Newsroom

लैंङ्गिक हिंसा सम्बन्धि प्रादेशिक प्रेस विज्ञप्ति ( कर्णाली प्रदेश )

लैंङ्गिक हिंसा सम्बन्धि प्रादेशिक प्रेस विज्ञप्ति ( कर्णाली प्रदेश )

विपद्को अवस्थामा महिलामाथि हुने हिंसा बढ्दो तर लैङ्गिक संवेदनशिल प्रतिकार्य खै ??

लैंङ्गिक हिंसा सम्बन्धि प्रादेशिक प्रेस विज्ञप्ती (कर्णाली प्रदेश), २०८१

कुनैपनि विपद्को समयमा महिला तथा किशोरीमाथि हुने लैङ्गिक हिंसाको जोखिम बढ्दछ किनभने यस अवस्थामा विद्यमान संरचनात्मक विभेद, असमान शक्ति सम्बन्ध र असमानता अझ फराकिलो बन्दै जान्छ । सहयोगी संयन्त्र, सेवा तथा संप्रेषण प्रणाली अवरुद्ध हुनाले विपद्को समयमा हिंसा प्रभावितको सेवा तथा न्यायको पहुँचमा अवरोध पैदा हुन्छ जसले प्रभावितलाई थप जोखिमता सिर्जना गर्दछ । त्यसैले महिला पुनस्र्थापनाकेन्द्र (ओरेक) ले दशकौं देखि स्नेह अभियान मार्फत अधिकारमुखी अवधारणा र महिलावादी दृष्ट्रिकोण सहितको विपद् प्रतिकार्य सेवा प्रदान गर्नुका साथै विपद् व्यवस्थापनमा महिलाको नेतृत्व विकास सम्बन्धी अभियान सञ्चालन  गरिरहेको छ । यसै शिलशिलामा २०८० कार्तिक १७ गते अर्थात् नोभेम्बर ०३ मा  जाजरकोट केन्द्रविन्दु बनाएर गएको ६.४ म्यग्निच्युटको भूकम्प पश्चात् ओरेकले जाजरकोट र रुकुम जिल्लाका बिभिन्न पालिकाहरुमा ८ वटा स्नेह केन्द्र सञ्चालन गरेको छ । “प्रभावित देखि परिवर्तनको संवाहक सम्म”  भन्ने मुल मर्मलाई आत्मसात गर्दै ओरेकले स्नेह केन्द्र मार्फत विपद् तथा हिंसा प्रभावित महिलालाई केन्द्रमा राखेर मनोविमर्श, आवास, खाद्यान्न, संप्रेषण, स्वास्थ परामर्श जस्ता सेवा प्रदान गर्नुका साथै स्नेह केन्द्रलाई महिलाको सुरक्षित स्थलको रुपमा विकास गरी नेतृत्व तथा आन्तरिक स्रोतको विकासमा सहजिकरण गरिरहेको छ । यस क्रममा २०२४ जनवरीदेखि अप्रिल महिनासम्म महिलामैत्री स्थल (जाजरकोट र रुकुम) बाट  कूल १०९ महिला हिंंसाका घटना तथ्याँक संकलन भएको छ । 

Related Posts

बढ्दो विद्युतीय अपराध सम्बन्धी प्रादेशिक प्रेस विज्ञप्ती (सुदूरपश्चिम प्रदेश)

ओरेकले महिला तथा किशोरीहरुको अधिकार संरक्षण र प्रवद्र्धनका लागि निरन्तर

“घरभित्रै असुरक्षितः महिलामाथि बढ्दो हिंसा र महिला हत्याका घटना”

लैैङ्गिक हिंसा सम्बन्धी त्रैमासिक प्रेस विज्ञप्ति, २०८२ माघ पृष्ठभूमि महिलामाथि