आर्थिक वर्ष २०८१/ ०८२ लाई फर्केर हेर्दा महिला पुर्नस्थापना केन्द्र (ओरेक) संरचनागत विभेद विरुद्ध मानव अधिकार र सामाजिक न्याय प्राप्तिका लागि विगत ३५ बर्षदेखि निरन्तर क्रियाशिल छ । संस्थाले महिला तथा पछाडि पारिएका समुदायका मानव अधिकार र सामाजिक न्यायका लागि नीतिगत प्रभाव, सामूहिक आन्दोलन र जवाफदेहिता सुनिश्चिततामा महत्वपूर्ण उपलब्धिहरू हाँसिल गरेको छ ।

यस वर्षको शुरुवातमा ओरेकले मानव अधिकार र सामाजिक न्याय विषयगत क्षेत्र अन्तर्गत संस्थाले प्रदेशस्तरीय यु.पि.आर परामर्शहरु सम्पन्न गरी महिलामाथि हुने हिंसाको बढ्दो अवस्था, तथा कानुनको प्रभावकारी कार्यान्वयन नहुँदा हिंसा प्रभावितहरुको न्यायमा सहज पहुँच नभएको, समुदायमा विभेदको विरुद्धमा बोल्ने महिला मानव अधिकार रक्षकहरुले विभिन्न हिंसा तथा जोखिमको सामना गर्नुपरेको, महिलाको राजनीतिक सहभागिता र नेतृत्वलाई नस्विकारिएको, यौन तथा प्रजनन् स्वास्थ्य अधिकारको पहुँचमा कमी, महिलाको श्रमको मान्यता र पहिचान नहुनु लगायताका सवालहरु पहिचान गर्दै यूपिआरका लािग महिला अधिकारको सचिवालयको रुपमा विश्वव्यापी आवधिक समीक्षा (UPR) चौथो चरणको प्रतिवेदन तयार गरी पेश गर्¥यो । यस प्रतिवेदनले नेपाल सरकारलाई लैङ्गिक समानताको क्षेत्रमा अन्तर्राष्ट्रिय प्रतिबद्धता कार्यान्वयनका लागि राज्यका सबै तहमा आवश्यक नीतिगत सुधारको लागि दबाब सिर्जना गर्न
सफल भएको छ ।

लैङ्गिक समानता, मानव अधिकार र सामाजिक न्याय प्रर्वद्र्धनमा आफ्नो प्रतिबद्धता निरन्तर कायम राख्दै अनुसन्धान, वकालत र बहुपक्षीय नीतिगत संवादहरुलाई यस वर्ष पनि निरन्तरता दिइएको छ । जसमा जिल्ला अदालतमा दर्ता भएका बालविवाह सम्बन्धी मुद्धाहरूको विश्लेषण गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा भर्चुअल माध्यमबाट आदनप्रदान गरेको थियो । जसले न्यायिक प्रणालीमा रहेका संरचनागत कमजोरी र कानुनी सुधारको आवश्यकता उजागर गरेको थियो । साथै यसै वर्ष गरिएको घरेलु हिंसा सम्बन्धी नीतिगत विश्लेषणले न्यायिक प्रणाली भित्रै घरेलु हिंसालाई ’सामान्यीकरण’ गर्ने र ’मेलमिलाप गराउने’ प्रवृत्तिले गर्दा पीडित/प्रभावितहरूले न्याय पाउनबाट वञ्चित हुनुपरेको गम्भीर अवस्थालाई उजागर गराउँदै सरोकारवालाहरुको ध्यानाकर्षित पनि गरायो ।

लैङ्गिक हिंसा, लैंङ्गिक समानता तथा समावेशी शासन र वैदेशिक रोजगारीबाट फर्किएका महिला श्रमिकहरूको सामाजिक–आर्थिक पुनःस्थापना, महिला श्रमिकका अधिकार, मानव बेचबिखन, घरेलु श्रमिकको अवस्था र श्रम अधिकार सुनिश्चित गर्न निरन्तर पैरवी, बहुपक्षीय नीति संवादहरु सम्पन्न भएका छन् । यसले स्थानीय तहमा नीतिको कार्यान्वयनमा रहेका अवरोधहरू पहिचान गरी सुधारका लागि सुझाव लिनरदिन र प्रतिबद्धता ब्यक्त गर्न योगदान गरेको छ । फलस्वरुप घरेलु श्रमिकको श्रमलाई पहिचान र मान्यताका लागि श्रमिकहरुको सूचिकरण गर्न समेत स्थानीय तहबाट पहल भएको छ । साथै वैदेशिक रोजगारीमा जाने महिला श्रमिकहरुको लागि विभिन्न देशमा लगाइएको प्रतिवन्ध हटाउनु पर्ने र गतिशिलता तथा आफ्नो रोजाईको काम गर्न पाउने अधिकार सुनिश्चित हुनु पर्ने लगायतका मागहरु राखी हाल गर्दै आएको निरन्तर दबाब र पैरवी स्वरूप श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्धारा वैदेशिक रोजगारीमा जाने महिलाहरू माथि लागु गरिएको अस्थायी प्रतिवन्ध हटाउन गृहकार्य भइरहेको छ ।

