१०९ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित कार्यक्रम

लैङ्गिक समानताका लागि समान सोच र व्यवहार ः समृद्धिको आधार भन्ने राष्ट्रिय नारा सहित यस वर्ष मार्च ८ का दिन १०९ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसमा ओरेकले कार्यरत जिल्लाहरुमा विविध कार्यक्रमहरुको आयोजना गरी सम्पन्न गरेको छ । संघसंस्थाहरुसँगको समन्वयमा “समृद्धिको आधार ः महिलाको पहिचान, मूल्य सहितको काम र सम्मान” भन्ने नाराका साथ ¥याली कार्यक्रममा सहभागिता समेत […]

युवा पैरवी तालिम

महिला अधिकारको सुनिश्चितताका लागि नेतृत्व विकास गर्दै पैरवी सम्बन्धी अवधारणागत स्पष्टता, पैरवी सीप तथा दक्षता अभिबृद्धि गर्ने उद्देश्यले नोभेम्बर २७ देखि डिसेम्बर १ सम्म काठमाडौंमा ५ दिने युवा महिला तथा किशोरीहरुको लागि युवा पैरवी तालिम आयोजना गरिएको थियो । समाजमा भएका हानिकारक परम्परागत अभ्यासहरुलाई न्यूनीकरणका लागि युवा तथा किशोरीहरुबाट नै पहल गरी उनीहरुकै नेतृत्वमा समाजमा रहेका […]

राष्ट्रिय योजना आयोगले तयार गर्दै गरेको पन्ध्रँौ योजनामा (आर्थिक वर्ष २०७६÷०७७–२०८०÷०८१) सुझावहरु प्रदान

राष्ट्रिय योजना आयोगले तयार गर्दै गरेको पन्ध्रँौ योजनामा (आर्थिक वर्ष २०७६÷०७६–२०८०÷०८१) संस्थाले लामो समयदेखि समुदाय तहमा रहेर कार्य गर्दै आएको अनुभवका आधारमा निम्न विषयगत क्षेत्रहरुमा सुझावहरु प्रदान गरेको थियो । १) महिला तथा पछाडी पारिएको समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सुनिश्चितताका लागि दिगो जीविकोपार्जनका सम्बन्धमा प्रदान गरिएका सुझावहरुपर्यावरणीय मैत्री गाउँ (इकोभिलेज) अवधारणाले दिगो विकास लक्ष्यका आर्थिक, […]

दिगो विकास लक्ष्य प्राप्तीका लागि पर्यावरणीय मैत्री नमुना गाउँ  प्रबद्र्धन राष्ट्रिय परामर्श 

ईकोभिलेजको प्रवद्र्धन तथा पर्यावरणीय मैत्री नमुना गाउँ (इकोभिलेज) सञ्चालन गर्दाका सिकाई तथा अनुभवहरुलाई आदान प्रदान गर्न ९ डिसेम्बरमा कृषि विभाग, पुल्चोक, ललितलपुरमा दिगो विकास लक्ष्य प्राप्तीका लागि पर्यावरणीय मैत्री नमुना गाउँ प्रबद्र्धन राष्ट्रिय परामर्श गोष्ठीको आयोजना गरिएको थियो । कार्यक्रममा विशिष्ट अतिथिमा राष्ट्रिय सभाका सदस्य विमला राई पौड्याल र राष्ट्रिय योजना  आयोगका सदस्य मिन बहादुर शाही, रहनुभएको […]

घरेलु कामदारको कामको पहिचान र आईएलओ महासन्धि १८९ को अनुमोदन सम्बन्धी अन्तरक्रिया

महिला हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा महिला पुनस्र्थापना केन्द्र ओरेक, पौरखी नेपाल, सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालको आयोजनामा घरेलु कामदारको कामको पहिचान र आईएलओ महासन्धि १८९ को अनुमोदन सम्बन्धी अन्तरक्रिया कार्यक्रम २०७५ मंसिर २० मा सम्पन्न भएको थियो ।आई एल ओ महासन्धि १८९ ले घरेलु श्रमिकको कामको पहिचान, उनीहरुले पाउनुपर्ने न्युनतम पारिश्रमिक, विदा, सुरक्षित वातावरण […]

