Newsroom

महिला माथि हुने हिंसाको मासिक प्रतिवेदन श्रावण २०८०

महिला माथि हुने हिंसाको मासिक प्रतिवेदन श्रावण २०८०

मितिः २०८०, श्रावण

महिला माथि भएका हिंसाको मासिक प्रतिवेदन श्रावण, २०८०

महिला पुर्नस्थापना केन्द्र, ओरेकले महिला हिंसारहित जीवन यापनका लागि पैरवी गर्ने तथ्यगत माध्यमबाट घटना अभिलेखन र प्रकाशनलाई प्राथमिकताका साथ केन्द्र, जिल्ला तथा परियोजना कार्यालयहरुमा तथ्याङ्क व्यवस्थापन गरि काम गर्दै आइरहेको छ । श्रावण महिनामा घटेका महिला हिंसाका घटनाहरुको विश्लेषण गर्दा समग्र तथ्याङ्कको (५५ प्रतिशत) २३३ जनामा सबै भन्दा बढी घरेलु हिंसा भएको तथ्याङ्कले देखाएको छ । महिलाहरु महिला भएकौ कारणले विभिन्न हिंसा खेप्न बाध्य भएका छन् । परिवार, समाज र राज्यमा स्थापति पितृसत्तात्मक सोँच र सोही अनुरुप विभेदकारी मूल्य मान्यताका कारण हुने हिंसा महिलाले भोग्नैपर्ने नियती जस्तै बनेको छ । यो तथ्याङ्कबाट महिलाहरु घर परिवार जहाँ महिलाले धेरै सुरक्षा पाउनु पर्ने हो त्यस ठाँउमा नै बढी असुरक्षित भएको देखिएको छ । आफ्नो कार्यालयमा दर्ता भएका (२३३) र विभिन्न राष्ट्रिय पत्रपत्रिकाबाट प्राप्त (४५) का आधारमा श्रावण महिनामा लैङ्गिक भेदभावमा आधारित हिंसाका घटना दर्ता भएको छ ।

)हिंसाकोप्रकार

ओरेकले सङ्कलन गरेको तथ्यांकलाई विश्लेषण गर्दा श्रावण महिनामा २३३ (५५ प्रतिशत) घरेलु हिंसाका घटना सङ्कलन भएका छन् । त्यस्तै, ३९ (१७ प्रतिशत) बलात्कार, ४ (२ प्रतिशत) सामूहिक बलात्कार, १ (१ प्रतिशत) बलात्कार प्रयास, ३ (१ प्रतिशत) वैवाहिक बलात्कार र २५ (११ प्रतिशत) यौन दुव्र्यवहारको तथ्याङ्क सङ्कलन भएको छ । त्यसैगरी २६ (११ प्रतिशत) सामाजिक हिंसा, १४ हत्या र १ (१ प्रतिशत) आत्महत्या १ (०.२६ प्रतिशत) र मानव बेचबिखनको प्रयास रिपोर्ट गरिएको छ।

)प्रभावितकोउमेरकोआधारमाबर्गीकरण

उमेरका आधारमा विश्लेषण गर्दा २६ देखि ३५ वर्ष उमेर समूहका ६९ (३० प्रतिशत) युवती श्रावण महिनामा मात्रै हिंसाको सिकार भएको र ३६ वर्ष उमेर समूहका ६२ (२७ प्रतिशत) महिला हिंसाको सिकार भएको पाइएको छ । ४५ वर्षसम्म र १६ वर्ष मुनिका २ (१ प्रतिशत) केटी र किशोरी, ४६ देखि ५५ वर्ष उमेर समूहका २२ (९ प्रतिशत) महिला र ५६ वर्षभन्दा माथिका १५ (६ प्रतिशत) महिला  हिंसाको सिकार हुन पुगेका छन । 