लङ्गिक हिंसाको विरुद्धको अभियान र महिला मानव अधिकार रक्षकको सुरक्षा र पहिचानको सम्बन्धमा स्थापना कालदेखि नै सक्रिय ओरेकले यस वर्ष पनि स्थानीय तहसँगको समन्वयमा ४ वटा सुरक्षावास सञ्चालन गरी ३३८ जना हिंसा प्रभावितलाई सुरक्षा, मनोविमर्श र कानुनी परामर्श तथा सहयोग लगायतका सेवा प्रदान गरेको छ । ओरेकको एकीकृत दृष्टिकोण मार्फत यी प्रभावितहरू परिवर्तनको संवाहकका रूपमा अगाडि आउन सफल भएका छन् । साथै, संस्थाले महिला मानव अधिकार रक्षकहरू माथि बढ्दो जोखिम र सुरक्षा चुनौतीको सम्बन्धमा सर्वेक्षणमा आधारित तथ्य प्रस्तुत गर्दै उनीहरूको सुरक्षा र पहिचानका लागि सम्बन्धित निकायलाई जवाफदेही बन्न ध्यानाकर्षण गराएको छ । साथै महिला माथि हुने हिंसाको बहुपक्षीय विश्लेषण गरी बार्षिक वार्षिक प्रगति प्रतिवेदन २०८१/८२ द्द रुपमा अन्वेषी र मासिक तथा त्रैमासिक रुपमा प्रादेशिक प्रेस विज्ञप्ति, ध्यानाकार्षण पत्र, माग पत्रहरु प्रकाशन तथा सम्बन्धित राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा महिला तथा बालिका माथि भएको हिंसाको घटनामा सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउन सफल भएको छ ।

यस वर्ष पनि ओरेकले महिलाको स्वास्थ्य अधिकारको क्षेत्रमा गर्दै आएका पैरवीलाई निरन्तरता दियो । संस्थाले महिलाहरूको शारीरिक स्वायत्तता, यौन तथा प्रजनन् स्वास्थ्य अधिकार, मानसिक स्वास्थ्य र लैङ्गिक हिंसाले स्वास्थ्यमा पार्ने बहु आयामिक प्रभाव जस्ता गहन सवालहरूलाई समुदाय तहदेखि तथ्यगत आधारमा वकालतका कार्यक्रमहरू सञ्चालन ग¥यो । विशेष गरी, निःसन्तानपन (Infertility) सम्बन्धी गरिएको अनुसन्धान, तथ्याङ्क र नीतिगत सिफारिसलाई स्थानीयदेखि सङ्घीय तहसम्म गरिएको बहस सिर्जनाले यस सवाललाई प्राथमिकतामा पार्न महत्वपूर्ण भूमिका खेल्यो । यस पहलको परिणामस्वरुप, सङ्घीय राजधानी बाहिर पहिलो पटक कोशी अस्पतालमा इन्ट्रा युट्राइन इन्सेमिनेसन (IUI) सेवाको सुरुवात भएको छ, जसले महिला तथा पछाडि पारिएका परिवारहरूको निःसन्तानपन सम्बन्धी स्वास्थ्य सेवामा सहज पहुँचको थालनी शुरुवात भएको छ । यसै गरी ओरेक उदयपुरमा “ओजसः मनको कुरा खोल्ने सुरक्षित स्थल” स्थापना गरियो । यस स्थलले महिला, किशोरी र पछाडि पारिएका समुदायलाई आफ्ना अनुभव र समस्याहरू साझा गर्ने सुरक्षित स्थल प्रदान गरी सामुदायिक मानसिक स्वास्थ्यको अवधारणालाई थप बलियो बनाएको छ ।

संस्थाको बलियो पक्षको रुपमा रहेको सामुदायिक संलग्नताका कारण यस वर्ष मात्रै ओरेकको सहजीकरणमा बनेका समूह र सञ्जाल मार्फत ५०० भन्दा बढी समुदायका युवा तथा महिलाहरू संगठित भई स्थानीय तहमा पैरवी, आन्दोलन र नीतिगत प्रभाव पार्ने आधार तयार छ । साथै सामूहिक आन्दोलन र लोकतन्त्र सुदृढीकरणको सन्दर्भमा, ओरेकले ३० भन्दा बढी संघ संस्थाको सहभागितामा गणतन्त्र दिवसको अवसरमा “लोकतन्त्र र महिला अधिकारका लागि दबाब अभियान” शुभारम्भ गरी सफलतापूर्वक सञ्चालन ग¥यो । यस संयुक्त पहलले राजनीतिक दलहरूको गैर–लोकतान्त्रिक व्यवहारको समीक्षा गर्दै नागरिकहरूमा लोकतन्त्रको सुदृढीकरण र नेतृत्वको जवाफदेहिता प्रति सचेतना बढायो ।

