Newsroom

लैंगिक हिंसा विरुद्धको प्रेस विज्ञप्ति

लैंगिक हिंसा विरुद्धको प्रेस विज्ञप्ति

मिती :२०८३ वैशाख

महिला पुनस्थार्पना केन्द्र (ओरेक) ले आफ्नो स्थापना काल देखी नै महिलाहरुको हक र अधिकारका लागी निरन्तर नितीगत पैरवी गर्दै आएको छ । जसका लागि संस्थाले समुदायसँगको समन्वयमा महिला तथा किशोरीमाथि हुने हिंसाका घटनाहरु संकलन, व्यवस्थापन तथा अभिलेखन गरी सोही आधारमा बिश्लेषणात्म प्रतिवेदन प्रकाशनलाई निरन्तरता दिइरहेको छ । संस्थाले महिला हिंसाका घटना तथा यससँग सम्बन्धित पत्रपत्रिकामा प्रकाशित घटनाहरुलाई समेत संकलन गरी यस्ता हिंसाका घटना विश्लेषणमा हिंसाका प्रकार, उमेर समुह, पेशा, पीडक, भौगोलिक रुपमा भएको प्रभावका सम्बन्धहरु समेट्ने गरेको छ । यस महिना ओरेकले संस्था कार्यरत विभिन्न जिल्लाहरुबाट कूल १३७ वटा महिला हिंंसाका घटना संकलन तथा सो को बहुपक्षीय विश्लेषण गरेको छ ।


कुल १२७ हिंसाका घटना मध्ये ६३.५० प्रतिशत (८७ जना) घरेलु हिंसाका शीकार भएका छन् भने १८.२५ प्रतिशत (२५ जना) यौन हिंसा, १३.१४ प्रतिशत (१८ जना) सामाजिक हिंसाबाट प्रभावित भएका छन् । त्यस्तैगरी, २.१९ प्रतिशत (३ जना) को हत्या, ०.७३ प्रतिशत अर्थात एक जनाको हत्याको प्रयास भएको, २.१९ प्रतिशत (३ जना) ले आत्महत्या तथा आत्महत्याको प्रयास गरेको पाइएको छ ।


प्रदेशगत रुपमा हेर्दा, सबै भन्दा बढी हिंसाका घटना, कोशी प्रदेशमा घटेको पाइएको छ जुन कुल हिंसाको ३२.८५ प्रतिशत (४५ वटा) हो । त्यसैगरी, क्रमशः ३१.३९ प्रतिशत (४३ वटा) सुदुरपश्चिमबाट, १८.२५ प्रतिशत (२५ वटा) लुम्बिनी प्रदेश, १३.१४ प्रतिशत (१८ वटा) मधेश प्रदेशमा, ३.६५ प्रतिशत (५ वटा) लुम्बिनी प्रदेश र ०.७३ प्रतिशत अर्थात एक वटा कर्णाली प्रदेशको रहेको छ ।


हिंसा प्रभावितको उमेर विश्लेषण गर्दा, सबै भन्दा बढी प्रभावित हुने महिला २६ देखी ३५ वर्ष उमेर समुहका रहेको पाइएको छ जस्लाई सक्रिय उमेर समुह भनेर पनि बुझिन्छ । उक्त उमेर समुहका महिला ३४.३१ प्रतिशत (४७ जना) रहेका छन् । त्यसैगरी, १७.५२ प्रतिशत (२४ जना), ३६ देखी ४५ वर्ष उमेर समुहका, २५.५५ प्रतिशत (३५ जना) १८ देखी २५ वर्ष उमेर समुहका, ४६ देखि ५५ वर्षका १०.२२ प्रतिशत (१४ जना), ५६ वर्ष भन्दामाथिका ६ जना र १८ वर्ष मुनिका ८.०३ प्रतिशत (११ जना) रहेको तथ्याङ्कले देखाएको छ ।

प्रभावितलाई जातिगत रुपमा विश्लेषण गर्दा सबै भन्दा बढी हिंसामा पर्ने महिला तराई जनजातिका रहेका छन् जुन हिंसाको २३.४ प्रतिशत (३२ जना) रहेका छन् । त्यसैगरी, ११.७÷११.७ प्रतिशत (१६–१६ जना) ब्राहमण÷क्षेत्रि पहाडी र ब्राहमण÷क्षेत्रि तराई जातीका, १३.१ प्रतिशत (१८ जना) तराई दलित, ५.१ प्रतिशत (७ जना) पहाडि दलित, १९.७ प्रतिशत (२७ जना) मधेशी, ५.८ प्रतिशत (८ जना) मुश्लिम, ८.० प्रतिशत (११ जना) पहाडि जनजाती र १.५ प्रतिशत (२ जना) को अन्य जातीका महिला रहेको पाइएको छ ।


उक्त विश्लेषण हेर्दा, महिला हिंसा आजको समयमा समाजमा गम्भीर समस्याको रुपमा रहेको प्रष्ट हुन्छ । विभिन्न प्रकारका हिंसा मध्ये घरेलु हिंसाको उल्लेख्य रुपमा बढी देखिएको छ भने यौन तथा सामाजिक हिंसा समेत गम्भीर चुनौतीको रुपमा रहेका छन् । प्रदेशगत र जातीगत रुपमा पनि हिंसाका घटना विभिन्न रुपमा जिवीत रहेकोे देखिन्छ र धेरै जसोे सक्रिय उमेर समुहका महिला बढी जोखिममा रहेको तथ्याङ्कले देखाएको छ । यस्ता घटनाहरुले समाजमा रहेका असमानता, र कानूनी पक्ष कमजोर परेको प्रष्ट देखाउछ । तसर्थ, महिलामाथि हुने हिंसा न्युनीकरणका लागि कानूनको प्रभावकारी कार्यान्वयन, जनचेतना अभिबृद्धि, समुदाय र सरकारको सक्रिय सहभागिता तथा आरोपतलाई÷पिडकलाई कुनै प्रकारको संरक्षण नदिई कडा कारबाही गर्नु पर्नेे आवश्यकता देखिन्छ ।

Related Posts

घरभित्रै असुरक्षित महिला : ६६.६७ प्रतिशत हिंसा घर भित्रै

लैंङ्गिक हिंसा सम्बन्धी सुनसरी जिल्लाको प्रेस विज्ञप्ती २०८३, बैशाख महिला

मुख्य विषयवस्तुः “स्वास्थ्य, यौन तथा प्रजनन् स्वास्थ्य अधिकार र न्याय सुनिश्चित गर्न बहुआयामिक संकटका बेला स्वास्थ्य प्रणाली सुदृढीकरणः विकल्प होइन, अपरिहार्यता” (“Essential, Not Optional: Strengthening Health Systems to Uphold Health Rights and SRHRJ in Times of Polycrisis.”)

अन्तर्राष्ट्रिय महिला स्वास्थ्य अधिकार दिवस २०२६प्रेश विज्ञप्ती यौन तथा प्रजनन्