रसुवाको टिमुरे, स्याफ्रुबेंसी, भोटेकोशी तथा त्रिशूली नदी आसपासका क्षेत्रलगायत रसुवा, नुवाकोट, धादिङ र अन्य प्रभावित जिल्लामा आएको विनाशकारी बाढी तथा पहिरोका कारण भएको जनधनको क्षतिप्रति महिला पुनस्थार्पना केन्द्र (ओरक) गहिरो दुःख व्यक्त गर्दछ । यस विपद्मा ज्यान गुमाउनु भएका सम्पूर्ण व्यक्तिप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ । यस विपद्का कारण नागरिकको जीवन, सुरक्षा, आवास, जीविकोपार्जन तथा सार्वजनिक एवं निजी भौतिक संरचनामा गम्भीर क्षति पुगेको छ भने धेरै नागरिक सम्पर्कविहीन, विस्थापित तथा उच्च जोखिममा रहेको अवस्था छ ।
यस दुःखद् घडीमा ओरेक, नेपाल सरकार तथा सम्बन्धित निकायहरूले तत्काल उद्धार तथा राहतका लागि अघि बढाएका प्रयासहरूको स्वागत गर्दछ र प्रभावित नागरिकको जीवनरक्षा, खोज तथा उद्धार, सुरक्षित स्थानान्तरण, स्वास्थ्य उपचार, राहत तथा पुनस्र्थापनालाई उच्च प्राथमिकतामा राख्दै कार्यलाई थप तीव्र र प्रभावकारी बनाउन आग्रह गर्दछ । साथै, यस विषम परिस्थितिमा प्रभावित नागरिकको सहयोग तथा राहतका लागि हरसम्भव सहयोग, समन्वय र सहकार्यका लागि ओरेक प्रतिवद्धता व्यक्त गर्दछ ।
विपद्को प्रभाव सबै नागरिकमा समान हुँदैन । विशेषगरी महिला, बालबालिका, गर्भवती तथा सुत्केरी महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य विशेष आवश्यकता भएका नागरिकहरू थप जोखिममा पर्ने भएकाले उद्धार, राहत, संरक्षण तथा पुनस्र्थापनाका कार्यक्रम उनीहरूको विशिष्ट आवश्यकता र अवस्थालाई केन्द्रमा राखी प्रभावितह?का लागि तिमी एक्लो छैनौ, हामी तिम्रो साथमा छौँ भन्ने भरोसा र अपनत्वको अनुभूति हुने गरी काम गर्न सबैसँग अपिल गर्दछौ् । साथै, राहत तथा विपद् प्रतिकार्यलाई लैङ्गिकमैत्री, समावेशी, पहुँचयोग्य तथा अधिकारमा आधारित बनाउँदै सबैभन्दा बढी जोखिममा रहेका नागरिकसम्म सहायता प्राथमिकताका साथ पु¥याउन ओरेक सरकार तथा सम्बन्धित निकायसमक्ष आग्रह गर्दछ । साथै, विपद्को समयमा बढ्न सक्ने लैङ्गिक हिंसा, यौन हिंसा, बेचबिखन, शोषण तथा दुव्र्यवहारबाट महिला तथा बालबालिकाको सुरक्षा सुनिश्चित गर्न आवश्यक संरक्षण संयन्त्र तथा सेवा तत्काल प्रभावकारी बनाउनसमेत आग्रह गर्दछ ।
विपद् कुनै एक व्यक्ति, परिवार वा समुदायको मात्र समस्या होइन; यो सम्पूर्ण देशको साझा मानवीय चुनौती हो । त्यसैले प्रभावित नागरिकको जीवनरक्षा, राहत, संरक्षण र सम्मानजनक पुनस्र्थापनाका लागि नेपाल सरकार, प्रदेश तथा स्थानीय सरकार, सुरक्षा निकाय, नागरिक समाज, गैरसरकारी संस्था, विकास साझेदार, निजी क्षेत्र, सञ्चारमाध्यम, स्वयंसेवक तथा आम नागरिक सबैलाई एकजुट भई आ–आफ्नो क्षेत्रबाट सहयोग र सहकार्य गर्न ओरेक हार्दिक अपिल गर्दछ ।
सविता पोख्रेल
अध्यक्ष