चिन्ताजनक वायु प्रदूषण र यसको स्वास्थ्य प्रभावबारे ध्यानाकर्षण ।

महिला पुनर्स्थापना केन्द्र (ओरेक) मानव अधिकार, सामाजिक न्याय र पर्यावरणीय न्यायप्रति प्रतिबद्ध एक महिलावादी संस्था हो । हामी काठमाडौं उपत्यकामा विगत एक हप्तादेखि देखिएको खतरनाक स्तरको वायु प्रदूषण प्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराउदछैं । काठमाडौँको वायु गुणस्तर सूचकांक (एक्यूआई) ले निरन्तर रूपमा ‘अति अस्वस्थकर’ सीमा नाघेको छ र पटक–पटक ‘खतरनाक’ स्तरमा पुगेको छ । यसले […]

महिलालाई खाडी मुलुक तथा मलेसिया जान लगाएको प्रतिवन्ध फुकुवा गर्ने मन्त्रीको धारणा स्वागत योग्य

मिति २०८१ श्रावण ३२ गते शुक्रवार संसदको उद्योग, वाणिज्य तथा आपुर्ति र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका माननीय मन्त्री श्री शरद सिंह भण्डारीले सरकारले घरेलु महिला श्रमिकलाई खाडी मूलुक र मलेसिया जान लगाइएको प्रतिवन्ध फुकुवा गर्ने तयारी गर्दै गरेको भन्ने धारणा बाहिरिँदै गर्दा महिला पुनस्र्थापना केन्द्र (ओरेक) यस […]

जघन्य अपराधका आरोपित व्यक्तिलाई लुम्बिनी प्रदेश सरकारको मन्त्री बनाउने निणर्य प्रति गम्भिर आपति

बाँके नेपालगञ्जकी निर्मला कुर्मीको हत्याको आरोप लागेका लुम्बिनी प्रदेशका सांसद बादशाह कुर्मीलाई मन्त्री बनाउने निर्णय प्रति महिला पुनर्स्थापना केन्द्र (ओरेक) काे गम्भीर आपत्ति छ । निर्मलादेवी कुर्मीको हत्याका मुख्य अभियुक्त कुर्मीलाई लुम्बिनी प्रदेशको मन्त्रीमा नियुक्त गर्नु यो मुद्दा न्यायिक प्रक्रियामा रहेका बेला राज्यले महिला विरुद्धका जघन्य अपराधलाई कसरी सरलीकरण गर्छ र दोषीलाई संरचनात्मक रूपमा संरक्षण […]

यौन तथा प्रजनन् स्वास्थ्य मेला ( SRHR mela)

मिति २०८१ असोज ७ र ८ गते कोशी प्रदेशका माननीय उपसभामुख, माननीय सांसदहरु, मानव अधिकार आयोगका प्रतिनिधिहरु, स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरु, सामुदायिक संघ संस्थाका प्रतिनिधिहरु, महिला मानव अधिकार रक्षकहरु, सामुदायिक संघ संस्थाका प्रतिनिधिहरु र सामाजिक रुपान्तरणमा आस्था राख्ने अधिकारकर्मीहरु, सञ्चारकर्मीहरु सहित मोरंग, सुनसरी, झापा, धनकुटा, उदयपुर लगायतका जिल्लाहरुबाट १५० जना भन्दा बढीको सहभागितामा महिला स्वास्थ्य […]

मानवीय सहयातको क्षेत्रमा महिलाले नेतृत्व गरेको संस्थाहरु आफ्नो पहिचान दावी गर्दै

मिति २०८१ असोज १० गते तदनुसार २६ सेप्टेम्बर, २०२४ मा महिला पुनस्र्थापना केन्द्र (ओरेक), नेपाल महिला एकता समाज र केयर नेपालको संयुक्त आयोजनामा “विद्यमान असमान शक्ति सम्बन्ध र मानविय सहायता क्षेत्रको विश्लेषण (Changing Narrative: Shifting Power – Analyzing Humanitarian Response from Women’s Perspective)” विषयक राष्ट्रिय स्तरको संवाद कार्यक्रम महिलाले नेतृत्व गरेको संस्थाको कामको मान्यता र […]

संवेदनशील विपद् पुर्वतयारी तथा प्रतिकार्यका लागि ध्यानाकर्षण

                        संवेदनशील विपद् पुर्वतयारी तथा प्रतिकार्यका लागि ध्यानाकर्षण  हाल मौसम परिवर्तन भएसँगै देशभर विभिन्न स्थानमा बाढी, पहिरो तथा डुबान बढीरहेको छ, जसकारण ठूलो सख्यामा धनजनको क्षति भएको छ । हरेक बर्ष मनसुन सगैँ यसप्रकारका संकटहरु आउँछन् तर पनि विपद्को जोखिम न्युनीकरण तथा व्यवस्थापनका लागि […]

“महिला मानव अधिकार रक्षकमाथि भएको यौन दुव्र्यवहारको घटना प्रति गम्भीर ध्यानाकर्षण”

च.नंः     ५८८÷०८०–८१                                     मिति २०८१÷०३÷१३ गते गम्भीर ध्यानाकर्षण“महिला मानव अधिकार रक्षकमाथि भएको यौन दुव्र्यवहारको घटना प्रति गम्भीर ध्यानाकर्षण”सप्तरी जिल्लाको महादेवा गाउँपालिकामा ओरेकद्धारा सञ्चालित महिलामैत्री स्थल (स्नेह केन्द्र) मा कार्यरत महिला कर्मचारीहरु÷महिला मानव अधिकार रक्षकहरुलाई लक्षित गरी रातिको समयमा मिति २०८१ असार ०९ गते आइतवार पाँच जनाको […]

लैंङ्गिक हिंसा सम्बन्धि प्रादेशिक प्रेस विज्ञप्ति ( कर्णाली प्रदेश )

विपद्को अवस्थामा महिलामाथि हुने हिंसा बढ्दो तर लैङ्गिक संवेदनशिल प्रतिकार्य खै ?? लैंङ्गिक हिंसा सम्बन्धि प्रादेशिक प्रेस विज्ञप्ती (कर्णाली प्रदेश), २०८१ कुनैपनि विपद्को समयमा महिला तथा किशोरीमाथि हुने लैङ्गिक हिंसाको जोखिम बढ्दछ किनभने यस अवस्थामा विद्यमान संरचनात्मक विभेद, असमान शक्ति सम्बन्ध र असमानता अझ फराकिलो बन्दै जान्छ । सहयोगी संयन्त्र, सेवा तथा संप्रेषण प्रणाली अवरुद्ध […]