Publications

विपद्को समयमा महिला तथा किशोरीमाथि पर्ने प्रभाव र प्रभावित मैत्री प्रतिकार्य प्रणाली

विपद्को समयमा महिला तथा किशोरीमाथि पर्ने प्रभाव र प्रभावित मैत्री प्रतिकार्य प्रणाली

विपद् भन्नाले के बुझिन्छ ?
विपद् भन्नाले कुनै स्थानमा आपत्कालिन अवस्था सिर्जना भई जन वा धनको क्षतिको साथै जीवनयापन र वातावरणमा प्रतिकूल असर पर्ने प्राकृतिक वा मानव निर्मित संकट सम्झनु पर्छ । उक्त घटनाहरुले ठुलो संख्यामा व्यक्तिको स्वास्थ्य, सुरक्षा, सम्मान र जिवनमा असर पुर्याउँदछ । नेपाल विभिन्न किसिमका विपद्हरु जस्तै बाढी, पहिरो, आगलागी, खडेरीहरुको उच्च जोखिम भएको देश हो। यसैगरी नेपाल विश्वको जलवायू परिवर्तनको क्षेत्रमा चौथो नम्बरमा, भुकम्ममा ११ औं, बाढीमा ३० औं नम्बरमा पर्दछ । नेपालको सन्दर्भमा महिला, बालबालिका तथा सिमान्तकृत समुदायले लिङ्ग, वर्ग, भाषा, धर्म, भौगोलिक विविधता, समुदाय, यौनिक अभिमुखिकरण आदीको आधारमा बहु–आयामिक विभेद भोगिरहेको छ । विपद्को समयमा यस्ता संरचानात्मक विभेदहरु झनै फराकिलो बन्दै जान्छ र सिमान्तकृत समुदायका व्यक्तिहरु अझ जोखिममा पर्दछन्। 

Read more : In dowload

Related Posts

The Budget That Flatters the Middle and Forgets the Margins

Nationalism, the Rise of the Middle Class, and What Nepal’s

Towards Climate Justice Rooted in Gender Equality and Community Leadership

The climate crisis calls us to reimagine our relationships with