Publications

‘अभियान’ ले किशोरीहरूमा ल्याएको परिवर्तन – एक अध्ययन

‘अभियान’ ले किशोरीहरूमा ल्याएको परिवर्तन – एक अध्ययन

कार्यक्रमहरूमा सहभागी हुनका लागि शुद्धोधन गाउँपालिकाकी साधना हरिजन भैरहवा र बुटवलका विभिन्न होटलहरूमा जाने अवसर पाउँथिन् । सडक नाटकमा अभिनय गर्न थालेपछि अभिनय कक्षा लिनुपर्ने भयो । अभिनय कक्षा लिनका लागि उनी काठमाडौं पनि पुगेकी छिन् । कार्यक्रम र कक्षाका दौरानमा उनी कैयौं पटक होटलका आरामदायी, ‘अट्याच बाथरुम’ सहितको कोठामा बस्ने अवसर पाएकी छिन् ।

साधनाको जीवनमा होटलले केही खास अर्थ राख्छ । चाहे कार्यक्रमको दौरानमा होस् वा बास बस्ने क्रममा । जब–जब होटलको शौचालय प्रयोग गर्नुपर्ने हुन्थ्यो साधनाको मन पीरो हुन्थ्यो । ‘ट्वाइलेट जाँदा मलाई छटपटी हुन्थ्यो । मेरो मनमा सधँै एउटै प्रश्न आउँथ्यो– किन हाम्रो घरमा शौचालय छैन?’ होटलबाट घर फर्केपछि खुला स्थानमा शौच गर्नुपर्ने बाध्यताले उनलाई पीडा हुन्थ्यो । तर, त्यही पीडाले उनलाई आँट दियो ।

सडक नाटक खेल्ने क्रममा उनले केही पारिश्रमिक पाउँथिन् । कार्यक्रमहरूमा यातायात खर्च पाउँथिन् । यसरी पाएको पैसा उनले बचाएर राख्न थालिन् । जब ४० हजार रूपैयाँ बचत पुग्यो उनले आफ्नो बुवालाई त्यो पैसाले शौचालय बनाउने प्रस्ताव राखिन् । सुरुमा उनका बुवा शौचालय बनाउन सहमत भएनन् । साधनालाई उल्टो गाली गरे, ‘गाउँमा कसैको शौचालय छैन तँलाईं मात्र फेसन चाहिएछ ? किन चाहियो शौचालय ?’ तर, साधनाले हरेश खाइनन् । किनभने उनलाई शौचालय हुनु र नहुनुको फरक थाहा थियो । त्यसैले उनले शौचालय बनाउन बुवालाई मनाउने कोसिस गरिरहिन् । साधनाका भाइहरूले पनि मद्दत गरे । फलस्वरूप साधनाको गाउँमा उनको पारिश्रमिकको बचतले पहिलो शौचालय निर्माण भयो ।

साधनाको शौचालय निर्माणको प्रसंगले गाउँका अन्य किशोरीहरूलाई उत्प्रेरणाको काम गर्‍यो । घर–घरमा किशोरीहरूले शौचालयका लागि दबाब दिन थाले । यसै क्रममा पालिकाले पनि शौचालय बनाउन सहयोग गर्न थाल्यो । घर–घरमा शौचालय बने, गाउँ खुल्ला दिशा मुक्त क्षेत्र घोषणा भयो ।

पुरा अध्ययनलाई पढ्न प्रकाशनलाई डाउनलोड गर्नु होला ।

Related Posts

UNDERSTANDING INFERTILITY THROUGH SRHR: Trends and policy obstacles in Assisted Reproduction

Executive Summary In the heart of Nepal’s Morang District, many

अदृश्य जीवन र मृत्यु : नेपाली महिला आप्रवासी घरेलु श्रमिकहरुको मृत्यु र उनीहरुको परिवारको संघर्ष

नीतिगत समिक्षा