Newsroom

नेपालमा घरेलु कामदारका लागि वैदेशिक रोजगारीमा लगाइएको प्रतिबन्ध सम्बन्धि ध्यानाकर्षण पत्र

नेपालमा घरेलु कामदारका लागि वैदेशिक रोजगारीमा लगाइएको प्रतिबन्ध सम्बन्धि ध्यानाकर्षण पत्र


महिला पुनस्थार्पना केन्द्र (ओरेक)
डा. आयुष्मान भगत (विद्यावारिधि)


नीतिगत सन्दर्भः
सन् २०१७ देखि नेपाल सरकारले घरेलु कामदारका रुपमा वैदेशिक रोजगारमा जाने नेपाली नागरिकहरुका लागि प्रतिबन्ध लगाएको छ ।¹ वैदेशिक रोजगारका क्षेत्र त्यसमा पनि खाडीमुलुकमा जाने नेपाली नागरिकहरु विशेषगरी गरिब, विपन्न, दलित तथा आदिवासी र सिमान्तकृत समुदायका महिलाहरूको रोजगारीसँग प्रत्यक्ष रूपमा सम्बन्धित छ ।² नेपाल सरकारले यस प्रतिबन्धलाई महिलाहरुलाई हुने सम्भावित शोषणबाट संरक्षण गर्ने उपायका रूपमा प्रस्तुत गरेको थियो ।³ सन् २०२० मा सरकारले उक्त प्रतिबन्ध हटाउनका लागि सातवटा शर्त तय गरेको थियो, जसमा सबैभन्दा महत्वपूर्ण शर्त गन्तव्य मुलुकहरूसँग घरेलु काम सम्बन्धी द्विपक्षीय श्रम सम्झौता -Bilateral Labour Agreement)  गर्नु आवश्यक रहेको थियो ।⁴
तर यो व्यवस्था लागु भएको नौ वर्षभन्दा बढी समय बितिसक्दा पनि नेपाल पक्षबाट कुनै पनि गन्तव्य मुलुकसँग यस्तो सम्झौता हुन सकेको छैन । प्रतिवन्धका बावझुद पनि दशौँ हजार नेपाली महिलाहरू अनियमित रुपबाट अलिखित रुपमा विभिन्न बाटो भएर घरेलु कामका लागि वैदेशिक रोजगारका लागि विदेशिन वाध्य छन् र खाडी मुलुकहरूमा नेपाल सरकारको मान्यता तथा संरक्षण बिना काम गर्न बाध्य छन् ।⁵ यसले उनीहरूलाई वैदेशिक रोजगारीको सम्पूर्ण यात्रामा शोषण, बेचविखन तथा हिंसाको उच्च जोखिममा पारिरहेको छ ।⁶
घरेलु काममा वैदेशिक रोजगारी सम्बन्धी प्रतिबन्ध नेपाली महिलाका लागि हानिकारक छ जसका कारणबाट नेपाली महिलाहरुले विभिन्न समस्या भोगिरहनु परेको छ । त्यससम्बन्धि तथ्यहरु निम्न अनुसार छन्
१. वैदेशिक रोजगारीमा लगाइएको प्रतिबन्धले महिला श्रमिकहरुको असुरक्षित आप्रवासन भइरहेको छ र यसलाई रोक्न सकेको छैन र रोक्नु असम्भव प्राय छ ।
२. नेपालबाट प्रतिवन्ध लगाइको कारण नेपाली महिलाहरू भारत हुँदै यात्रा गर्नु पर्ने वाध्यता छ, जसले गर्दा दलालहरुले ट्रान्जिट मुलुकहरूमा उनीहरुका कागजात परिवर्तन गर्छन् वा भ्रमण भिसामा विदेश जान बाध्य हुन्छन् ।⁷
३. घरेलु कामका लागि हुने सबै वैदेशिक रोजगारीहरु नकारात्मक हुँदैनन्, र यस क्षेत्रमा सकारात्मक आप्रवासन अनुभवका प्रमाणहरू पनि उपलब्ध छन् । तर घरेलु काम सम्बन्धी सम्पूर्ण वैदेशिक रोजगारीलाई जोखिमपूर्ण र असुरक्षित मात्र मान्ने नीति तथा नीति निर्माणकर्ताको नियत र सोचका कारणले महिलाहरूलाई आफ्ना तथा आफ्ना परिवारका लागि निर्णय गर्न सक्ने व्यक्तिको रूपमा नलिइकन, उनीहरुलाई केवल पीडितको रूपमा चित्रण गर्ने जोखिम पैदा गरिरहेको छ ।

