Newsroom

लगातारको वर्षाको कारण जनजिवन कष्टकर

लगातारको वर्षाको कारण जनजिवन कष्टकर

असार २९, लहान ।
५ दिन देखि लगातार आउँदै गरेको वर्षाको कारण सिरहाको जनजिवन प्रभावित भएको छ । सिरहा जिल्लाको तीन नगरपालिका र दुई गाउँपालिकामा बाढीले बढी क्षति पुगेको छ । लहान नगरपालिकाको  वाड नं.१, २, ११ र १२ त्यस्तै सिरहा नगरपालिकाको १४,१५,१६ र १७ , कर्जन्हाको २,७,८ र ११, कल्याणपुर गाउँपालिकामा ५ र ६ , त्यस्तै औरही गाउँपालिकाको वाड नं. ४ मा बढी क्षति पुगेको हो । बाढीले गर्दा सिरहामा एक जनाको मृत्यु भएको छ भने ५हजार भन्दा बढी घरधुरी विस्थापित भएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएका छन् । 

बाढीबाट प्रभावितका लागि मानव अधिकार संरक्षण केन्द्र सञ्जाल सिरहाले आकस्मिक बैठक बसी सञ्जालको राहत कोष खडा गर्ने निर्णय गरेको हो । बाढी र पानीका कारण विस्थापित भएको परिवारको अवस्था विश्लेषण गरी अति जोखिममा रहेका परिवारहरुको तथ्यांक संकलन गरी उक्त कोषमा जम्मा भएको रकम सहयोग गर्ने सञ्जालको सचिव रामभरोसी भहतोले जानकारी दिनुभयो । 

Related Posts

The Budget That Flatters the Middle and Forgets the Margins

Nationalism, the Rise of the Middle Class, and What Nepal’s

Looking at IMRF from the ground

Sunita Mainali Women’s Rehabilitation Centre (WOREC), Nepal From 5–8 May