साथै १०० भन्दा बढी स्थानीय पालिकाहरु तथा जनप्रतिनिधिहरूसँगको सहकार्य र संलग्नतामा महिलावादी क्षमता अभिवृद्धि तालिम, बैठक, कार्यशालाहरु मार्फत लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति निर्माण, लैङ्गिक हिंसा निवारण कोषको परिचालन, र महिलामैत्री बजेट विनियोजन जस्ता नीतिगत प्रावधानहरूको प्रभावकारी कार्यान्वयनको आधार तयार भई स्थानीय तहमा समावेशी शासन प्रणालीको सुदृढीकरणमा सहयोग पुगेको छ ।

मानव अधिकार, सामाजिक न्याय र वातावरण बीचको गहिरो अन्तरसम्बन्धलाई आत्मसात गर्दै पर्यावरणीय न्याय र महिला नेतृत्व विषयगत क्षेत्रलाई रणनीतिक प्राथमिकताका रूपमा यस वर्ष पनि स्थापित गरेको छ । संस्थाले जलवायु परिवर्तन, प्राकृतिक स्रोतको असमान पहुँच र विपद्जो खिमका कारण अत्यधिक जोखिममा रहेका महिला र पछाडि पारिएका समुदायलाई केन्द्रमा राख्दै संरचनागत असमानता र विभेदकारी शक्ति सम्बन्धलाई चुनौती दिँदै पर्यावरणीय न्यायमा महिलाको नेतृत्व स्थापित गर्न पहलहरू गरेको छ ।

ओरेकले यस वर्ष नीति, कार्यक्रम र रणनीतिक निर्णयहरूमा महिलावादी दृष्टिकोणको महत्व स्थापित गर्न महत्वपूर्ण कार्य ग¥यो । यस अन्तर्गत कर्णाली प्रदेशमा महिलामैत्री स्थलहरू मार्फत १,५७३ महिलाले विभिन्न सेवा प्राप्त गरे भने भूकम्प प्रभावित जिल्लाहरूमा लैङ्गिक हिंसा रोकथाम र प्रतिक्रिया सुदृढीकरण तालिम सञ्चालन गरियो । यसले आपत्कालीन अवस्थाहरूमा महिलामुखी पहुँच र समावेशी सेवालाई सुनिश्चित गर्ने प्रयासलाई बल पु¥याएको छ । साथै, अन्तराष्ट्रिय मञ्चहरूमा ओरेकको सक्रिय सहभागिताले महिला नेतृत्व, लैङ्गिक न्याय, र संरचनात्मक असमानता सम्बन्धी वैश्विक बहस र रणनीति निर्माणमा उल्लेखनीय योगदानपु¥याएको छ । यस आर्थिक वर्षमा संस्थाले विपद्को असमान प्रभावलाई सम्बोधन गर्दै स्नेह अभियान र बिउ पूँजी सहयोग कार्यक्रम मार्फत लक्षित, समावेशी र महिला–केन्द्रित सेवा वार्षिक प्रगति प्रतिवेदन २०८१/८२ घ प्रदान गर्ने रणनीतिक दृष्टिकोणलाई बलियो बनायो। विपद्प्र भावित क्षेत्रमा सञ्चालित स्नेह केन्द्रहरू मार्फत ३०,७७२ महिला, किशोरी तथा सीमान्तकृत समूहले अत्यावश्यक
सेवा र मनोसामाजिक सहयोगमा पहुँच पाए, जसले विपद्प्र तिकार्यमा महिला–मैत्री दृष्टिकोणलाई स्थापित ग¥यो ।