४. महिलाहरूको खाडीमुलुकहरुमा गरिने आप्रवासनलाई औपचारिक रूपमा मान्यता नदिइएकाले खाडी मुलुकहरूमा घरेलु कामदारका रूपमा कार्यरत महिलाहरूले हिंसा, दुव्र्यवहार तथा शोषणको सामना गर्दा मनोविमर्श सहायता प्राप्त गर्न सकिरहेका छैनन ।⁸
५. अनियमित रुपमा आप्रवासनमा जानु पर्ने वाध्यताका कारण धेरै महिलाहरू भर्ती एजेण्टहरू माथि नै निर्भर हुन बाध्य छन् र उनीहरुको उद्धारका लागि प्रभावित स्वयंले नै आफ्नै खर्च बेहोर्नु पर्ने बाध्यता रहेको छ र महिनौँसम्म हिरासतमा बस्नुपर्ने अवस्था पनि आउँछ ।⁹
६. अनियमित आप्रवासन गर्न वाध्य महिलाहरुको वैदेशिक रोजगार कै सिलसिलामा विदेशमा मृत्यू भएको अवस्थामा त्यसको कुनै आधिकारिक अभिलेख समेत हुँदैन र घटना अदृश्य नै रहने वाध्यता छ ।
७.अनियमित माध्यमबाट वैदेशिक रोजगारीमा गएका घरेलु कामदार महिलाहरू नेपाल फर्किएपछि सरकारी पुनःएकीकरण कार्यक्रमहरूबाट वञ्चित हुन्छन् । स्वदेशमा दिगो वैकल्पिक अवसरहरूको अभाव, सामाजिक कलङ्क र ऋणको भारका कारण धेरै महिलाहरू पुनः त्यही अनियमित माध्यमबाट विदेश जान बाध्य हुन्छन् र पुनः जोखिम हुँदाहुँदै पनि घरेलु कामदारका रुपमा नै वैदेशिक रोजगार नै रोज्न बाध्य छन् ।¹⁰
८. भगत र महिला पुनस्र्थापना केन्द्र (ओरेक)) ले २०२५ मा गरेको अध्ययनले अनियमित माध्यमबाट वैदेशिक रोजगारका क्रममा मृत्यु भएका महिलाहरूका परिवारले आफ्ना प्रियजनहरूको शव समेत स्वदेश ल्याउन नसक्ने अवस्था रहेको देखाएको छ ।¹¹ यतिमात्र हैन औपचारिक आप्रवासन नभएको र नेपाल सरकारको तथ्याकंमा नरहने कारणले प्रभावितका परिवारका सदस्यहरूले आर्थिक तथा मानसिक भार आफैँले वहन गर्नुपरेको छ ।
९. नेपाल सरकारको धारणा अनुसार द्विपक्षीय श्रम सम्झौता (BLA) नै वैदेशिक रोजगारमा जानेहरुका लागि समाधान हो भन्ने रहेता पनि उपलब्ध प्रमाणहरूले द्धिपक्षिय सम्झौता मात्र पर्याप्त नभएको तथ्याकंले देखाउँछन् । उदाहरणका लागि, सन् २०१७ देखि जोर्डनसँग घरेलु काम सम्बन्धी द्धिपक्षिय सम्झौता भए तापनि त्यहाँ यस क्षेत्रमा कार्यरत महिलामाथि शोषण तथा मृत्युका घटनाहरू भइरहेका प्रमाणहरू छन् ।¹²
१०. सरकारले द्धिपक्षिय सम्झौता सम्बन्धी शर्तलाई आधार बनाएर नौ वर्षसम्म कुनै ठोस कदम नचालेको अवस्था विद्यमान छ, जबकि यस अवधिमा दशौँ हजार महिलाहरू संरक्षण बिना वैदेशिक रोजगारीमा गएकाछन् ।

