Newsroom

वर्षाले जनकपुरको बसहीयाका ८० घर मुसहर बस्ती बिचल्लीमा

वर्षाले जनकपुरको बसहीयाका ८० घर मुसहर बस्ती बिचल्लीमा

अबिरल वर्षाका कारण जनकपुर उपमहानगरपालिका वडा नं. २४ स्थित बसहीयाका ८० घर मुसहर बिचल्लीमा परेका छन् । 

पसुपति सदाले रुदै भनिन्, “पानी पर्न सुरु भएपछि हामी सबै परिवार पानीले भिज्छौँ, चिसो लाग्छ, स–साना नानीहरु छन्, हामी सबै परिवार डराउँछौँ, कतैबाट बाढी आउने हो कि, भएको टहरा भत्किने हो कि । हाम्रो कोहि छैन अहिले, हाम्रो बिचल्ली भएको छ ।”

वर्षाको समयमा गर्भवती महिला र बालबालिकालाई कसरी जोगाउने भन्ने चिन्ता बिलेक्षण माझी मुसहरले व्यक्त गरे ।

जनता आवास कार्यक्रम अन्तर्गत मुसहर समुदायका घर भत्काई निर्माण कार्य सुरु गरिएको थियो तर अदालतको आदेशपछाडी निर्माण कार्य रोक्का गरिएको र अविरल वर्षाका कारण अहिले मुसहर समुदाय बिच्चलीमा परेको स्थानीय बिलेक्षण माझी मुसहरले दुःखेसोे पोखेका छन् ।
बस्तीमा पक्की घर निर्माण कार्य सुरु भएपछि अधिकांशले फुसको घर भत्काएका थिए । भएको केहि घर पनि अविरल वर्षाले भत्काएको छ र उनीहरु प्लाष्टिकको टहरा र झुपडीमा बसिरहेका छन् । 

स्थानीय जनप्रतिनिधि पनि समस्या परेको बेला नआएको उनीहरुले दुःखेसो पोखेका छन् । 

स्थानीय बिलेक्षण माझी मुसहर सात वर्ष पहिले २० हजार रुपियाँ दिएर बसेको तर अहिले आएर घर बनाउन रोक लगाएर समस्यामा परेको उनको आरोप छ । 

सो वस्तीमा तथ्याङ्क संकलन गर्न पुगेका प्रहरी कार्यालय जिरोमाइलका प्रहरीका अनुसार मुसहरवस्तीमा सात जना गर्भवती महिला, पाँच वर्ष मुनिका २५ बालक र ३३ बालिका रहेको जनाएको छ । 

बस्तीमा नगरपालिका प्रमुख उपप्रमुख पहलमा त्रिपाल र राहत सामग्री बाडिएको छ ।

शहरी विकास मन्त्रालय अन्तर्गत जनता आवास कार्यक्रमले पक्की घर बनाउन सुरु गरेपछि जिल्ला अदालतमा गुठीको जग्गा भएका कारण घर निर्माण रोक्का गर्नका लागि मुद्दा दर्ता भएको थियो । घरको फाउन्डेशन सम्मका कार्य भएपनि बिचैमा घर निर्माण कार्य रोका गरिएपछि झुपडी तथा टहरामा बस्नु परेको उनले बताए ।

ओरेक धनुषा जिल्ला परियोजना संयोजक रोजलिन बछार, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालयका संयोजक राजु पासवान, महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष शिला झा, अधिकारकर्मी मन्जुकुमारी यादव, अनिता साह र बसन्ती विष्टको संयुक्त टोलीले सो ठाउँमा पुगेर स्थलगत अनुगमन गरेका हुन् । 

धनुषा, २०७६ साउन १ गते

Related Posts

The Budget That Flatters the Middle and Forgets the Margins

Nationalism, the Rise of the Middle Class, and What Nepal’s

Looking at IMRF from the ground

Sunita Mainali Women’s Rehabilitation Centre (WOREC), Nepal From 5–8 May