एकिकृत स्वास्थ्य तथा स्वहेरचाह मेला सम्पन्न

महिलाहरुमा मनोविमर्श तथा प्रजनन् स्वास्थ्य सेवाको आवश्यक्तालाई सम्बोधन गर्न रुकुम जिल्ला बाफिकोट गाँउपालिकाको वाड नं २ पिपलमा २०७५ कार्तिक १४ देखि १७ सम्म ५ दिने एकिकृत स्वास्थ्य तथा स्वहेरचाह मेलाको आयोजना गरिएको थियो । मेलामा रुकुम जिल्लाको बाफिकोट गाँउपालिका, त्रिवेणी गाँउपालिका र सिस्ने हिमाल गाँउपालिकाबाट पाठेघरको मुख सुनिएका, ग्याष्ट्रिक, पिसावको संक्रमण, उच्च रक्तचाप, महिनावारी गडबडी, पाठेघर पहिलो, […]

लैङ्गिक न्याय र फैसला कार्यान्वयनको अवस्था सम्बन्धी छलफल कार्यक्रम

अदालतबाट अन्तिम पैmसला भएका कतिपय आदेश वा निर्णयहरु वर्षौसम्म कार्यान्वयन हुन नसकेको अवस्था बारे छलफलका लागि महिला हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा ओरेकका शाखा तथा परियोजना कार्यालय मोरङ्ग, सुनसरी, उदयपुर, कैलाली, दाङ्ग, धनुषा र सिराहामा अन्तरक्रियाको आयोजना गरिएको थियो ।पैmसला कार्यान्वयन बिना पूर्ण न्याय प्राप्त हुन नसक्ने हुँदा हिंसा प्रभावित महिला र सरोकारवालाहरुसँग छलफल मार्फत […]

द्वन्द्व प्रभावित महिलाहरुको सामाजिक न्याय र परिपूरणका लागि प्रदेशस्तरीय सुनुवाई

सशस्त्र द्वन्द्वको समयमा अत्यन्त प्रभावित भएका कर्णाली प्रदेशका प्रभावितहरु संक्रमणकालिन न्याय प्रक्रियाबाट बञ्चित भईरहेको अवस्थामा द्वन्द्व प्रभावित महिलाहरुको सामाजिक न्याय र परिपूरण महिलामुखी दृष्टिकोणबाट गर्न र संक्रमणकालिन न्याय प्रक्रियामा प्रदेश सरकारको ध्यानाकर्षण गराउन प्रदेशस्तरीय सुनुवाई कार्यक्रमको आयोजना गरिएको थियो । महिला पुर्नस्थापना केन्द्र (ओरेक), महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जाल र द्वन्द्व प्रभावित महिलाहरुको राष्ट्रिय सञ्जाल […]

महिला फेडेरेशनका सदस्यहरुको नेतृत्व विकास तथा प्रतिवेदन लेखन, प्रस्तावनापत्र लेखन तालिम

मोरङ्ग जिल्लामा क्रियाशील महिला फेडेरेशनका सदस्यहरुलाई परियोजना प्रस्तावना तथा प्रतिवेदन लेखन सम्वन्धि ५ दिने तालिम आयोजना गरियो । २०७६ बैशाख २६ देखी ३० गते सम्म विराटनगरमा आयोजना गरियो । जिल्ला समन्वय समितिका अधिकृत सरोज गौतम, सामाजिक विकास मन्त्रालय, प्रदेश नंं १ महिला बालबालिका महाशाखाका दुर्गा बराल, मदन भण्डारी स्मृति प्रतिष्ठानका रुद्र तामाङ्ग र ओरेक मोरङ्ग […]

आप्रवासी श्रमिकका समस्या, सरोकारवालाको भूमिका र समाधानका उपाय विषयक अन्तरक्रिया कार्यक्रम

आप्रवासी महिला श्रमिकको वर्तमान अवस्थाको वारेमा सुसुचित गर्नु र वैदेशिक रोजगारीलाई सुरक्षित तथा मर्यादित बनाउन स्थानीय सरकार तथा सरोकारवालाको भूमिका लाई जिम्मेवार वनाउने उद्देश्यले चैत्र ६, २०७४ का दिन ओरेक नेपाल र गैर सरकारी संस्था महासंघ नेपालको संयुक्त आयोजनामा मोरङ्गको विराटनगरमा अन्तरक्रिया कार्यक्रम गरिएको थियोे । उक्त कार्यक्रममा गैर सरकारी संस्था महासंघ नेपाल,  प्रदेश नं […]