सिफारिसहरू

१. घरेलु कामका लागि वैदेशिक रोजगारीमा लगाइएका प्रतिबन्धहरू तत्काल र कुनै पूर्वशर्त बिना हटाइनु पर्छ । महिलाहरूलाई घरेलु कामका लागि औपचारिक तथा सुरक्षित आप्रवासनका मार्गहरू खुला र मार्ग प्रसस्त गरिनुपर्छ ।
२.विदेश स्थित नेपाली नियोगहरूले आप्रवासन अवस्थाको आधारमा भेदभाव नगरी सबै नेपाली घरेलु कामदारहरूलाई अनिवार्य रूपमा दर्ता गर्नुपर्छ । साथै, घरेलु कामदारका लागि लैङ्गिक संवेदनशील समर्पित सेवा केन्द्र स्थापना गर्न नेपाली नियोगहरूलाई निर्देशन दिइनुपर्छ ।
३.सामाजिक सुरक्षा कोषलाई केवल योगदानमा आधारित (contributory) मोडेलबाट परिवर्तन गरी योगदान र गैर–योगदान दुवै समेटिएको मिश्रित -hybrid_ मोडेलमा पुनःसंरचना गरिनुपर्छ, जसले अनौपचारिक तथा घरेलु श्रमिकहरू र उनीहरूका परिवारलाई पनि सामाजिक सुरक्षाको पहुँचमा सुनिश्चित गरोस् । यस्ता प्रावधानहरूको स्थानान्तरण योग्ता भविष्यका सबै द्विपक्षीय श्रम सम्झौताहरूमा समावेश गर्न वार्ता गरिनुपर्छ ।
४. गन्तव्य मुलुकहरूसँग कानुनी रूपमा बाध्यकारी द्विपक्षीय श्रम सम्झौता (BLA) लाई पूर्वसर्तका रुपमा नभइकन समानान्तर प्रक्रियाका रूपमा अघि बढाइनुपर्छ । प्रतिबन्ध हटाउने कार्यसँगै द्धिपक्षिय श्रम सम्झौता सम्बन्धी वार्ता तत्काल सुरु गरिनुपर्छ । यस वार्तामा स्रोत तथा गन्तव्य दुवै मुलुकका घरेलु कामदारहरू, नागरिक समाज संस्थाहरू तथा राष्ट्रिय मानव अधिकार संस्थाहरूको सहभागिता सुनिश्चित गरिनुपर्छ ।¹⁴
५. स्थानीय तहमा पुनःएकीकरण सहायता प्रणाली स्थापना गरि त्यसको कार्यान्वयनको सुनिश्चिता गरिनुपर्छ र आप्रवासनको माध्यम जे भए पनि आप्रवासी सबै महिलाहरूलाई उक्त प्रणालीमा समेटिनुपर्छ । वैदेशिक रोजगारबाट फर्किएका घरेलु कामदार महिलाहरू र उनीहरूका परिवारलाई मनोसामाजिक, कानुनी तथा आर्थिक सहयोग कार्यक्रम मार्फत सहयोग गर्न स्थानीय सरकार तथा रोजगार सेवा केन्द्रहरूलाई आवश्यक अधिकार र स्रोतसाधन उपलब्ध गराइनुपर्छ ।


References

Hennebry, J.L. et al. (2022) ‘Bilateral labor agreements as migration governance tools: An analysis from a gender lens’, Theoretical Inquiries in Law, 23(2), pp. 184–204. Available at: https://doi.org/10.1515/til-2022-0015; Bhagat, A. (2025) ‘BLAs in Domestic Work’. Available at: https://kathmandupost.com/columns/2025/07/15/blas-in-domestic-work.

Shivakoti, R., Henderson, S. and Withers, M. (2021) ‘The migration ban policy cycle: a comparative analysis of restrictions on the emigration of women domestic workers’, Comparative Migration Studies, 9(1), pp. 1–18. Available at: https://doi.org/10.1186/S40878-021-00250-4/TABLES/1.

Grossman-Thompson, B. (2016) ‘Protection and Paternalism: Narratives of Nepali Women Migrants and the Gender Politics of Discriminatory Labour Migration Policy’, Refuge: Canada’s Journal on Refugees, 32(3), pp. 40–48. Available at: https://doi.org/10.25071/1920-7336.40339.

