Newsroom

यौन तथा प्रजनन् स्वास्थ्य मेला ( SRHR mela)

यौन तथा प्रजनन् स्वास्थ्य मेला ( SRHR mela)

मिति २०८१ असोज ७ र ८ गते कोशी प्रदेशका माननीय उपसभामुख, माननीय सांसदहरु, मानव अधिकार आयोगका प्रतिनिधिहरु, स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरु, सामुदायिक संघ संस्थाका प्रतिनिधिहरु, महिला मानव अधिकार रक्षकहरु, सामुदायिक संघ संस्थाका प्रतिनिधिहरु र सामाजिक रुपान्तरणमा आस्था राख्ने अधिकारकर्मीहरु, सञ्चारकर्मीहरु सहित मोरंग, सुनसरी, झापा, धनकुटा, उदयपुर लगायतका जिल्लाहरुबाट १५० जना भन्दा बढीको सहभागितामा महिला स्वास्थ्य मेला सम्पन्न भएको छ ।

समुदाय तहमा रहेका यौन तथा प्रजनन् स्वास्थ्य सवालको पहिचान गरी महिलावादी दृष्टिकाणबाट व्याख्या विश्लेषण गर्ने, महिला तथा पछाडि पारिएका समुदायलाई यौन तथा प्रजनन् स्वास्थ्य सेवाहरु विशेष गरी कृत्रिम गर्भधारणको सम्बन्धमा सबै सरोकारवालाहरु बीच समान बुझाई स्थापित गरी यसमा सबैको सहज पहुँचको अधिकार सुनिश्चितताका लागि भएको प्रणालिगत अवरोधहरुको पहिचान तथा नीतिगत पैरवी गर्ने उद्देश्यले यस मेलाको आयोजना गरिएको थियो । कोशी प्रदेशको विराटनगरमा कोशी प्रदेशका माननीय उप–सभामुख सिर्जना दनुवारको प्रमुख आतिथ्यता र ओरेकका अध्यक्ष सविता पोख्रेलको अध्यक्षतामा यौन तथा प्रजनन् स्वास्थ्य मेला सम्पन्न भएको छ ।

Related Posts

राज्यको कमजोर जवाफदेहीताका कारण निम्तिएको नागरिक निराशा प्रति गम्भिर ध्यानाकर्षण

हालैका दिनहरूमा देशभर बढ्दै गएका आत्मदाह र आत्मदाहका प्रयासका घटनाहरूले

बुढानिलकण्ठस्थित भक्ति वेदान्त गुरुकुल (ISKCON) मा भएको बाल यौन दूव्र्यवहार तथा हिंसाको घटनाप्रति गम्भीर ध्यानाकर्षण

बुढानिलकण्ठस्थित भक्ति वेदान्त गुरुकुल (ISKCON_) मा बालबालिकामाथि भएको शारीरिक, मानसिक