)प्रभावितकोपीडकसँगकोसम्बन्ध

पीडित र पीडकबीचको सम्बन्धलाई विश्लेषण गर्दा श्रावण महिनामा सबैभन्दा बढी ११२ (४८ प्रतिशत) पतिबाट हिंसाका घटना भएका छन् भने २९ (१२ प्रतिशत) हिंसा परिवारका सदस्यबाट भएका छन् । १४ (6 प्रतिशत) हिंसा छिमेकीहरूबाट भएको थियो। त्यसैगरी प्रेमी–प्रेमिकाबाट हिंसाका घटना ४ (२ प्रतिशत), अपरिचित व्यक्तिबाट हुने हिंसा २२ (९ प्रतिशत), साथीभाइबाट ४ (२ प्रतिशत) हिंसा, २८ (७ प्रतिशत) समुदायबाट हिंसाका घटना भएका छन् ।जबकि 9% हिंसा अन्य व्यक्तिहरू जस्तै चालक, आदि द्वारा भएको थियो ।

)पीडकउमेर

त्यस्तै, हिंसामा संलग्न पुरुषको उमेर विश्लेषण गर्दा श्रावण महिनामा २६ देखि ३५ वर्ष उमेर समूहका ६९ युवा (३० प्रतिशत) छन् । त्यस्तै, ६२ जना (२७ प्रतिशत) ३६ देखि ४५ वर्ष उमेर समूहका युवा छन् । ४३ जना (१८ प्रतिशत) १६ देखि २५ वर्ष उमेर समूहका पुरुष हुन्। त्यसैगरी ४६ देखि ५५ वर्ष उमेर समूहका ६२ (१३ प्रतिशत) युवा पुरुष, ५५ वर्षभन्दा माथिका २२ (९ प्रतिशत) पुरुष र १६ वर्ष मुनिका २ (१ प्रतिशत) किशोरकिशोरीहरू हिंसामा संलग्न थिए । त्यसैगरी २० जनाको उमेर थाहा थिएन (९ प्रतिशत) ।

निश्कर्षः

तथ्याँकको आधारमा विश्लेषण गर्दा महिला हिंसा सबैभन्दा बढी संख्यामा आफ्नो घरमा नै बढी जोखिममा रहेको पाईएको छ । जहाँ घरपरिवारका सदस्य, आफ्नो श्रीमान्, आफन्त र आफु बस्ने समाजबाट हुने हिंसाले महिलाहरु जहाँ छन् त्यहीँ नै असुरक्षित छन् भन्ने कुराको पुष्टी गर्दछ । अर्थात महिलाहरुको लागि सुरक्षित स्थान छैन जहाँ हिंसा खेप्न नपरोस् । यो आफैमा चुनौतीपूर्ण विषय हो । त्यसकारण घरेलु हिंसा तथा महिलामाथि हुने सबैखाले हिंसा अन्त्यका लागि व्यक्तिगत सोँच र व्यवहारमा परिवर्तन गर्नुपर्ने र यसका लागि स्थानीय तहदेखि नै हरेक घर सुरक्षित बनाउने अभियान सञ्चालन गर्नुका साथै मानव अधिकारको सम्मान गर्न दिगो विकास र समृद्ध नेपाल सुखी नेपालीको सपनालाई सकार पार्न महिला माथि हुने सबै प्रकारको हिंसा अन्त्य गर्नु अत्यन्त आवश्यक छ.

सुनिता मैनाली

निमित्त कार्यकारी निर्देशक

Related Posts

घरभित्रै असुरक्षित महिला : ६६.६७ प्रतिशत हिंसा घर भित्रै

लैंङ्गिक हिंसा सम्बन्धी सुनसरी जिल्लाको प्रेस विज्ञप्ती २०८३, बैशाख महिला

मुख्य विषयवस्तुः “स्वास्थ्य, यौन तथा प्रजनन् स्वास्थ्य अधिकार र न्याय सुनिश्चित गर्न बहुआयामिक संकटका बेला स्वास्थ्य प्रणाली सुदृढीकरणः विकल्प होइन, अपरिहार्यता” (“Essential, Not Optional: Strengthening Health Systems to Uphold Health Rights and SRHRJ in Times of Polycrisis.”)

अन्तर्राष्ट्रिय महिला स्वास्थ्य अधिकार दिवस २०२६प्रेश विज्ञप्ती यौन तथा प्रजनन्