KC, H. and Shivakoti, R. (2025) ‘Narratives on emigration of women from Nepal: is the state discourse keeping up with reality?’, Journal of Ethnic and Migration Studies, 51(18), pp. 4780–4799. Available at: https://doi.org/10.1080/1369183X.2025.2544091; Bhagat, A. (2022) The impact of migration bans on female Nepalese citizens.

ILO (2021) A comprehensive analysis of policies and frameworks governing foreign employment for Nepali women migrant workers and migrant domestic workers. International Labour Organisation. Available at: https://www.ilo.org/publications/comprehensive-analysis-policies-and-frameworks-governing-foreign-employment; ILO (2015) No Easy Exit: Migration Bans Affecting Women From Nepal. Geneva: International Labour Organization.

Wadhawan, N., 2022. Invisiblized migration, unaccounted work: The governance of women’s migration for paid domestic work from Nepal and Sri Lanka to the Gulf. In The South Asia to Gulf migration governance complex (pp. 190-210). Bristol University Press.

Bhagat, A. (2024). Reducing Vulnerability to Exploitation of Nepali Migrant Domestic Workers. Brunel University London. Online resource. https://doi.org/10.17633/rd.brunel.26892934.v1; Moktan, S., 2022. The Migration of Women from Nepal for Domestic Work to the Gulf States and the Impact of Nepal Government’s Policies Banning Out-Migration for Domestic Work (Doctoral dissertation, University of Cincinnati).

Bhagat, A. (2022) ‘Trafficking borders’, Political Geography, 95, p. 102598. Available at: https://doi.org/10.1016/J.POLGEO.2022.102598; Bhagat, A. (2025) ‘The autonomy of migration as travelling theory: Situated principles from Nepal’, Environment and Planning D: Society and Space, p. 02637758251365388. Available at: https://doi.org/10.1177/02637758251365388.

Bhagat, A. (2026) ‘Internal Deportation’, Areae70097. Available at: https://doi.org/10.1111/area.70097.

Bhagat, A. (2022) ‘Trafficking borders’, Political Geography, 95, p. 102598. Available at: https://doi.org/10.1016/J.POLGEO.2022.102598;

Bhagat, A. (2023) ‘“Who is not an agent here?”: The Collateral Damage of Anti‐Trafficking in Nepal’, Antipode, 55(1). Available at: https://doi.org/10.1111/ANTI.12882.

Bhagat, A. and WOREC (2025) Invisible in life and death: Visibilising the deaths of female Nepali migrant domestic workers and the struggles of their families. Brunel University London. Available at: https://doi.org/10.17633/rd.brunel.29804651.v1.

Abder-Rahman, H.A. et al. (2021) ‘Patterns of death among migrant domestic workers in Jordan: retrospective analysis of 63 cases in a tertiary hospital’, Egyptian Journal of Forensic Sciences, 11(1), pp. 1–8. Available at: https://doi.org/10.1186/S41935-021-00240-8/TABLES/2; Su, A. (2017) Migrant domestic workers in Jordan run the gauntlet between abuse and jail. Available at: https://www.theguardian.com/global-development/2017/mar/27/migrant-domestic-workers-jordan-abuse-jail.

ILO (2023) New report on the state of social protection in Nepal. International Labour Organization. Available at: https://www.ilo.org/resource/news/new-report-state-social-protection-nepal.

Related Posts

नेपालमा घरेलु कामदारका लागि वैदेशिक रोजगारीमा लगाइएको प्रतिबन्ध सम्बन्धि ध्यानाकर्षण पत्र

महिला पुनस्थार्पना केन्द्र (ओरेक)डा. आयुष्मान भगत (विद्यावारिधि) नीतिगत सन्दर्भःसन् २०१७

“महिलामाथि बहुविवाहका कारण हिंसा बढ्दोे क्रममा”: प्रादेशिक प्रेस विज्ञप्ति (सुदूरपश्चिम प्रदेश)

ओरेकले सन् २०२६ को पहिलो त्रैमासिकमा सुदूरपश्चिम प्रदेशमा महिला तथा