यस आर्थिक वर्षमा, ओरेकले मानव अधिकार, सामाजिक न्याय, र वातावरण बीचको गहिरो अन्तरसम्बन्धलाई आत्मसात् गर्दै पर्यावरणीय न्याय र महिला नेतृत्वलाई आफ्नो मुख्य रणनीतिक प्राथमिकताका रूपमा यस वर्ष पनि अगाडि बढायो । संस्थाले समुदाय, राष्ट्रिय, र अन्तर्राष्ट्रिय तहमा पैरवी तथा अभियानहरू सञ्चालन ग¥यो, जसको प्रमुख जोड विपद् व्यवस्थापनमा रह्यो । ओरेकले विपद्व्य वस्थापनमा महिलामुखी दृष्टिकोण अपनाउँदै महिलावादी विपद् प्रतिकार्यलाई प्राथमिकता दियो । यस क्रममा, संस्थाले अधिकारमुखी अवधारणा, स्नेह केन्द्रको स्थापना, र विपद्व्य वस्थापन संयन्त्रहरूमा महिलाको नेतृत्व सशक्तिकरणका लागि समुदाय तहदेखि राष्ट्रिय तहसम्म निरन्तर पैरवी ग¥यो, जसले गर्दा ओरेकले विपद् प्रतिकार्यमा महिलामुखी दृष्टिकोणबाट काम गर्ने संस्थाको रूपमा पहिचान स्थापित गर्न सफल भयो । यस वर्ष संस्थाले विपद्को असमान प्रभावलाई सम्बोधन गर्दै स्नेह अभियान मार्फत प्रत्यक्ष रुपमा ३०,७७२ महिला, किशोरी तथा सीमान्तकृत समूहलाई अत्यावश्यक सेवा र मनो–सामाजिक सहयोग प्रदान ग¥यो ।

महिलाको आर्थिक सशक्तिकरण, दिगो जीविकोपार्जनका लागि एकीकृत अवधारणा यस वर्ष पनि ओरेकको अर्को मुख्य आधार स्तम्भ रह्यो । संस्थाले ९ जिल्लाका हिंसा प्रभावित तथा पछाडि पारिएका समुदायका २२३ जना महिलालाई बिउपूँजी र नगद सहयोग प्रदान गरेको छ । जसले महिलाहरुको आर्थिक आत्मनिर्भरता, दिगो जीविकोपार्जन, र निर्णय क्षमतामा ठोस सुधार ल्याउन सहजीकरण ग¥यो ।यसका साथै, संस्थाले महिलाले नेतृत्व गरेका संस्थाहरूको संस्थागत, महिलावादी, र युवा नेतृत्व विकास मा सहजीकरण गरी उनीहरूको स्रोतमाथि पहुँच बढाउन मद्दत ग¥यो, जसले समुदाय तहको आन्दोलन निर्माण र अभियानको दिगोपनाको यात्रामा रूपान्तरणको स्पष्ट सन्देश दिएको छ । अन्तर्राष्ट्रिय मञ्चहरूमा ओरेकको सक्रिय सहभागिताले महिला नेतृत्व र लैङ्गिक न्यायलाई विश्वव्यापी बहस र रणनीति निर्माणको केन्द्रमा ल्याउन उल्लेखनीय योगदान पु¥यायो ।

अन्त्यमा, महिला अधिकारको आन्दोलनलाई आफ्नो प्रमुख लक्ष्यका रूपमा लिएर, यसको उद्देश्य र ध्येयलाई साकार पार्न अग्रपंक्तिमा रहेर अथक प्रयास गर्ने सम्पूर्ण सहकर्मी र साझेदारहरू प्रति ओरेक गहिरो सम्मान प्रकट गर्दछ । हाम्रो अभियानलाई समुदायदेखि राष्ट्रिय स्तरसम्म सफलतापूर्वक अगाडि बढाउनका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अमूल्य सहयोग गर्नुहुने स्थानीय तह तथा सरकारी निकायहरू, हाम्रो आवाजलाई जनसमक्ष पु¥याउने सञ्चारकर्मीहरू, र हाम्रो कार्यलाई निरन्तर समर्थन गर्नुहुने सम्पूर्ण सहयोगी दातृ निकाय/ संस्थाहरू प्रति हामी हृदयदेखि कृतज्ञ छौँ । त्यस्तै, सहकार्यको बलियो सम्बन्ध स्थापित गरी सँगसँगै हिँड्ने महिला, महिला मानव अधिकार रक्षकहरू, सामुदायिक संस्था तथा विभिन्न समूहहरू, महिला तथा किशोरी सञ्जालहरू, र गैरसरकारी संस्थाहरूको साथ प्रति हामी नतमस्तक छौँ । अन्तमा, ओरेकका संस्थापकज्यूहरू, सल्लाहकार तथा कार्यसमितिका पदाधिकारी एवं सदस्यज्यूहरू, र संस्थाको सफलताका लागि दिनरात खट्ने सम्पूर्ण कर्मचारीहरूको प्रतिबद्धता र समर्पण बिना यो यात्रा सम्भव थिएन । हामी विश्वास गर्दछौं कि सामाजिक न्याय र मानव अधिकारको साझा यात्रामा आगामी दिनहरूमा पनि तपाईंहरूको अमूल्य
साथ र सहयोग निरन्तर प्राप्त भइरहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *