Newsroom

बन्दाबन्दीमा महिला तथा बालिकामाथि भएका हिंसाको अवस्था 

बन्दाबन्दीमा महिला तथा बालिकामाथि भएका हिंसाको अवस्था 

बन्दाबन्दीमा महिलामाथि सबैभन्दा बढी घरेलु हिंसा भएको पाईएको छ । महिला पुनस्र्थापना केन्द्र (ओरेक) द्धारा सञ्चालन गरेको ३ वटा हटलाईन र २८ जना मनोपरामर्शकर्ता मार्फत १३ वटा जिल्लाहरुबाट  बन्दाबन्दी शुरु भएदेखि  ८३ वटा महिला तथा बालिका माथि घटेका हिंसाका घटनाहरु अभिलेखिकरण भएका छन् । जसमा ४६ वटा घरेलु हिंसा, ९ वटा सामाजिक हिसा, १४ वटा बलात्कार, २ वटा बलात्कारको प्रयास, १ वटा हत्या, १ वटा हत्या वा आत्महत्या अनुसन्धानको क्रममा रहेको, २ वटा यौन दूव्र्यवहारका घटना, ६ वटा आत्महत्या, २ वटा हत्याको प्रयासका घटना रहेका छन् ।

हिंसा गर्ने व्यक्ति, सबैभन्दा बढी ३७ जना श्रीमान र  १७ जना परिवारका सदस्य रहेका छन् । त्यसैगरि १९ वटा घटनाहरुमा छिमेकी, २ वटामा प्रेमी ठानिएका व्यक्ति, १ घटनामा साथी, १ घटनामा घरमालिक रहेको पाईएको छ भने ६ वटा घटनामा पीडकहरुको पहिचान हुन बाँकि रहेको छ । बलात्कारका घटनाहरु भने १० वटा छिमकीबाट, १ घटना बुबावाट, १ वटा परिवारको सदस्यबाट, १ प्रेमी ठानिएका व्यक्तिबाट र १ पहिचान नखुलेको व्यक्तिबाट भएको पाईएको छ । 

कोभिड १९ को भाइरसले फैलाएको विश्व्यापी महामारीले सबै जाति, उमेर, वर्ग, रंग, लिङ्ग, विकसित तथा अल्पविकसित राष्ट्रलाई प्रभाव पारेको छ । यस महामारीको अवस्थामा हरेक व्यक्ति घरभित्रै बस्नुको विकल्प छैन । विश्व महामारीको अवस्थाबाट गुज्रिएको अवस्थामा सबैको ध्यान कसरी यस महामारीबाट बँच्ने र बचाउने भनेर केन्द्रित हुनु स्वभाविक हो । यद्यपी महिला तथा बालिकामाथि यस्तो बेलामा हुने वा हुन सक्ने हिंसालाई उचित किसिमले सम्बोधन गर्ने संयन्त्रको अभावमा महामारीको प्रभावसँगै महिला र बालिकामा थप जोखिमताको सिर्जना भएको अवस्था छ । महिलामाथि हुने हिंसा रोकथाम तथा प्रभावितका सहयोगका लागि केहि स्थानीय तहले हिंसाको उजुरी गर्ने तथा प्रभावितलाई सुरक्षित तवरले सुरक्षित आवासको सेवा प्रदान गर्ने कार्य शुरु गरिसकेका छन् ।  यो निश्चय पनि प्रशंसनीय कार्य हो । यद्यपी हिंसा प्रभावित महिलाहरुले आफुमाथि भएको हिंसालाई सहज रुपमा उजुरी गर्ने वातावरण तयार गर्नका लागि सबै स्थानीय तह तथा निकायले हिंसा प्रभावितका लागि उजुरी गर्ने र आवश्यक सेवा प्रदान गर्ने कार्यलाई संवेदनशिलताका साथ प्रभावकारी रुपमा गर्न सुचारु गर्न आवश्यक छ । 

