Newsroom

​​​​​​​हानिकारक समाजिक मुल्य मान्यता विरुद्ध र्याली तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

​​​​​​​हानिकारक समाजिक मुल्य मान्यता विरुद्ध र्याली तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

लहान १७ मंसिर
ओरेक नेपाल, सिरहा युथ नेपाल र समग्र जन उत्थान केन्द्र लहानको संयुक्त आयोजनामा हानिकारक समाजिक मुल्य मान्यता विरुद्ध र्याली तथा अन्तरक्रिया कार्यक्रम माडरमा मंसिर १६ गते सम्पन्न भएको छ ।
समानताको पुस्ता, बलात्कार विरुद्धको एक्यबद्धता नाराका साथ २८ अन्तराष्ट्रिय १६ दिने महिला हिंसा विरुद्धको अभियान २०१९ को अवसरमा उक्त कार्यक्रम गरेको हो । आयोजक संस्था सिरहा युथ नेपालकी उपाध्यक्ष शसिरितरामाझी सदाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सिरहाको प्रतिनिधि, जिल्ला न्यायधिवक्ता, जिल्ला प्रहरी कार्यालय सिरहाको प्रतिनिधि, मानवअधिकारकर्मी, महिला अधिकारकर्मी, निर्वाचित जनप्रतिनिधि, संचारकर्मी, किशोरी समूम, महिला समूह, युवा समूह र स्थानिय लगायत ५ सय भन्दा बढीको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा समग्र जन उत्थान केन्द्रको तर्फबाट बाल बिवाह तथा दहेज प्रथा विषयक कचहरी नाटक मंचन गरिएको थियो । जसमा समाधान दर्शकहरुले नै गरेको थियो । १६ दिने अभियानको आठौ दिन गरेको उक्त कार्यक्रममा स्वागत मन्तव्य ओरेक नेपाल सिरहाकी कार्यक्रम अधिकृत देवकुमारी महराले गर्नुभयो भने कार्यक्रम संचालन समग्रको रामभरोसी महतोले गर्नु भएको थियो ।

Related Posts

The Budget That Flatters the Middle and Forgets the Margins

Nationalism, the Rise of the Middle Class, and What Nepal’s

Looking at IMRF from the ground

Sunita Mainali Women’s Rehabilitation Centre (WOREC), Nepal From 5–8 May