Newsroom

घरभित्रै असुरक्षित: दाङमा तीन महिनामा २५ महिला घरेलु हिंसाबाट पीडित

घरभित्रै असुरक्षित: दाङमा तीन महिनामा २५ महिला घरेलु हिंसाबाट पीडित

घरभित्रै असुरक्षित: दाङमा तीन महिनामा २५ महिला घरेलु हिंसाबाट पीडित

सुरक्षा र माया पाउने ठाँउ मानिने घर नै महिलाका लागि हिंसाको थलो बन्न थालेको छ। दाङमा मात्र पछिल्ला तीन महिनामा ३१ वटा लैंगिक हिंसाका घटना दर्ता भएका छन्, जसमा २५ घटना घरेलु हिंसासँग सम्बन्धित छन्।

महिला पुनर्स्थापना केन्द्र (ओरेक) दाङका कार्यक्रम संयोजक कल्पना चौधरीका अनुसार जनवरी २०२५ देखि मार्च महिनासम्मको तथ्यांकले झन्डै ८१ प्रतिशत महिलाहरु घरेलु हिंसाको सिकार भएको देखाएको छ।

“घरेलु हिंसाबाट पीडित धेरैजसो महिला बालविवाह गरेका छन्,” संयाेजक चौधरीका अनुशार “सानै उमेरमा विवाह भएपछि श्रीमान्को व्यवहार परिवर्तन हुन्छ, बच्चा जन्माइसकेपछि पनि पतिले अपमानजनक व्यवहार गर्छन्, यसले हिंसाको रूप लिन्छ।”
तथ्यांक अनुसार १९ प्रतिशत हिंसा महिलाका आफ्नै परिवारका सदस्यबाट भएको हो भने १० प्रतिशत छिमेकीबाट। मुख्य स्याहारदाताबाट ६ प्रतिशत र अपरिचित व्यक्ति द्वारा गरिएका हिंसाका घटनाहरु पनि ६ प्रतिशत रहेका छन्।

ओरेकको विवरण अनुसार घरेलु हिंसा शारीरिक, मानसिक, आर्थिक र यौनिक चारवटै रूपमा प्रकट हुन्छ। कतिपय घटनामा श्रीमान्ले महिलालाई आर्थिक हिसाबले नियन्त्रण गर्ने, बाहिर काम गर्न नदिने, वा परिवारका सदस्यसँग बोल्न नदिने प्रकारका हिंसा देखिन्छ।
सामाजिक संरचना नै महिलालाई चुप लाग्न बाध्य बनाउने खालको देखिन्छ। “समाजमा महिलाले झगडा घरभित्रै सुल्झाउनु पर्छ भन्ने मानसिकता अझै बलियो छ”, अधिकारकर्मीहरू बताउँछन्।

“कसैलाई भन्यो भने झन् परिवार बिथोलिन्छ भन्ने डर हुन्छ, अनि महिला अझै चुपचाप बस्छिन्”, चौधरीले बताउनुभयो ।

ओरेक दाङले हिंसा पीडित महिलालाई मनोसामाजिक परामर्श, कानुनी सहायता, आश्रय तथा पुनःस्थापनाको सेवा दिँदै आएको छ। तर, स्रोत साधनको अभाव, प्रहरी प्रशासनसँगको समन्वयमा कठिनाइ र पीडित महिलाको चुपचाप बस्ने प्रवृत्तिले काम गर्न अप्ठ्यारो बनाएको संयोजक चौधरी बताउँनुहुन्छ ।

स्थानिय सरकार र संघसंस्थाले बालविवाह रोकथाम, महिला सशक्तीकरण र हिंसा विरुद्ध शून्य सहनशीलताको नीति लागू गर्नुपर्ने आवाज उठ्न थालेको छ।

“महिला अधिकार केवल कानुनमा सीमित हुनु हुँदैन, व्यवहारमा कार्यान्वयन हुनुपर्छ,” चौधरीले जोड दिनुुभयाे ।

घरभित्रै असुरक्षित: दाङमा तीन महिनामा २५ महिला घरेलु हिंसाबाट पीडित

Related Posts

The Budget That Flatters the Middle and Forgets the Margins

Nationalism, the Rise of the Middle Class, and What Nepal’s

Looking at IMRF from the ground

Sunita Mainali Women’s Rehabilitation Centre (WOREC), Nepal From 5–8 May