हाल महामारीको अवस्था छ भनेर महिलाका लागि संविधानतः तथा अन्य कानुनहरुले सुनिश्चित गरेका अधिकारहरुलाई नकार्न मिल्दैन । तर हालको अवस्थाले यी अधिकारहरु महिलाहरुले उपभोग गर्न नपाएको देखाउँछ । 
धेरै जिल्लामा सुत्केरी हुन जाने महिलालाई अस्पतालले नलिने, राम्रो सेवा प्रदान नगर्ने जस्तो स्थिति सिर्जना भएको छ ।  जस्तोसुकै महामारीको स्थिति भए पनि अस्पतालले सेवा दिनु पर्दछ । तर यो नभएको कारण धेरै महिलाहरुले स्वास्थ्य सेवाबाट बञ्चित हुनुपरेको छ । 

सुझावहरु 
    हिंसा विरुद्ध नेपाल सरकारले लिएको शून्य सहनशिलतालाई यस प्रकोपको अवस्थामा समेत कायम राखि, हिंसाको उजुरी गर्ने वा चाहने बालिका तथा महिलाका लागि प्रहरी र न्यायीक समितिले आवश्यक सहयोग गर्नुपर्ने ।
    हिंसा प्रभावितका लागि स्थापना भएका सहयोगी संयन्त्रहरुले हिंसा प्रभावितको आवश्यकता अनुरुप सुरक्षाआवास, मनोपरामर्श, स्वास्थ्य तथा कानुनी सहयोग सेवालाई संक्रमणको सुरक्षा अपनाई निरन्तरता दिनुपर्ने । 
    यस महामारीको अवस्थामा महिला तथा वालवालिकाहरुमाथि भएका हिंसाका घटनाहरुलाई तत्काल सम्बोधन गर्न अल्पकालिन सुरक्षित आवासको व्यवस्था गर्नुपर्ने ।
    सबै अस्पतालमा गर्भवती र सुत्केरी महिलाहरुका लागि आवश्यक पर्ने सेवाहरु सुचारु गर्नुपर्ने । 
    हिंसाको जोखिम न्यूनिकरणका लागि सबै क्वारेन्टाइन स्थलहरुमा महिला, बालिका र लैगिंक तथा यौनिक पहिचान भएका व्यक्तिको लागि छुट्टै बस्ने व्यवस्थाको साथै छुट्टै चर्पी एवं नुहाउने ठाउँको व्यवस्था गर्नुपर्ने । सबै क्वारेन्टाइन स्थलहरुमा मनो–सामाजिक परामर्शकर्ताको व्यवस्था गर्नुपर्ने । 
    गर्भवती, सुत्केरी, सानो बच्चा हुने महिला तथा जेष्ठ नागरिकको लागि क्वारेन्टाइन स्थलमा बिशेष व्यवस्था र राहत वितरण गर्दा पौष्टिक खानेकुरा लगायतका अन्य आवश्यकताको ख्याल गर्नुपर्ने । 
    प्रत्येक स्थानीय तहमा हिंसा प्रभावित वा कुनै पनि प्रकारको अप्ठ्यारोमा परेका महिलालाई तत्काल उजुरी दिने, प्रतिक्रिया दिने, आवश्यक सहयोग तथा  सम्प्रेषण गर्ने ९च्भाभचचब०ि  व्यवस्था सहितको हटलाईन सुचारु गर्नुपर्ने । 

धन्यवाद । 

लुभराज न्यौपाने
कार्यकारी निर्देशक

मिति ः २०७७ बैशाख ९

Related Posts

१६ वर्षीया दलित बालिका माथि भएको बलात्कार पछि हत्या घटना प्रति गम्भीर ध्यानकर्षण

ओरेक सुर्खेत जिल्ला, वीरेन्द्रनगर–१ स्थित सामुदायिक वनमा १६ वर्षीया इनिसा

“महिलाका मौलिक अधिकार सुनिश्चितताका लागि न्यायमा पहुँच :अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस २०२६ को अवसरमा शान्तिपूर्ण सडक प्रदर्शन”

प्रेस विज्ञप्ति महिलाको सामाजिक, आर्थिक, सास्कृतिक तथा राजनैतिक उपलब्धिहरूको समीक्षा