking at IMRF from the ground

Sunita Mainali Women’s Rehabilitation Centre (WOREC), Nepal From 5–8 May