बाल विबाह तथा दहेज विरुद्ध वडा स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • News

लहान १४ मंसिर ।
ओरेक नेपाल सिरहाको आयोजनामा सामाजिक मुल्यमान्यतामा आधारित हानिकारक परम्परागत अभ्यास अन्तरगत बाल विबाह तथा दहेज विरुद्ध वडा स्तरीय अन्तरक्रिया कार्यक्रम लहान नगरपालिका वडा नं. १३ मा मंसिर १४ मा सम्पन्न भएको छ ।
समानताको पुस्ता, बलात्कार विरुद्धको एक्यबद्धता नाराका साथ २८ अन्तराष्ट्रिय १६ दिने महिला हिंसा विरुद्धको अभियान २०१९ को अवसरमा उक्त कार्यक्रम गरेको हो । परियोजना कार्यालय सिरहाकी कार्यक्रम संयोजक ज्याति तिवारीको अध्यक्षमा आयोजना भएको कार्यक्रममा प्रमुख अतिति लहान नगरपालिका वडा नं. १३ घलेटोलका वडा अध्यक्ष ईश्वर वस्नेत रहनु भएको थियो । कार्यक्रममा वडा सदस्य, महिला अधिकारकर्मी, राजनितिक दल, स्थानिय महिला लगायत ७० जनाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि वस्नेतले भन्नु भयो–“ स्कुल पढ्दै गरेको छोरी आफै भागेर बिहे गर्ने डरले उमेर नपुगी बिहे गरिदिन्छन् । उसले घर परिवार चलाउन जानेको हुँदैन् । सानै गल्तीले पनि सम्बन्ध विच्छेदको कुरा आउँछ र सम्बन्ध विच्छेद गर्दा नागरिकता, विबाह दर्ता हुँदैन् जसले गर्दा कानुनी प्रकृयामा जान झनझटिलो हुँदा महिलाहरुलाई थप समस्यामा पार्ने गरेका छन् । उक्त अन्तरक्रिया कार्यक्रम ओरेक नेपाल सिरहाकी कार्यक्रम अधिकृत देवकुमारी महराले गर्नुभएको थियो ।

Back to Top